झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले देश गम्भीर संकटमा फसेको बताउँदै यसको निकास नेपाली विशेषताको समाजवाद रहेको बताएका छन्,।

आज झापाको कनकाई नगरपालिका स्थित सुरङ्गामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै उनले यस्तो बताएका हुन् ,। दलाल संसदीय व्यवस्थाका कारण आज देश र जनताले गम्भीर संकट भोग्नुपरेको विश्लेषण गर्दै उनले यो व्यवस्था रहेसम्म कुनै पनि हालतमा जनताले निकास नपाउने बरु नेपालमा अमेरिकी साम्राज्यवादको ग्रान्ड डिजाइनमा प्रायोजित विद्रोहको खतरा बढेको बताए ।

पुर्वमा भएको प्रदेश नामाकरण र त्यसको विरुद्ध निस्किएको पहिचानको आन्दोलन , गाई काटिएको काण्ड लगायतका विभिन्न बहाना निकाल्दै देशलाई अस्थिरता तर्फ धकेल्ने षड्यन्त्र समेत तय भैसकेको र त्यसका लागि सिके राउत , रेशम चौधरी लगायतका पात्रहरु समेत खडा गरिएको उनले बताए । देश टुक्र्याउन हिँडेका सिके राउतहरु जस्ताको हातमा सत्ता पुगेको बताउँदै उनले मिसन ८४ को नाममा अमेरिकाले नेपालमा नयाँ जेलेन्सकी जन्माउने खेल शुरु गरेको समेत उनले खुलासा गरे।

अमेरिकाले नेपालमा एमसिसी र एसपिपी जस्तो राष्ट्रघाती कार्यक्रम कार्यनयनमा ल्याउन जस्तोसुकै कदम चाल्न तयार रहेर नेपालमा घुसपैठ गरिरहेकाले कम्युनिस्ट , बामपंथी र देशभक्त शक्तिहरु बेलैमा मिलेर नेपाली विशेषताको समाजवाद कार्यन्वयन गर्नुपर्ने अनिमात्र देश र जनताले निकास पाउने उनले बताए ।

नेकपाले यतिबेला देशका सबै स्थानीय तहमा ” वर्तमान राजनीतिक संकट र समाधान ” विषयक अन्तरक्रिया समेत चलाइरहेको बताउँदै बेलैमा सबै बुद्धिजीवी , समाजसेवी , देशभक्तहरुले समाजवादमा जान ढिलाइ गर्न नहुने निष्कर्ष निकाल्दै अबको युग समाजवादको युग हुने समेत नेता सिंहले बताए ।

अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार सदस्य होम सी, बुद्धिजीवी , विभिन्न राजनीतिक दलका प्रतिनिधि ,प्राध्यापक , समाजसेवी , पत्रकार लगायतको उपस्थिति रहेको थियोे । पार्टीको पश्चिम झापा सचिव विनोद सी ले परिपत्र बाचन गरेका थिए भने कार्यक्रम सञ्चालन इन्चार्ज सञ्जय सी ले गरेका थिए ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *