ईलाम संवाददाता । नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय सदस्य तथा उक्त पार्टिका मेची ब्युरो इन्चार्ज समेत रहेका पुर्वका युवा क्रान्तिकारी नेता सुमनसिंह सी ले लेखेको गीत भर्खरै रेकर्ड भएको छ । ईलामका क्रान्तिकारी हो , माटो उठाउ ईलामको रगतको गन्ध सुंघेर सपनाको चिहान खोज भन्ने बोलको गीतमा जनबादी कलाकार आरोह सी, लक्षमण सी लगायतको स्वर रहेको छ । यस गीतको संगित भने आरोह सी ले गरेका हुन । उक्त गीत सुमनसिंहले प्रतिकृया माग गर्दै आफ्नै फेसबुक वाल मार्फत सार्वजानिक गरेका छन । यसको भिडिओ बनाएर युट्युबमा समेत राखिने उनले बताए ।

पार्टिको ईलाम जिल्लाको सम्मेलको तयारी गर्दै गर्दा, सम्मेलनको प्रतिबेदन लेखिरहेका सुमनसिंहको दिमागमा यो गीत फुरेको थियो । फिक्कल बजारको एक होटलमा बसेर प्रतिबेदन लेखिरहेका सुमनसिंहले धेरै नसोची एकै लेखाइमा यो गीत तयार गरेको बताए । निक्कै सुन्दर ढंगबाट ईलामका क्रान्तिकारीहरुलाई संबोधन गर्दै ईलामको माटो उठाएर सपनाको चिहान उधिन्न अपिल गरेका छन । उनले गीत मार्फत रत्न कुमार वान्तवाको रगतमा चमैताको कथालाई खोज्न भनेका छन । रत्न कुमार वान्तवा पंचायत बिरुद्धको संघर्समा मारिएका चर्चित शहीद हुन । गीतमा जनयुद्धमा बेपत्ता पारीएका बिद्यार्थी नेता कटकको नाम र उनलाई गाडीएको भनिएको बिकट बिलन्दे गांउको ब्यथालाई पनि उनिएको छ । कटक सुमनसिंह लाई अखिल क्रान्तिकारीको इकाइमा संगठित गरेका प्रतिभावना नेता थिए । ईलामका चिया मजदुर लाई स्मरण गरेका सुमनसिंहले शाहीदहरुको बलिदान र सपनामा नै क्रान्तिको मशाललाई भेटिने र त्यंही नै जनताले दलालहरुको अत्याचारलाई अन्त्य गर्ने बताएका छन्,।

गीतको अन्तिममा सुर्योदय हुने सुन्दर अन्तुलाई ईलामका क्रान्तिकारीले नेपालको माटो चुमेर क्रान्तिको प्रकाश छर्न भनेका छन । समग्र ईलामको भाव आउने, सुन्दरता झल्कने, पंचायत बिरुद्धको आन्दोलन र जनयुद्धलाई साथै जोडेर आजका इलामेलि क्रान्तिकारी जनतालाई झकझक्याउन सक्ने स्तरमा बनेको सुन्दर गीत ईलामको आगामी क्रान्तिकारी इतिंहासमा महत्वपूर्ण हुने अपेक्षा गर्न सकिन्छ ।

म्युजिक भिडियो :
https://youtu.be/1mGqWijvxjc

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *