बाहुनडाँगीमा तरुल महोत्सवको भव्य उद्घाटन : उत्साहित स्थानीय

Byadmin

२९ पुष २०८०, आईतवार १६:५८ २९ पुष २०८०, आईतवार १६:५८ २९ पुष २०८०, आईतवार १६:५८

। झापाको मेचीनगर नगरपालिका -४ स्थित बाहुनडाँगीमा आजबाट शुरु भएको दुई दिने तरुल उत्सवमा उत्साहजनक सहभागिता देखिएको छ । मेचीनगर नगरपालिकाले स्थानीय उत्पादनलाई संम्बद्र्धन, प्रबद्र्धन र बजारीकरण गर्ने उदेश्यले दुई दिवशिय ऐतिहासिक तरूल उत्सव आयोजना गरेको हो । बाहुण्डाँगी बजारमा पुस २९ र माघ १ गते गरेर दुई सञ्चालन हुने ऐतिहासिक मेचीनगर तरूल उत्सवको आज एक भब्य कार्यक्रमका बिच कोशी प्रदेश पर्यटन, बन तथा वातावरण मन्त्री गणेश उप्रेतीले उद्घाटन गरे ।

मेचीनगर–४ स्थित बाहुण्डाँगी बजारमा आजदेखि सुरु भएको ‘तरुल उत्सव’को उद्घाटन गर्दै मन्त्री उप्रेतीले बाहुण्डाँगीलाई पर्यटनको हवको रुपमा विकास गर्न कोशी प्रदेशले पहिलो पटक बजेट छुट्टाएको बताए ।

‘यहाँको जंगल, संस्कृति र स्थानीय उत्पादनलाई पर्यटन र हात्तीसँग जोडेर बाहुनडाँगीलाई हवको रुपमा विकास गर्न सकिन्छ’, मन्त्री उप्रेतीले भने–‘हात्तीको सहअस्तित्वलाई हामीले स्वीकारेर यस्को व्यवस्थापनका लागि हात्तीको करिडोर निर्माण गछौँ । बाहुण्डाँगीलाई ब्राण्डको रुपमा विकास गछौँ ।’

होमस्टे, स्थानीय उत्पादन र हात्तीलाई पर्यटनसँग जोडेर बजारीकरणमा लाग्ने उनको जोड थियो । दिगो र रणनीतिक समाधानका लागि आगामी फागुन पहिलो सातादेखि बाहुनडाँगीदेखि हात्ती हिड्ने क्षेत्रसम्म ७ दिने पैदल यात्रा गर्ने योजना रहेको उनले बताए ।

पर्यटन मन्त्रालयको आयोजनामा त्यसको नेतृत्व प्रदेश सरकारका मुख्यमन्त्रीले गर्ने तयारी भइरहेको मन्त्री उप्रेतीको दावी छ । मन्त्री उप्रेतीले बाहुण्डाँगीदेखि उदयपुरसम्म हात्तीको करिडोरका लागि अध्यायन र अवलोकन समेत गरिनेछ ।

उनका अनुसार मानव–हात्तीबीचको द्वन्द समाधानका लागि बाहुण्डाँगीका जनताले अव हात्तीलाई हेर्ने स्वाभाव बदल्नु पर्छ । यसलाई अभिषापको रुपमा होइन, अवसरको रुपमा हेर्न मन्त्रीको जोड थियो ।

कार्यक्रममा भारतमा पर्यटन गान्धीका रुपमा परिचित पर्यटन अभियन्ता राज बशुले पर्यावरण जोगाउँन सबैले विभिन्न प्रजातिका विरुवा रोप्न सके जीवनशैलीमा परिवर्तन हुने बताए ।

निकट भविश्यमा एसियन ग्रामिण पर्यटन महोत्सव काठमाडौँमा गर्ने तयारी गरिएको पर्यटन अभियन्ता राज बशुले जानकारी दिए । त्यसका लागि स्थानीय तह, प्रदेश र संघिय सरकारले पहल गर्नु पर्ने उनको भनाई छ ।

आफ्नो मौलिक नेपाली परम्परालाई भुल्दै गएपछि स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्न पनि ‘तरुल उत्सव’को आयोजना गरिएको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

कार्यक्रममा धुलाबारी स्थित इष्ट होराइजन माविका विद्यार्थी, स्थानीय तथा भारतको बागडुग्रा र मिरिकबाट आएका कलाकारहरुले नित्य प्रस्तुत गरेका थिए ।

भोलिसम्म सञ्चालन हुने तरुल उत्सवमा तरुलका विभिन्न प्रकारका खाद्य सामाग्री तथा स्थानीयस्तरमा उत्पादन गरिएका चिया, एभोकाडो, मह, अचार, घरेलु तानबाट बुनिएका उन, झोला, व्याच, बात्ती, ढाकाका कपडा लगायतका वस्तुहरु प्रदर्शनमा राखिएको छ ।

त्यस्तै चारआली स्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रको परामर्स स्टल पनि रहेको छ । उत्सवलाई बाहुनडाँगी जेसीज, पर्यटन कार्यलय काँकरभिट्टा, सहारा नेपाल र र्यापिड रेस्पोन्स टिमको सहकार्य रहेको छ । उत्सवमा रक्तदान, आँखा शिविर र चित्रकला समेत प्रदर्शनी हुनेछ ।

मेचीनगर सामाजिक विकास शाखा प्रमुख एवम् कार्यपालिका सदस्य ह्दय राजवंशीको अध्यक्षतामा आयोजित उत्सवको स्वागत उपप्रमुख मीना पोख्रेल उप्रेतीले र सञ्चालन मेचीनगर ४ का वडाध्यक्ष कार्की अर्जुनकुमार ले गरेका थिए ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *