काठमाडौ । राजनीतिक पहुँच र पावरका कारण पक्राउ नपरेका भनिएका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन्,।

सुन तस्करीमा संलग्नताको आरोप लागेका उनलाई आज शुक्रबार टोखाबाट पक्राउ गरिएको थियो । पुनलाई पक्राउ लगत्तै रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको प्रहरीले जनाएको छ।

उनीविरुद्ध सुन तस्करीमा संलग्न भएको आरोप पनि छ । सोही आरोपमा प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई पक्राउ परेको थियो । सुन तस्करीबारे उनलाई पक्राउ गरेर अनुसन्धान हुँदैगर्दा सहकारी ठगीमा पनि यसअघि नै वारेन्ट जारी भएकाले पहिला भैरहवा पठाइएको बताइएको छ।

रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप पुनविरुद्ध लागेको छ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *