चारआली सांस्कृतिक महोत्सव आजदेखि शुरु, ख्यातिप्राप्त कलाकारहरू आउँदै

Byadmin

११ माघ २०८०, बिहीबार १५:१७ ११ माघ २०८०, बिहीबार १५:१७ ११ माघ २०८०, बिहीबार १५:१७

चारआली । झापाको मेचीनगर-१३ चारआलीमा आजबाट ‘चारआली सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएकाे छ । आजबाट शुरु चारआली सांस्कृतिक महोत्सव–२०८०’ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु आउने भएका छन्, ।

आयोजक टासी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर-१३ चारआली र सहआयोजक चारआली जेसिजले आज साँझ औपचारिक कार्यक्रम गरेर महोत्सव सञ्चालनमा ल्याएका हुन् । प्रमुख अतिथि प्रदेशसभा सदस्य सविना बजगाईंले क्यान्डिल बालेर महोत्सवको उद्घाटन गरिन् ।

बौद्ध धर्म मान्ने शेर्पा, गुरुङ, तामाङ, मगर लगायत समुदायको सामुहिक सहभागिता रहने महोत्सवअन्तर्गत माघ २० गते भव्य सांस्कृतिक कार्यक्रमसहित सडक महोत्सव हुने गुम्बाका सचिव सोनमसिंह तामाङले बताए ।

महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै जातीय पहिरन प्रदर्शन गर्दै स्थानीय पर्यटन र कलाको प्रवर्धन गर्ने उद्देश्य लिइएको सहआयोजक चारआली जेसिजका अध्यक्ष भोजराज पराजुलीले बताए ।

गुम्बाका अध्यक्ष फुर्वा लामाले चारआलीमा १२ वर्षपछि राष्ट्रियस्तरको महोत्सव हुन लागेको जानकारी दिए । अध्यक्ष लामाका अनुसार महोत्सवमा भारतीयसहित नेपाली राष्ट्रिय कलाकारले प्रस्तुति दिने छन् । भारतीय रियालिटी शो सारेगमप लिल च्याम्स सिजन ९ की विजेता सिक्किमकी जेसेन डोह्ना लामा महोत्सवमा आउने छिन् ।
त्यस्तै, नेपालका चर्चित गायकहरु सविन राई, राजेशपायल राई, एलिना चौहान, ज्योति मगर लगायतले महोत्सवमा सांगीतिक प्रस्तुति दिने छन् ।

टासी फुन छोग् छोई खोरलिङ्ग गुब्वा चारआलीका अध्यक्ष फुर्वा लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई चारआली जेसिजका अध्यक्ष भोजराज पराजुलीले संयोजन गरेका थिए ।

मेला आयोजनाको उद्देश्य प्रस्ट पार्दै आयोजक समितिका सचिव सोनामसिंह तामाङले गुम्बाको स्तरोन्नति र जेसिज भवन निर्माण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । उद्घाटन कार्यक्रमको सञ्चालन चारआली जेसिजका कार्यकारी उपाध्यक्ष विवेक सुन्दासले गरेका थिए ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *