समाचार प्रभाव: एनएमसी सहकारीको आकस्मिक बैठक बस्दै

Byadmin

२ श्रावण २०८०, मंगलवार ०८:२३ २ श्रावण २०८०, मंगलवार ०८:२३ २ श्रावण २०८०, मंगलवार ०८:२३

मेचीनगर, साउन २ । सदस्यहरुलाई पूर्वसूचना नदिई उनिहरुको खाताबाट करोडौं रुपैयाँ कटौती गरेको विषय समाचार मार्फत सार्वजनिक भएसँगै नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आकस्मिक बैठक बोलाएको छ ।

राहत कोषका लागि सदस्यले दिने योगदान भनेर सदस्यहरुलाई पूर्वसूचना नदिई ८० हजार सदस्यको खाताबाट सात सयका दरले रकम कटौती गरेको विषय हिजो सार्वजनिक भएको थियो । सार्वजनिक भएसँगै एनएमसी सहकारीले सबै शाखाहरुमा सर्कुलर जारी गर्दै सदस्यहरुलाई बुझाउन भनेको थियो ।
जुन विषयमा सामाजिक संजालमा पनि विभिन्न टिका टिप्पणीहरु भइरहेका छन्,भने संस्थाले गरेको यस कार्यको आलोचना पनि उत्तिकै मात्रामा भइरहेको छ । जसअन्तर्गत छलफलका लागि अहिले २ बजे वैठक बोलाइएको संस्थाका कर्पोरेट प्रशासन विभाग, प्रमुख चेतन शर्मा पौडेलले जानकारी दिए ।

‘सदस्यहरुले उठाउनुभएको विषयकै छलफलका लागि बैठक बोलाइएको छ, बैठकमा छलफल गरेर एउटा निश्कर्षमा पुग्छौँ,’ उनले भने ‘सदस्यहरुले उठाउनुएको विषयलाई सम्बोधन गर्दै संस्थाको आधिकारिक धारणा सार्वजनिक गर्छौँ ।’

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *