Purbi Garjan

जनप्रतिनिधि संग जनताकाे गुनासाे जनअपेक्षा अनुसार काम भएन

जनप्रतिनिधि संग जनताकाे गुनासाे जनअपेक्षा अनुसार काम भएन

जनप्रतिनिधि संग जनताकाे गुनासाे जनअपेक्षा अनुसार काम भएन

शिवसताक्षी । आफैंले मत दिएर विजय गरी नगर कार्यपालिका पठाएका जनप्रतिनिधि जवाफदेहिताको रुपमा उपस्थित हुन नसक्दा मङ्गलबार शिवशताक्षी नगरपालिका वडा नम्बर ८ का स्थानीय उनीहरूसँग बेचैन बनेका छन् । कतिपयले उनीहरूलाई गैर जिम्मेवार जनप्रतिनिधि सम्म भन्न भ्याए । दुई दिन अगावै वडा कार्यालयले जनताका गुनासा वा सुझाव को सुनवाई गर्न नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की लाई पत्र दिएर निमन्त्रणा गर्यो । पत्रसँगै वडा अध्यक्ष सन्त कुमार फेउदिनले टेलिफोन सम्पर्क गरी कार्यक्रममा गरिमामय उपस्थिति का लागि अनुरोध गरे । तर नगर प्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्की कार्यक्रममा उपस्थित भएनन् । नगर प्रमुख उपप्रमुख मात्र होइन । प्रशासकीय…
Read More
विर्तामोड -भद्रपुर सडक खण्डमा १० वटा पोल ढल्दा विद्युत अवरुद्ध

विर्तामोड -भद्रपुर सडक खण्डमा १० वटा पोल ढल्दा विद्युत अवरुद्ध

झापा । हावाहुरी सँगै परेको अविरल वर्षाका कारण झापाको बिर्तामोड नगरपालिका- ८ स्थित भद्रपुर–बिर्तामोड सडक खण्डको हर्चनादेखि प्याकुरेलसम्मको सडक खण्डमा १० वटा बिजुलीको पोल ढलेको छ । एउटा पोल सोही स्थानका नारायण श्रेष्ठको पक्की घरमा कोल्टिएर अड्केको, अर्को पोल सोही स्थानका कृष्ण श्रेष्ठको पक्की घरमा कोल्टिएर अड्केको र ८ वटा सोही स्थानका कामेश्वर श्रेष्ठको चिया बगानमा ढलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त पोलमा जडित बिर्तामोड नगरपालिकाबाट प्राप्त ५ ओटा सीसी क्यामेरा समेत पोल ढलेर खराब भएको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Read More
झापाको चुलाचुलीमा बस र टिपर ठोक्किँदा २१ यात्रु घाइते

झापाको चुलाचुलीमा बस र टिपर ठोक्किँदा २१ यात्रु घाइते

झापा । झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा यात्रुबाहक बस र टिपर ठोक्किँदा २१ जना घाइते भएका छन् । आज बिहान ०७ः१५ बजे पूर्वपश्चिम राजमार्गमा झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा ३ ख २१६६ नम्बरको टिपर र पूर्वतर्फ जाँदै गरेको को १ ख ५०८७ नम्बरको बस एक आपसमा ठोक्किएका थिए । घाइतेमध्ये ११ जनाको दमक रिसर्च सेन्टर अस्पताल, नौ जनाको लाइफलाइन अस्पताल र एक जनाको दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक उदयपुर त्रियुगा–३ का ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषा गणेशमान–५ का ३४ वर्षीय शेरबहादुर राई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।
Read More
बिहान तीन बजेको चट्याङमा परी मेचीनगरमा एक युवती घाईते

बिहान तीन बजेको चट्याङमा परी मेचीनगरमा एक युवती घाईते

मेचीनगर । हावाहुरी सहित आएको चट्याङमा परी झापाको  मेचीनगरमा एक युवती घाइते भएकी छिन्। आज मंगलबार बिहान तीन बजे हावाहुरी र पानी सहित परेको चट्याङ लाग्दा मेचिनगर नगरपालिका वडा न.१५ कालिका झार स्थित अन्दाजि २१ वर्षकी रजिता हस्दा घाइते भएकी हुन्। हावा हुरि सहित आएको चट्याङ लागि घाईते भएकी हस्दालाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र हाल उपचार भैरहेको प्रहरीले जनाएको छ। उनको कम्बर मुनि दुखेको र बोल्न सक्ने मध्यम अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Read More
खै मेरो लोकतन्त्र- शान्ता भण्डारी

खै मेरो लोकतन्त्र- शान्ता भण्डारी

खै मेरो लोकतन्त्र शान्ता भण्डारी जनयुद्ध घोषणा भो बिद्रोह सशस्त्र को जनता लामबद्ध भो प्रतिकार दमनको । जनपक्षिय अगुवाहरु जनताका प्रतिनिधिहरु समातिन्थे नै दिनहुँ अचम्म थिएन मारिनु । बेपत्ता र घाइतेको गणना नै कहाँ थियो उठिवास कति हुन्थ्यो त्याग्नै घरवास पथ्र्यो । लक्का जवान बाइसको बाइसै पुग्यो बिछोडको अँधेरी थियो बिहानको असार तीन एकासिको । उडी आयो चिलसरी राज्यको क्रुर सिपाही टिपि गयो चल्ला लिई काख आमाको रित्याई । पत्तो आजसम्म छैन सूचना सुइको छैन छ कहाँ बोलिदैन देखाउन मानिदैन । रक्षा दायीत्व उसको किन भक्षक आफै बन्यो प्रश्न छ राज्यलाई मेरो मेरो सन्तान कहाँ गयो ? बिराम के उसको…
Read More
मेचीनगरद्वारा जनमुखी बजेट ल्याउन सरोकारवालासंग छलफल

मेचीनगरद्वारा जनमुखी बजेट ल्याउन सरोकारवालासंग छलफल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले जनता लक्षित स्थानीय तहको बजेट ल्याउन विभिन्न सरोकारवालाहरूसंग छलफललाई तिब्रता दिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसहित उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतका जनप्रतिनिधि रहेको मेचीनगरले नयाँ आर्थिक बर्ष २०८१/०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा राय सल्लाह सुझावसहित छलफल गरेको हो । नगरपालिकाले नयाँ आर्थिक बर्षको बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा मेचीनगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, सामुदायिक क्याम्पसका क्याम्पस प्रमुख तथा अध्यक्षहरूसंग छलफल सम्पन्न गरेको छ । त्यस्तै नगरका सक्रिय राजनीति दलका प्रमुख, लक्षित समुह (महिला, बालबालिका, आदिवासि, जनजाति, दलित, अपाङ, आदि)का क्षेत्रमा कार्य गर्ने संघसंस्थाका अध्यक्षहरु संग छलफल सम्पन्न…
Read More
क्रुरतापुर्वक कुकुरको हत्या गरी फेसबुकमा हाल्ने तीनजना पक्राउ

क्रुरतापुर्वक कुकुरको हत्या गरी फेसबुकमा हाल्ने तीनजना पक्राउ

इलाम। एउटा कुकुरलाई क्रुरतापुर्वक हत्या गरि भिडियो बनाएर सामाजिक संजाल "भुत प्रेत" नामक फेसबुक पेजमा राख्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। गत जेठ ३२ गते एउटा कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रुरतापुर्वक निर्मम तरिकाले हत्या गरी खाल्डो खनि पुरेको भिडियो अपलोड गरेर भाईरल बनाइएको थियोे । उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरीबाट उक्त भिडियो कसले अफलोड गरेको र कुकुरको हत्या कसले गरेको भन्ने बिषयमा अनुसन्धान तथा खोजी कार्य भएको थियोे । सोही क्रममा इलाम जिल्ला देउमाई नगरपालिका ९ जितपुर बस्ने बर्ष २१को दिक्षान्त मोरोहाङ लिम्बु, सोही स्थान बस्ने बर्ष १७ को संगम लिम्बु र सोही स्थान…
Read More
मेयर बालेन शाह ब्राजिल प्रस्थान

मेयर बालेन शाह ब्राजिल प्रस्थान

झापा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह  मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन उनी सोमबार बिहान २ः१५ बजेको उडानबाट ब्राजिल प्रस्थान गरेका हुन्। बैठक सम्पन्न गरेर मेयर साह असार ८ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ। उनका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि रहेको महानगरले जनाएको छ।
Read More
सिलिगुडीमा रेल दुर्घटना ७ जनाको मृत्यु, कयौं घाइते

सिलिगुडीमा रेल दुर्घटना ७ जनाको मृत्यु, कयौं घाइते

झापा । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङमा आज सोमबार बिहान रेल दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सिलीगुडीको रंगापानी स्टेसन नजिकै भएको रेल दुर्घटनामा परी अहिलेसम्म ७ जनाको मृत्युको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मृतक तथा घाइतेहरूको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ । प्राप्त सुचना अनुसार सोमबार बिहान करिब ९ बजेको समयमा न्यु जलपाईगुरी रेल्वे स्टेसनबाट छुटेको कञ्चनजंगा एक्सप्रेस (१३१७४)लाई एउटा मालगाडी रेलले पछाडिबाट ठक्कर दिएको थियो । कलकत्ता जाँदै गरेको कञ्चनजंगा एक्सप्रेस रातो सिङ्गलका कारण रोकिरहेको थियो । सोही बेला पछाडिबाट आएको मालगाडी रेलले ठक्कर दिएको थियो । ठक्करबाट यात्रु बोकेको कञ्चनजंगा एक्सप्रेस तीन वटा डिब्बा…
Read More
ताप्लेजुङमा बाढीपहिरोबाट २५ घरपरिवार विस्थापित,४१ वडा उच्च जोखिममा

ताप्लेजुङमा बाढीपहिरोबाट २५ घरपरिवार विस्थापित,४१ वडा उच्च जोखिममा

ताप्लेजुङ । ताप्लेजुङमा बाढीपहिरोका कारण २५ घर परिवार विस्थापित भएका छन् । बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र सामान्य जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको सिदिङ्वा, सिरिजंगा, मिक्वाखोला फक्ताङ्लुङ गाउँपालिका र फुङ्लिङ नगरपालिका बाढी पहिरोको उच्च जोखिममा परेका छन्। सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका आठ घर उच्च जोखिममा रहेका छन् । उक्त आठ घरमध्ये सात घरका परिवारलाई सिंहेश्वरी आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ । एउटा परिवार छिमेकीकामा आश्रय लिएर बसेको जनाइएको छ । यस्तै सिरिजङ्घा गाउँपालिका–६ मामांखेका पाँच घर उच्च जोखिममा रहेका छन् । तीमध्ये चार परिवारलाई लक्ष्मी माध्यमिक विद्यालयमा…
Read More
ne_NPNepali