भद्रपुर । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (आइतबार) भुटान र नेपालको टिम प्रतिस्पर्धा गर्दैछन् । बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत भद्रपुरस्थित मेची रंगशालामा दिउँसो हुने दोस्रो दिनको खेलमा भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । भुटानी टोली नेपालमा पहिलोपटक महिला फुटबल प्रतियोगितामा सहभागी हुँदैछ भने चर्चको महिला टिम मध्यम लयको अवस्थमा रहेको छ । उसले गत वर्ष कात्तिकमा झापाको दुधेमा भएको महिला गोल्डकपमा नेपाल पुलिस क्लबसँग ८-० को हार व्यहोर्नु परेको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च…
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ चिलिमगढी घाट नजिकै हरिणको सिङ जस्तो देखिने वस्तु फेला परेको छ। शनिबार राति करिब १०:३० बजेको समयमा इलाका प्रहरी कार्यालय बुधबारे, झापा र सशस्त्र प्रहरी बल नेपाल, भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको संयुक्त गस्ती टोलीले नियमित गस्ती गर्ने क्रममा उक्त वस्तु फेला पारेको हो। गस्तीका क्रममा चिलिमगढी घाट नजिकै भेटिएको उक्त वस्तु बन्यजन्तुको अंग हुनसक्ने आशंका गरिएको छ। फेला परेको वस्तुलाई सुरक्षित राखिएको र आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित वन कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।
बिर्तामोड । आजबाट शुरु हुने ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उद्घाटन कार्यक्रममा गायिक रचना रिमालले प्रस्तुति दिने भएकी छन् । उनले खेलमैदानमै सांगीतिक प्रस्तुति दिने बताइएको छ । चन्द्रगढी घर भएकी अहिलेकी लोकप्रिय गायिका रिमालले महिला फुटबललाई प्रोत्सहान गर्न प्रस्तुति दिन लागेको गोल्डकप आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताए । प्रतियोगिता सुरु हुनुअघि गायिका रिमालले आधा दर्जन गीत गाउने क्लबले जनाएको छ । उनले उद्घाटनमा रंगशालासम्म आउन र बबाल गर्न दर्शकलाई आह्वान पनि गरेकी छन् । आज बैशाख ५ गतेदेखि हुने प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन खेलमा पोखराको आरएस पोखरा फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना…
झापा । झापाको मेचीनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलबार साँझ करिब ५:३० बजे तिरिङखोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार पाँचथर फिदिम नगरपालिका–१२ घर भई हाल बाहुनडाँगीस्थित बिओपीमा सशस्त्रमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक हवल्दार ३५ वर्षीय सचिन तामाङ गम्भीर घाइते भएका थिए। उनको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। त्यस्तै, मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका–१ घर भई सोही बिओपीमा कार्यरत हवल्दार ४० वर्षीय डिल्लिराम सुबेदी सामान्य…
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा पूर्वाधार विकाससम्बन्धी अघि सारिएका प्रस्तावहरूमध्ये “महेन्द्र राजमार्ग” समेत परेको छ। राजा महेन्द्र वीर विक्रम शाह द्वारा निर्माण सुरु गरिएको महेन्द्र राजमार्गलाई प्रजातन्त्र स्थापनापछि सरकारी रूपमा “पूर्व–पश्चिम राजमार्ग” भनिँदै आएपनि अहिलेको सरकारले पुरानै नामबाट राजमार्गलाई सम्बोधन गरेको हो । सरकारी कागजातमा ‘पूर्व–पश्चिम राजमार्ग’ उल्लेख गरिए पनि जनस्तरमा ‘महेन्द्र राजमार्ग’ नाम नै अझै लोकप्रिय छ। वर्तमान सरकारले पनि राजा महेन्द्रलाई श्रेय दिँदै पुरानै ‘महेन्द्र राजमार्ग’ नामलाई पुनः स्वीकार गरेको देखिन्छ। हाल पुर्वी झापामा एसियन हाइवेका नामले समेत चिनिन थालेको अवस्थामा सरकारी प्रतिबद्धतापत्रमा महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको हाइवेमा स्तरोन्नति…
झापा । तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा आदर्श युवा क्लब बुधबारे सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न क्वाटरफाइनल खेलमा आदर्शले शनिश्चरे एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भएको केही समयमै खेल रोमाञ्चक मोडमा पुग्यो । खेलको ४७ औँ मिनेटमा शनिश्चरे एफसीका करन थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर त्यो अग्रता लामो समय टिक्न सकेन । त्यसको ठीक एक मिनेटपछि आदर्शका खमिर गिल्सन कन्दङ्वाले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । लगत्तै आक्रामक बनेको आदर्शले…
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा ब्रदर्श एफसी उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा ब्रदर्श एफसीले पूर्णिमा युवा क्लब भद्रपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको सुरुवातदेखि नै आक्रामक रणनीतिमा प्रस्तुत भएको ब्रदर्श एफसीले बल पोजेसनमा पकड जमाउँदै निरन्तर दबाब सिर्जना गरेको थियो । सोही दबाबलाई अवसरमा परिणत गर्दै खेलको ३०औँ मिनेटमा प्रविन राईले टोलीका लागि पहिलो गोल गरेका थिए । उनले दोस्रो बार च्याप्दै गरेको शक्तिशाली प्रहार पोलमा लागेर गोलमा परिणत भएपछि ब्रदर्शले अग्रता लिएको थियो ।…
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा सोमबार साँझ तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। प्रहरीका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र.१-०२-०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशाबाट आउँदै गरेको को ३१ प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०१-०१२ प ७६३५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा इलाम नगरपालिका–६ बस्ने करिब २५ वर्षीय भुपेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित B&C अस्पताल लगिएकोमा चिकित्सकले साँझ ५:१० बजे मृत घोषणा गरेका हुन्। अन्य घाइतेहरूमा धरान–१५ बस्ने २७ वर्षीय मनीकुमार देवान, इटहरी–५ बस्ने…
काकडभिट्टा — सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुलमा ४५औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सुरुदेखि नै अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘रेडियो साथी’का विद्यार्थीहरूले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा डिलिराम भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उद्देश्य तथा विशेषताबारे सुमित्रा बास्तोलाले प्रकाश पार्नु भएको थियो। विद्यालय व्यवस्थापन समितिबाट अभिभावकको प्रतिनिधित्व गर्दै काजी पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। सो अवसरमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गायन लगायत विभिन्न विधामा आफ्ना कला प्रस्तुत गरेका थिए। त्यसैगरी, शैक्षिक तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको…
झापा । आदर्श युवा क्लब बुधबारे नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा जलथल फुटबल क्लबमाथि १ का विरुद्ध २ गोल गर्दै आदर्श क्वाटरफाइनल प्रवेश गरेको हो । आदर्श युवा क्लब बुधबारेका दिवस बाँस्तोलाले १४ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको २२ औँ मिनेटमा बुधाबारेका श्याम मुर्मुले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ३२ औँ मिनेटमा जलथलका रोहित न्यौपानेले सान्त्वना गोल गरे पनि टिमको हारलाई टार्न सकेनन् । खेलको म्यान अफ द म्याच आदर्शका श्याम मुर्मु घोषित भए । उनले नगद रु. १ हजार ५ सयसहित ट्रफी…