Purbi Garjan

आज रातिदेखि भारी वर्षाको सम्भावना

आज रातिदेखि भारी वर्षाको सम्भावना

झापा, १३ कात्तिक । दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । “यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ”, मौसमविद् अधिकारीले भन्नुभयो, “आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।”   उहाँले आज दिनभरी बाग्मती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको बताउनुभयो । जसमा गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ । बुधबारदेखि परेको…
Read More

इलामको देउमाईमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

 निशान निराेैला , इलाम । इलामको देउमाई नगरपालिका–१, कुखुरेस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, मिति २०८२ साल कात्तिक १३ गते बिहान करिब १०:३० बजे, तेह्रथुमबाट झापा तर्फ जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र इलामबाट पाँचथर तर्फ जाँदै गरेको प्रदेश १–०१–०१६प १३६७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी रक्सेबाट प्रहरी निरीक्षक रोजन नेम्बाङको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइते १० जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको इलाम प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक र…
Read More

इभी दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पा, १२ कात्तिक । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा लु प ०१—००१ज ००९१ नम्बरको इभी भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ई भी चालक रैनादेवी ४ का कमल रायमाझी, सोही वडा मेहालढापका राम बहादुर गाहा र सोही गाउँपालिका वडा नं१, छहरा(सिद्देश्वरका मुक्तबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र पंजियार थारुले जानकारी दिनुभयो । आज बिहान बुटवलबाट छहरा मेहालढापको लागी छुटेको गाडी दुर्घटनामा परेको स्थानीयले बताएका छन् । घटना साँढे १० बजेको सेरोफेरोमा भए पनि घटनाको जानकारी करिब साँढे १ बजे भएको स्थानीय ईश्वर ज्ञवालीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पाल्पाका दिएको जानकारी…
Read More

झापामा रात्रि बस दुर्घटना : १९ जना घाइते, ६ जना सकुशल गन्तव्यतर्फ

झापा, ११ कार्तिक । झापा जिल्लाको शिवसताक्षि नगरपालिका–१० स्थित माईधार चौक नजिकै पूर्व–पश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको रात्रिकालीन बस दुर्घटनामा परेको छ। मङ्गलबार बिहान करिब ४:०० बजे प्र.१–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा १९ जना यात्रु घाइते भएका छन्। बसमा जम्मा २५ जना यात्रु सवार थिए। दुर्घटनापछि घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको छ भने बाँकी ६ जना यात्रुहरू सकुशल रूपमा आ–आफ्नो गन्तव्यतर्फ गएका छन्। बस घटनास्थलमै रहेको र सडकमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।   दुर्घटनास्थलमा माईधार प्रहरी चौकीबाट प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित…
Read More

झापामा रगतको अभाव, रेडक्रसको रक्तदानका लागि अपिल

झापा, १० कात्तिक । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको छ। हाल ६ वटा रक्तसञ्चार केन्द्रमा जम्मा २०० पिन्ट रगत मौज्दात रहेको छ भने दैनिक मिर्गौला डायलाइसिस र अन्य उपचारका लागि १०० पिन्ट रगत आवश्यक पर्ने बताइएको छ। अध्यक्ष लोकराज ढकालले दसैँ, तिहार, छठलगायत चाडपर्व तथा असोज १८–२० गतेको वर्षा र विपद्का कारण रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको बताए। उनले १८ वर्षमाथिका व्यक्तिहरूलाई नजिकको रक्तसञ्चार केन्द्रमा गएर स्वस्फूर्त रक्तदान गर्न आग्रह गरे। उनले भने, “रगत माग्ने मात्र होइन, आफैँ पनि रक्तदान गरौँ। बिरामीका लागि रगत लिन जाँदा दुई–तीन जना रक्तदाता लिएर जाऔँ।” रेडक्रससँग सबै रक्त समूहका…
Read More
जेन-जी बिद्रोहले संसदीय व्यवस्थाको असफलता सिद्ध गरेको छ- विप्लव

जेन-जी बिद्रोहले संसदीय व्यवस्थाको असफलता सिद्ध गरेको छ- विप्लव

कपिलवस्तु।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जेनजी बिद्रोहले संसदीय व्यवस्थाको असफलता सिद्ध गरेको दाबी गरेका छन् ।नेकपा केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै महासचिव विप्लवले उक्त कुरा बताएका हुन। "जेनजी बिद्रोह काङ्ग्रेस, एमाले र माओवादी केन्द्र जस्ता पार्टी र तिनका नेताहरूको मात्रै असफलता होइन"- उनले भने  -"यो अन्ततः देशको अर्थ-राजनीतिक व्यवस्थाको असफलता हो, यसले संसदीय व्यवस्था अब संभव छैन भन्ने कुरालाई नै स्पष्ट गरेको छ।" सम्बोधनको क्रममा महासचिव विप्लवले नेपालमा सत्ता, समाज र राज्यका हरेक निकायमा भएको दलीयकरण, भ्रष्टाचार लगायतका कारणले जेनजी बिद्रोह जन्माएको भएपनि बिद्रोहको परिणाम पश्चगमन र यथास्थितिवादतर्फ मोडिएको बताए। महासचिव विप्लवले जेनजी बिद्रोहका आन्तरिक…
Read More
दमकमा जेनजेड आन्दोलनका क्रममा लुटिएको ३०३ राइफल फेला

दमकमा जेनजेड आन्दोलनका क्रममा लुटिएको ३०३ राइफल फेला

झापा । जेनजेड आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित फेला परेको छ। असोज २६ गते बिहान करिब ७ः३० बजे दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिरको पूर्वपट्टि रहेको गेट नजिक बेवारिसे अवस्थामा बन्दुक फेला परेको स्थानीयले जानकारी दिएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले घटनास्थलमा पुगेर सो बन्दुक २०८२ भदौ २४ गते जेनजेड आन्दोलनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल भएको पुष्टि गरेको छ। म्यागजिनसहित फेला परेको उक्त हतियार बरामद गरी अहिले इलाका प्रहरी कार्यालय दमकमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
Read More

नेपालले जित्यो युनिटी कप टी–२० शृङ्खला

झापा, १४ असोज । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा दुई छक्कासहित…
Read More

आज महाअष्ठमी : महागौरीको पूजाआजा गरिँदै

झापा, १४ असोज । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ। दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । शास्त्रीय मान्यताअनुसार यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप नष्ट हुने विश्वास गरिन्छ ।   सेतो वर्ण र सेतो पहिरन धारण गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको…
Read More

पूर्व प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

झापा, १३ असोज । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले पूर्व प्रधानमन्त्री ओलीसहित पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको हकमा विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको आयोगका सदस्य विज्ञान राज शर्माद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोगले छानबिन तथा जाँचबुझको सिलसिलामा उहाँहरू अनुसन्धानको दायरामा रहेकोले निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नु…
Read More
ne_NPNepali