Purbi Garjan

सुरु भयो राखीको चहलपहल

सुरु भयो राखीको चहलपहल

महोत्तरी, १८ साउन । मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग प्रचलनमा छन् । दुवै पञ्चाङ्गको वर्ष साउनदेखि सुरु हुन्छ । त्यो पनि चन्द्रमास तालिकामा । वर्ष प्रारम्भको यो महिना चाडवाड सुरु हुने सूचनाका रूपमा मानिन्छ । साउन कृष्णपक्षको पञ्चमीबाटै मिथिलामा पर्व प्रारम्भ हुन्छ । वर्षको पहिलो पर्व मौन साधनाका लागि प्रसिद्ध छ । बर्तालुले दिनभरि उपवाससँगै मौन व्रत गरेर आत्मसंयम र आत्मनिरीक्षण गर्छन् । यो पर्वसँगै नवविवाहिता मिथिलानीको मधुश्रावणी पर्व सुरु हुन्छ । यसैगरी लगपाँच (नागपञ्चमी) यसै महिनामा साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । मिथिलाको प्रसिद्ध झुलनोत्सव साउन शुक्ल त्रितीयासँगै सुरु हुन्छ । यी सबै पर्वमध्ये साउन पूर्णिका…
Read More

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

झापा, १७ साउन ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।   आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी,…
Read More

झापाको चर्चित र्याप ग्रुप Sloke Vibe को धमाकेदार कमब्याक, नयाँ म्युजिक भिडियो चाँडै सार्वजनिक हुने

Sloke Vibe को धमाकेदार कमब्याक: बिर्तामोडबाट र्याप इन्डस्ट्री हल्लाउन तयार! बिर्तामोड, झापा — केही समयको विश्रामपछि झापाको चर्चित र्याप ग्रुप Sloke Vibe फेरि धमाकेदार कमब्याकको तयारीमा जुटेका छन्। दर्शक तथा श्रोतालाई उत्साहित बनाउने गरी उनीहरूले नयाँ म्युजिक भिडियोसहित पुनः र्याप इन्डस्ट्रीमा प्रवेश गर्न लागेका हुन्। स्थानीय युवामाझ निकै लोकप्रिय रहेको Sloke Vibe ले यसपटकको कमब्याकलाई "सबैभन्दा ठुलो" भन्दै प्रमोट गरेका छन्। उनका अनुसार यसपटकको प्रस्तुतीमा संगीत, शब्द र भिडियो निर्माणमा नयाँपन देखिनेछ। Sloke Vibe का सदस्यहरूले सामाजिक सञ्जालमार्फत फ्यानलाई यसपटकको म्युजिक भिडियो "सिर्जनात्मक, दमदार र फरक स्वादको" हुने दाबी गरेका छन्। बिर्तामोडको सडकदेखि स्टुडियोसम्मको संघर्ष बोकेको समूहले योपटकको सिर्जनालाई आफ्नो…
Read More
विद्यालयको भ्यान दुर्घटनामा २१ जना घाइते, ७ जना विएण्डसी अस्पतालमा रेफर

विद्यालयको भ्यान दुर्घटनामा २१ जना घाइते, ७ जना विएण्डसी अस्पतालमा रेफर

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–९ खुट्टिडाँगीस्थित भित्री सडक खण्डमा पारिजात पब्लिक स्कुलको भ्यान अनियन्त्रित भई दुर्घटनामा पर्दा चालकसहित २१ जना घाइते भएका छन्। बिहान करिब १० बजे मागुरमाडीबाट विद्यालयतर्फ जाँदै गरेको मे.१ ज. ३१०७ नम्बरको भ्यान दुर्घटना भएको हो। दुर्घटनामा परी झापा मेचीनगर–९ का ४५ वर्षीय चालक गणेश श्रेष्ठसहित विद्यालयका शिक्षक र विद्यार्थीहरू घाइते भएका हुन्। श्रेष्ठको टाउकोमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको बताइएको छ। उनीसहित केही घाइतेको उपचार बिर्तामोडस्थित विएण्डसी अस्पतालमा भइरहेको छ। दुर्घटनामा परी सबिस्का राई (६ वर्ष), समिरा बिसुङ्खे (४ वर्ष), संयोग बिसुङ्खे (१२ वर्ष), अंगु बराई मगर (९ वर्ष), र विद्यालयकी शिक्षिका प्रिति सिवा…
Read More
लिङ्कन मन्टेश्वरी स्कुलमा खिर दिवस मनाइयो, बालबालिकालाई संस्कारसहितको शिक्षा

लिङ्कन मन्टेश्वरी स्कुलमा खिर दिवस मनाइयो, बालबालिकालाई संस्कारसहितको शिक्षा

झापा — बिर्तामोड नगरपालिका–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलमा राष्ट्रिय खिर दिवसको अवसरमा विशेष कार्यक्रमका साथ बालबालिकालाई खिर खुवाइएको छ। विद्यालयले साउन १५ का दिन बालबालिकालाई खीरको सांस्कृतिक र स्वास्थ्यसम्बन्धी महत्व बुझाउँदै आफ्नै क्यान्टिनमा खिर पकाएर खुवाएको हो। विद्यालयका सञ्चालक सरोज पौडेलका अनुसार यस्तो पर्व मनाउने उद्देश्य संस्कारसहितको शिक्षा प्रदान गर्नु हो। “असार १५ मा दही–चिउरा, साउन १५ मा खिर र पुष १५ मा खिचडी खाने संस्कृतिको महत्व बुझाउन हामी यस्ता कार्यक्रम गरिरहेका छौं,” उनले भने। खिरलाई स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक मानिन्छ। साउने झरीमा तातो खिर खाँदा शरीरलाई गर्मी मिल्ने र पाचन प्रणालीलाई सहयोग पुग्ने विश्वास गरिन्छ। दूध, मरमसलालगायतका पौष्टिक तत्व…
Read More
सर्वोच्चमा विचाराधीन कबिर आश्रमको जग्गा विवाद : कनकाई नगरपालिकाको डोजर प्रकरणले मच्चायो विवाद

सर्वोच्चमा विचाराधीन कबिर आश्रमको जग्गा विवाद : कनकाई नगरपालिकाको डोजर प्रकरणले मच्चायो विवाद

झापा । झापाको कनकाई नगरपालिकाले कबिर आश्रमको जग्गामा बसेका सुकुम्बासीहरूले रोपेको धानबालीमा डोजर लगाएर नष्ट गरेको घटनाले सामाजिक तथा राजनीतिक तहमा तीव्र प्रतिक्रिया ल्याएको छ। सो जग्गा सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बेला स्थानीय सरकारले बल प्रयोग गरेपछि यसले थप विवाद उत्पन्न गराएको हो। सुकुम्बासी र विप्लव नेकपाको विरोध घटनाको भोलिपल्ट नेपाल कम्युनिस्ट पार्टी झापाले बिर्तामोडमा पत्रकार सम्मेलन गरी डोजर लगाइएको घटनाप्रति घोर आपत्ति जनाएको छ। नेकपा झापा जिल्ला इञ्चार्ज सुमनसिंह पौडेलले कनकाई नगरपालिकाको कदमलाई "गुण्डागर्दीपूर्ण, अमानवीय र सर्वहारा विरोधी" भन्दै आपत्ति जनाए। पत्रकार सम्मेलनमा सुकुम्बासी प्रतिनिधिहरूले आफूहरूले दशकौँदेखि भोगचलन गर्दै आएको जमिनमा रोपिएको धानबाली बलपूर्वक नष्ट गर्नु…
Read More
झापा भद्रपुरमा गोली प्रहारपछि लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापा भद्रपुरमा गोली प्रहारपछि लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापा – झापा जिल्ला प्रहरी कार्यालयको टोलीले लागुऔषध कारोवारमा संलग्न भएको सूचनाका आधारमा भद्रपुर नगरपालिका–५ भित्रि सडकखण्डमा गोली प्रहार गरी एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, मिति २०८२ साउन १० गते दिउँसो करिब ३:५० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उक्त व्यक्ति पक्राउ गरेको हो। भारतको किसनगंज जिल्ला कोल्लिकोट थाना बस्ने ३६ वर्षीय मोहमद इस्लाम प्रहरीलाई देख्नेबित्तिकै आक्रमण गर्दै भाग्ने क्रममा प्रहरीले आत्मरक्षार्थ दुई राउण्ड गोली प्रहार गरेको जनाएको छ। तीमध्ये एक गोली उनको बायाँ खुट्टाको घुँडामुनि लागेको र घाइतेलाई प्रहरी निगरानीमा प्रादेशिक अस्पताल…
Read More
मेचीनगरमा डग स्न्यापिङ अपरेशन, लागुऔषधसहित तीनजना पक्राउ

मेचीनगरमा डग स्न्यापिङ अपरेशन, लागुऔषधसहित तीनजना पक्राउ

झापा। लागुऔषध नियन्त्रण तथा अपराध रोकथामका उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय केनाइन (K9) शाखा धरान, सुनसरीबाट खटिएको डग स्न्यापिङ टोलीले झापाको मेचिनगर क्षेत्रका विभिन्न स्थानमा विशेष अपरेशन सञ्चालन गरेको छ। मंगलबार साँझ ५ बजेदेखि गरिएको उक्त अपरेशन अन्तर्गत मेचिनगर–९ झोडा लिलाबस्ती, खुट्टिडाँगी क्षेत्र र मेचिनगर–१० पाथिभरा टोल, खयरडाँगी तथा दनुवार बस्ती क्षेत्रमा प्रहरीले दुईवटा तालिमप्राप्त कुकुरको सहयोगमा लागुऔषध खोजतलास गरेको हो। स्न्यापिङ अपरेशनका क्रममा तीन जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचिनगर–९ झोडा बस्ने २४ वर्षीय रोशन डाँगी रहेका छन्। उनको साथबाट लागुऔषध ट्रामाडोल (Tramadol) ६८ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ। त्यसैगरी, २२ वर्षीय अर्जुन दर्जीलाई लागुऔषध सेवन…
Read More
प्रहरीको मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी, सशस्त्रले बरामद गरेपछि खुल्यो रहस्य

प्रहरीको मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी, सशस्त्रले बरामद गरेपछि खुल्यो रहस्य

बिर्तामोड – इलामका सामुदायिक वनबाट प्रहरीकै संलग्नतामा झापातर्फ काठ तस्करी हुने गरेको खुलासा भएको छ। स्थानीय सचेत युवाहरूले पत्रकार सम्मेलनमार्फत यस्तो आरोप सार्वजनिक गरेका हुन्। रोङ गाउँपालिका–२ स्थित बर्फल्याङ सामुदायिक बनलगायतका वन क्षेत्रबाट काठ तस्करी भइरहेकाबारे बिर्तामोडमा हिजो पत्रकार सम्मेलन गरी जानकारी दिइयो। युवाहरूले वितरण गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले तस्करी रोक्न प्रयास गर्दा प्रहरीकै मिलेमतोका कारण धम्की र फसाउने प्रयास भइरहेका छन्।” गत साउन ३ गते बिहान स्थानीय युवाको सक्रियता र सशस्त्र प्रहरी अर्जुनधाराको सहयोगमा अर्जुनधारा–१ बाट मे १ ज ११६५ नम्बरको पिकअपमा लोड गरिएको सखुवाको ३८.४८ क्युफिट चिरान काठ बरामद गरिएको थियो। बरामद काठ प्रहरीलाई जिम्मा लगाइएको थियो।…
Read More
“झापा रक स्टार” वार्षिक सांगीतिक प्रतियोगिता, साउन १० मा पहिलो अडिसन

“झापा रक स्टार” वार्षिक सांगीतिक प्रतियोगिता, साउन १० मा पहिलो अडिसन

बिर्तामोड । अमृत स्टोर बिर्तामोडको आयोजनामा हुने वार्षिक सांगीतिक प्रतिस्पर्धात्मक कार्यक्रम ‘झापा रक स्टार’ यस वर्ष पनि भव्य रूपमा आयोजना हुने भएको छ। यो प्रतियोगितामा झापाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ५ देखि १२ सम्मका विद्यार्थी समूहबीच सांगीतिक प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ। गत वर्ष २०८१ मा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले राम्रो सफलता पाएपछि यस वर्ष विद्यालय स्तरका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको हो। संगीत आफैंमा मानव जीवनको अभिन्न पाटो मात्र नभई समाज र संस्कृतिको प्रतिबिम्ब रहेको र विज्ञहरूका अनुसार संगीत साधना, धैर्यता र अनुशासन मात्र नभएर उपचारको प्रभावकारी विधि पनि हो। यही प्रवृत्तिलाई प्रोत्साहन गर्दै विद्यार्थीहरूलाई लाइभ…
Read More
ne_NPNepali