Purbi Garjan

दिन: २०८१ असार ६, बुधबार

ताप्लेजुङ : बाढीपहिरोबाट ८१ घर विस्थापित, पाँचजनाको मृत्यु

ताप्लेजुङ : बाढीपहिरोबाट ८१ घर विस्थापित, पाँचजनाको मृत्यु

ताप्लेजुङ । निरन्तर अविरल वर्षा सँगै आएको बाढीपहिरोले ताप्लेजुङमा ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन्। एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको छ भने आठ घर पूर्णरुपले क्षति भएका छन् । १८ घर उच्च जोखिममा रहेको र जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। जिल्ला प्रशासनले दिएको डाटाबेस अनुसार बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् भने चार सवारीसाधनमा क्षति पुग्नाका साथै दुईवटा काठको मोटरेवल पुलसहित चारवटा पुल बाढीले बगाएको छ। बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेका छन् भने ११ परिवार नजिकैको विद्यालयमा बसेका…
Read More
इलाम-१ मा पुनः निर्वाचनको माग गर्दै झलनाथले दायर गरेको रिट खारेज

इलाम-१ मा पुनः निर्वाचनको माग गर्दै झलनाथले दायर गरेको रिट खारेज

झापा । प्रतिनिधि सभा तर्फ इलाम -१ मा भएको निर्वाचन मत परिणाममा असन्तुष्टि जनाउँदै २०७९ मंसिर २७ गते पुनः निर्वाचनको मागसहित एकीकृत समाजवादीका नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा खारेज भएको छ । रिट खारेज भएसँगै नेकपा एमालेका नेता महेश बस्नेतले वैधानिकता पाएका छन् । २०७९ मङ्सिरमा भएको निर्वाचनको परिणामलाई लिएर सर्वोच्चमा दायर भएको मुद्दा करिब १८ महिनापछि पेशी चढेको थियो । उक्त रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएको थियो। एमाले नेता बस्नेतले २५ हजार ७५३ मत प्राप्त गरेका थिए भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए।
Read More
टी-२० अलराउन्डरको विश्व वरियतामा दिपेन्द्र छैटौं नम्बरमा

टी-२० अलराउन्डरको विश्व वरियतामा दिपेन्द्र छैटौं नम्बरमा

काठमाडौं। नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण खेलाडी दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियतामा छैटौं नम्बरमा परेका छन्। यसअघि ९ नम्बर मा रहेका ऐरी तीन स्थान सुधार गर्दै छैटौँ नम्बरमा आइपुगेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले हालै सार्वजनिक गरेको वरियतामा उनी अस्ट्रेलियाका मार्कस स्टोइनिस, श्रीलंकाका वानिन्दु हसरंगा, बंगलादेशका सकिब अल हसन, अफगानिस्तानका मोहम्मद नाबी र जिम्बावेका सिकन्दर राजाभन्दा मात्र पछाडि छन् । यस्तै ब्याट्सम्यानको विश्व वरियतामा दीपेन्द्र ४६ औँ स्थानमा छन्। रोहित पौडेल ६ स्थान तल खस्केर ६१ औँ नम्बरमा पुगेका छन् भने आसिफ शेख २० स्थानमाथि उक्लिएर ६९ औँ नम्बरमा छन्।
Read More
जनप्रतिनिधि संग जनताकाे गुनासाे जनअपेक्षा अनुसार काम भएन

जनप्रतिनिधि संग जनताकाे गुनासाे जनअपेक्षा अनुसार काम भएन

शिवसताक्षी । आफैंले मत दिएर विजय गरी नगर कार्यपालिका पठाएका जनप्रतिनिधि जवाफदेहिताको रुपमा उपस्थित हुन नसक्दा मङ्गलबार शिवशताक्षी नगरपालिका वडा नम्बर ८ का स्थानीय उनीहरूसँग बेचैन बनेका छन् । कतिपयले उनीहरूलाई गैर जिम्मेवार जनप्रतिनिधि सम्म भन्न भ्याए । दुई दिन अगावै वडा कार्यालयले जनताका गुनासा वा सुझाव को सुनवाई गर्न नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की लाई पत्र दिएर निमन्त्रणा गर्यो । पत्रसँगै वडा अध्यक्ष सन्त कुमार फेउदिनले टेलिफोन सम्पर्क गरी कार्यक्रममा गरिमामय उपस्थिति का लागि अनुरोध गरे । तर नगर प्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्की कार्यक्रममा उपस्थित भएनन् । नगर प्रमुख उपप्रमुख मात्र होइन । प्रशासकीय…
Read More
ne_NPNepali