भारतको सिलिगुडीमा रेल दुर्घटना: झापाका एकजनाको मृत्यु

Byadmin

२ चैत्र २०८०, शुक्रबार ०८:२८ २ चैत्र २०८०, शुक्रबार ०८:२८ २ चैत्र २०८०, शुक्रबार ०८:२८

झापा । पुर्वी सिमा नाकाबाट नजिकैको सहर भारतको सिलगुडीमा रेल दुर्घटनामा परी झापाका एकजनाले ज्यान गुमाएका छन्,। रेल दुर्घटनामा परी मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका-५ निवासी अन्दाजी ५० वर्षीय विष्णु शर्मा रहेका छन्, । शर्मा लक्ष्मी नारायण मन्दिरका पुजारी थिए । उनी गत बुधबार काम विशेषले सिलगुडी गएका थिए ।

घर फर्किनका लागि उनी दिउँसो सवा २ बजे सिलगुडी जंक्सन पुगेका थिए । जंक्सन पुग्दा कटिहार-सिलगुडी इन्टरसिटी एक्सप्रेस ४ नम्बर प्लेटफार्मबाट हिँडिसकेका थिए । उनी दौडिएर रेल चढ्न खोज्दा खुट्टा चिप्लिएर दुर्घटनामा परेका थिए । रेलको चक्कामुनि खसेर गम्भीर घाइते भएका उनलाई तत्काल भारतीय रेल्वे प्रहरीले उद्धार गरी अस्पताल भर्ना गराएका थिए ।

उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शवको कानुनी प्रक्रिया पूरा गरी आजै भद्रपुर ल्याउने र मेची नदीमा दाहसंस्कार गरिने तयारी गरिएको छ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *