Purbi Garjan

सीमामा सशस्त्र प्रहरीको ठूलो सफलता, ५ गाडीसहित अवैध बीउ नियन्त्रणमा

सीमामा सशस्त्र प्रहरीको ठूलो सफलता, ५ गाडीसहित अवैध बीउ नियन्त्रणमा

रौतहट  –  सर्लाहीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा तस्करी हुन लागेको सामान लोड भएको चार भारतीय बोलेरो पिकअप र एक नेपाली आईचर ट्रकसहित ५ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ । पछिल्लो समय बीउजन्य वस्तुको अवैध कारोबार बढ्दै गएको गुनासो बढ्दै गएको बेला सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रणमा लगातार सक्रियता देखाएसँगै गए राति अबेर बलरा नगरपालिका–२ स्थित हतिवल बाँध नजिकको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ तस्करी हुँदै गरेको करिब एक करोड रुपैयाँ बराबरको खरबुजाको बीउ सशस्त्र प्रहरीले बरामद गरेको हो । असार १० गते राति करिब १० बजे विशेष सूचनाको आधारमा सीमा सुरक्षा गुल्म मुख्यालय सिमराबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुदत्त…
Read More

छ महिनादेखि मिटर छैन, कोशीका हजारौँ उपभोक्ता विद्युत् सेवाबाट वञ्चित

विराटनगर –  कोशी प्रदेशमा छ महिनादेखि विद्युत् मिटरको अभाव हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरणले माग अनुसारको मिटर उपलब्ध गराउन नसक्दा कोशी प्रदेशका १४ जिल्लाका १२ हजारभन्दा बढी परिवारले विद्युत् जडानका लागि दिएको आवेदन त्यत्तिकै थन्किएको हो । छ महिनाअघिदेखि कोशीमा विद्युत् मिटरको अभाव सुरु भएको हो, अहिले समस्या झन् बढ्दै गएकाले प्राधिकरणका कर्मचारी उपभोक्ताको चर्को दबाबमा छन् । प्राधिकरणको कोशी प्रादेशिक कार्यालय विराटनगरका अनुसार हाल दर्ता भएका १२ हजारभन्दा बढी आवेदनमध्ये अधिकांश ‘सिङ्गल फेज’ मिटरका हुन् । दुई महिनाअघि प्रदेशभर वितरण गर्नका लागि दुई हजार पाँच सय थान मिटर प्राप्त भएको थियो । मागको तुलनामा थोरै सङ्ख्यामा मिटर प्राप्त…
Read More

प्रदेश खारेजी प्रस्तावले राजनीतिक तनाव बढाउन सक्छ : शंकर पोखरेल

काठमाडौं –  पूर्वमुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको विषयलाई लिए रास्वपाले समाजमा नयाँ राजनीतिक द्वन्द्वको बीउ नरोपोस् भन्ने कुरामा सचेत हुन जरुरी रहेको बताएका छन्। आज दिउँसो सामाजिक सञ्जालमार्फत उनले चुनावका बेला ‘प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउने’ दाबी गरेर जनताको मत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी ले महाधिवेशनमार्फत संघीयताकै विरुद्धमा आफूलाई उभ्याउने काम गरेको टिप्पणी गरेका हुन्। एमालेका महासचिवसमेत रहेका पोखरेलले संघीयता आदिवासी जनजाति, मधेसी, दलित र अल्पसंख्यक समुदाय तथा पिछडिएको क्षेत्रको दशकौँ लामो आकांक्षा र संघर्षको परिणाम भएको बताए। ‘संघीयता आदिवासी जनजाति, मधेसी, दलित र अल्पसंख्यक समुदाय तथा पिछडिएको क्षेत्रको दशकौँ लामो आकांक्षा र संघर्षको परिणाम हो, जसलाई ऐतिहासिक संविधानसभाले संस्थागत…
Read More
उद्घाटन खेलमै मेक्सिकोको दमदार जित, दक्षिण अफ्रिकामाथि २–० को विजय

उद्घाटन खेलमै मेक्सिकोको दमदार जित, दक्षिण अफ्रिकामाथि २–० को विजय

झापा । घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिको राष्ट्रिय फुटबल टोली ले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिका राष्ट्रिय फुटबल टोली लाई २–० ले पराजित गरेको छ। मेक्सिको सिटी स्थित रंगशालामा बिहीबार राति भएको समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेज ले समान १–१ गोल गर्दै आयोजक टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए। खेलको सुरुआतदेखि नै मेक्सिको हावी देखियो। पाँचौं मिनेटअघि राउल हिमेनेज को प्रहारलाई दक्षिण अफ्रिकाका कप्तान तथा गोलरक्षक रोनवेन विलियम्स ले उत्कृष्ट बचाउ गरेका थिए। तर नवौं मिनेटमा एरिक लिरा ले बल खोसेपछि जुलियन क्विन्योनेस ले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षकको खुट्टामुनिबाट जाली चुम्दै मेक्सिकोलाई…
Read More
आज सबै विद्यालय बन्द गरेर सम्मान कार्यक्रम उपस्थित हुन मेचीनगरको निर्देशन

आज सबै विद्यालय बन्द गरेर सम्मान कार्यक्रम उपस्थित हुन मेचीनगरको निर्देशन

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक–कर्मचारी तथा विद्यार्थी सम्मान कार्यक्रमका लागि नगरभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई पठनपाठन बन्द गरी कार्यक्रममा सहभागी हुन निर्देशन दिएको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले असार २२ गते जारी गरेको पत्रअनुसार असार २५ गते सोमबार बिहान १०:३० बजे वडा नं. ६ नजिकको सामुदायिक भवनमा कार्यक्रम आयोजना गरिएको उल्लेख छ । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–कर्मचारी तथा सम्मानित हुने विद्यार्थीको अनिवार्य उपस्थिति रहने उल्लेख गरिएको छ। पत्रमा शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट भएका विद्यार्थी, सेवानीवृत्त स्थायी शिक्षक तथा कर्मचारीलाई सम्मान गरिने जनाइएको छ। साथै सम्बन्धित विद्यालयलाई सम्मानित हुने व्यक्तिहरूलाई जानकारी गराई अनिवार्य…
Read More

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौँ, २३ जेठ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक साता लाग्ने छ । मौसमविद् पौडेलले भन्नुभयो, “यही समयमा मनसुन भित्रिन्छ भन्ने एकिन गरी भन्न सकिँदैन । तर, एक हप्ता आसपासमा मनसुन भित्रिने अनुमान गरिएको छ । तीनचार दिनमा बङ्गालको खाडीमा मनसुन पुग्ने देखिन्छ, त्यसपछि नेपालमा आउँदा एक हप्ता आसपास वा केही अघि वा केही दिनपछि पनि हुनसक्छ ।” उहाँका अनुसार कहिलेकाहीँ मनसुन छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय…
Read More

घट्यो वर्षा, तातो लहर बढ्दै

झापा, १९ जेठ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने बताइएको छ । आज भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री पुगेको छ । अहिले राति १०ः०० बजेको ताजा अवस्थामा पछिल्लो एक घण्टामा देशको कुनै पनि ठाउँमा वर्षा भएको छैन । पछिल्लो २४ घण्टामा पनि दैलेखलगायत केही जिल्लामा हल्का वर्षा भए पनि अन्य…
Read More
चीनविरुद्ध नेपालको विष्फोटक ब्याटिङ, ३१४ रनको विशाल लक्ष्य

चीनविरुद्ध नेपालको विष्फोटक ब्याटिङ, ३१४ रनको विशाल लक्ष्य

झापा । सिंगापुरमा जारी टी–ट्वान्टी एसियाली छनोट अन्तर्गत चीनविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ३१४ रनको विशाल योगफल खडा गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा २ विकेटको क्षतिमा ३१४ रन बनाउँदै विपक्षी टोलीलाई कठिन लक्ष्य दिएको हो। नेपालका लागि कुशल भुर्तेलले आक्रामक पारी खेल्दै ४३ बलमा सर्वाधिक १२९ रन जोडे। उनले आफ्नो इनिङ्समा १६ छक्का र ५ चौका प्रहार गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। त्यस्तै अर्का ब्याट्सम्यान कुशल मल्लले पनि उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा अविजित ८५ रन बनाए। कप्तान रोहित पौडेलले समेत आक्रामक ब्याटिङ गर्दै २१ बलमा अविजित ६९ रन जोडे। तीनै…
Read More
आर्थिक बर्षको बजेट २१ खर्ब २४ अर्ब बढी (पुर्णपाठ हेर्नुस् )

आर्थिक बर्षको बजेट २१ खर्ब २४ अर्ब बढी (पुर्णपाठ हेर्नुस् )

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रूपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १० खर्ब रुपैयाँ छुट्याइएको छ । साथै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड…
Read More
नेपाल -भारत सीमा पानीटंकीबाट ब्राउन सुगरसहित नेपाली महिला पक्राउ

नेपाल -भारत सीमा पानीटंकीबाट ब्राउन सुगरसहित नेपाली महिला पक्राउ

झापा। नेपाल -भारत सीमा क्षेत्रबाट ठूलो मात्रामा लागूऔषधसहित एक नेपाली महिला पक्राउ परेकी छन्। शनिबार साँझ करिब ५:३० बजे एसएसबीको ४१औँ वाहिनी, रानीडाँगाअन्तर्गत पानीटंकी कम्पनीको टोलीले विशेष सूचनाका आधारमा भारत–नेपाल सीमास्थित सीमा स्तम्भ नं. ९०/१ नजिकै पुरानो पुलबाट ती महिलालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा झापा दमककी जम्मू कुमारी सदा (विष्णु सदा पत्नी) रहेकी छन्। उनको साथबाट ३८.७ ग्राम शंकास्पद ब्राउन सुगर (३७ वटा प्याकेटमा), एक थान स्यामसङ मोबाइल (२ नेपाली सिमसहित), र २० हजार नेपाली रुपैयाँ बरामद गरिएको एसएसबीले जनाएको छ। एसएसबीका अनुसार बरामद पदार्थको परीक्षण खोजी कुकुर (स्निफर डग) तथा ड्रग डिटेक्सन किटमार्फत गर्दा लागूऔषध भएको पुष्टि भएको…
Read More
ne_NPNepali