Purbi Garjan

झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

झापा । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित सडक छेउमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। बुधबार राति १०:४५ बजे ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको गस्ती टोलीले अन्दाजी ४०–४५ वर्षको पुरुषलाई टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको अवस्थामा फेला पारेको थियो। घाइते अवस्थामा रहेका उनलाई तत्कालै उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। तर, राति १०:५५ बजे अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरे। घटनाबारे अनुसन्धानका क्रममा आज दिउँसो १२:०० बजे काकडभिट्टा बसपार्कबाट बा ५ ख ६८०३ नम्बरको हायस र त्यसका चालक मकवानपुर, थाहा नगरपालिका–७ निवासी २७ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय…
Read More
टि–ट्वान्टी विश्वकप एसिया छनोट : नेपाल समुह “बी” मा

टि–ट्वान्टी विश्वकप एसिया छनोट : नेपाल समुह “बी” मा

झापा । टि–ट्वान्टी विश्वकप क्रिकेटको एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपाल र कुवेत एकै समूहमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह 'बी' मा कुवेत र जापानसँग परेको हो । यस प्रतियोगितामा कुल ९ टोली सहभागी छन् । सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा यूएई, मलेसिया र कतार छन् भने समूह 'सी' मा ओमान, पपुवा न्यू गिनी (पीएनजी) र समोआ परेका छन् । प्रत्येक समूहको शीर्ष दुई टोलीले सुपर सिक्स चरणमा स्थान बनाउनेछन् । त्यसपछि सुपर सिक्स चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन टोलीले टि–ट्वान्टी विश्वकपमा…
Read More
बर्खायाममा सर्पदंशको जोखिम र सुरक्षाका उपाय

बर्खायाममा सर्पदंशको जोखिम र सुरक्षाका उपाय

नेपालको तराई क्षेत्र वर्षायाममा सर्प आतंकको केन्द्र बन्ने गर्दछ। वर्षातसँगै खोला, नाला, पिँढी तथा बारी डुबानमा परेपछि सर्पहरू सुरक्षित स्थान खोज्दै घर, गोठ, थानी, भकारीजस्ता ठाउँमा प्रवेश गर्छन्। यसरी मानिसको सिधा सम्पर्कमा आउनाले सर्पले टोक्ने घटनाहरू हरेक वर्ष दोहोरिन्छन्। यस्तो अवस्थामा सही जानकारी र सावधानी अपनाउँदा मृत्युजस्तो गम्भीर जोखिमबाट बच्न सकिन्छ।  सर्पदंशको लक्षणहरू सर्पले टोकेपछि देखिने मुख्य लक्षणहरू यस्ता हुन्छन्: टोकेको स्थानमा दुईवटा प्वाल देखिनु तीव्र दुखाइ र सुजन छटपटाहट, वाकवाकी, वान्ता टाउको भारी हुनु, आँखामा धमिलो देखिनु बोल्न वा सास फेर्न गाह्रो हुनु मुटुको धड्कन असामान्य हुनु शरीर लत्रिनु वा अचेत हुनु (गम्भीर अवस्थामा) नोट: सबै सर्प विषालु हुँदैनन्,…
Read More
पैनिमा डुबेर मेचीनगरका एक युवाको मृत्यु

पैनिमा डुबेर मेचीनगरका एक युवाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–५ स्थित सिताराम टोलका एक व्यक्ति पैनिमा डुबेर मृत अवस्थामा फेला परेका छन्। बुधबार राति अन्दाजी ८: ३५ बजे स्थानीय शुक ब. सुब्बाका ३७ वर्षीय छोरा उत्तम सुब्बा घरदेखि करिब ३०० मिटर दक्षिणतर्फ रहेको पैनिमा डुबेको अवस्थामा मृत फेला परेका हुन्। घटनाबारे जानकारी पाएलगत्तै साँझ ८:४० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Read More
झापामा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापामा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापा । झापाको झापा गाउँपालिका–१ सुडुखुट्टुस्थित क्षेत्रबाट लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। आज दिउँसो ३ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ती टोलीले भारत बिहार राज्य, किसनगंज जिल्लाको सिंगिमारी पञ्चायत वडा नं. ५ निवासी ६० वर्षीय गबरी साहलाई पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका साहलाई शंका लागेपछि प्रहरीले जाँच गर्दा उनी लगाएको ट्रयाक सुटको बायाँ साइडको गोजीमा लुकाइछिपाई ल्याएको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसिलो खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ प्लास्टिकमा प्याक गरिएको अवस्थामा १०१ ग्राम ६३ मिलिग्राम तौलमा बरामद गरिएको हो। पक्राउ परेका साहलाई साइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा…
Read More
झापामा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, आमा–छोरा गम्भीर घाइते

झापामा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, आमा–छोरा गम्भीर घाइते

झापा । झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आमा–छोरा गम्भीर घाइते भएका छन्। मंगलबार दिउँसो ३:४० बजे राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको BR 37 AZ 6440 मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनापछि गम्भीर घाइते भएका स्कुटर चालक र मोटरसाइकल चालकलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल, भद्रपुर पुर्‍याइएकोमा उपचारकै क्रममा साँझ ४:४० बजे दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजबंशी रहेको खुलेको छ। अर्का मृतक मोटरसाइकल चालकको पहिचान भने खुल्न बाँकी छ। स्कुटरमा…
Read More
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट टावर आइपुग्यो, छिट्टै जडान हुने

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट टावर आइपुग्यो, छिट्टै जडान हुने

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। त्यसैक्रममा मैदानमा जडान गरिने फ्लडलाइट टावरहरू बुधबार काठमाडौं आइपुगेका छन्। भारतको उत्तरप्रदेशबाट करिब ९ दिनको यात्रा गर्दै ती टावरहरू राजधानी ल्याइएको हो। हाल ती टावरहरू मैदानको बाहिरी क्षेत्रमा राखिएको छ र छिट्टै जडान कार्य सुरु गरिनेछ। रात्रिकालीन खेल सञ्चालनका लागि अत्यावश्यक मानिने फ्लडलाइट जडान र प्याराफिट विस्तारको काम बीकेओआई–केसीडिसी–बीजी जेभीले गरिरहेको छ। यो परियोजनाको कुल लागत रु ४३ करोड ७७ लाख ३० हजार ११३ रहेको छ। त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्दै नियमित दिन तथा रातमा खेल सञ्चालन गर्न सकिने बनाउने लक्ष्य लिइएको…
Read More
अर्जुनधारामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु, पाँच जना पक्राउ

अर्जुनधारामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु, पाँच जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिकामा सामूहिक कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा–८ स्थित नयाँ खसी बजार जाने बाटोमा प्रकाश गिरीको घरमा डेरा गरी बस्दै आएकी २२ वर्षीया गंगा राई (गरिमा) रहेकी छन्। प्रहरीका अनुसार गंगा राईमाथि गएराति करिब ११ः३० बजे अर्जुनधारा–८ की ३२ वर्षीया सुस्मिता भुसालले अन्य केही महिलालाई साथमा लिएर सामूहिक रुपमा कुटपिट गरेकी थिइन्। उनीहरूलाई शंका लागेको थियो कि सुस्मिताका श्रीमान् रमेश भुसाल गंगा राईको कोठामा गएका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी गंगालाई सुरुमा शनिश्चरेस्थित शंकर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएकी उनलाई चिकित्सकले राति १ः२० बजे…
Read More
स्वास्थ्य बीमामा ऐतिहासिक कदम: ८ गम्भीर रोगका बिरामीलाई २ लाख रुपैयाँको उपचार सुविधा

स्वास्थ्य बीमामा ऐतिहासिक कदम: ८ गम्भीर रोगका बिरामीलाई २ लाख रुपैयाँको उपचार सुविधा

काठमाडौं। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र सर्वसुलभ बनाउँदै सरकार साउन १ गतेदेखि ८ प्रकारका गम्भीर रोगका बिरामीलाई २ लाख रुपैयाँसम्मको उपचार सुविधा प्रदान गर्ने व्यवस्था ल्याएको छ। कडा रोग लागेपछि उपचार खर्चको अभावमा पीडा भोग्दै आएका सर्वसाधारणलाई राहत पुर्‍याउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। अबदेखि क्यान्सर, मुटु रोग, मृगौला रोग, हेड इन्जुरी (टाउको चोट), स्पाइनल इन्जुरी (मेरुदण्ड चोट), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत यो सुविधा पाउनेछन्। सरकारले यस निर्णयलाई पूर्व प्रतिबद्धताको निरन्तरता र नागरिकप्रतिको जिम्मेवारीको रूपमा लिएको छ। स्वास्थ्य बीमालाई अझ परिस्कृत र प्रभावकारी बनाउँदै जनसाधारणको पहुँच सुनिश्चित गर्न सरकार निरन्तर प्रयासरत रहेको…
Read More
ताप्लेजुङको सिदिङ्वामा चट्याङ लाग्दा एकको मृत्यु, एक घाइते

ताप्लेजुङको सिदिङ्वामा चट्याङ लाग्दा एकको मृत्यु, एक घाइते

ताप्लेजुङ। सिदिङ्वा गाउँपालिका–३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक किशोर घाइते भएका छन्। मंगलबार साँझ घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका राजकुमार लिम्बूको साब्लाखुस्थित स्थानीय स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको हो। पारिवारिक स्रोतका अनुसार चट्याङ लागेपछि उनलाई तत्काल उपचारका लागि स्वास्थ्यचौकीमा पुर्‍याइएको थियो। त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका १७ वर्षीय मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। प्राकृतिक प्रकोपबाट भएको यस घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ।
Read More
ne_NPNepali