बिराटनगर । कोशी प्रदेशको राजधानी मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ ।

दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको बाथरुममा दासको शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो । उनको शरीरको विभित्र भागमा चोट रहेको र धारिलो हतियार प्रयोग गरि हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ। अहिले घटनाको अनुसन्धान अगाडि बढेको मोरङ प्रहरीले जनाएको छ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *