धनगढी । कैलालीको धनगढी उपमहानगरले नगरवासीलाई दाहसंस्कार खर्चबापत ५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ भने शव बाहन र एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने भएको छ ।

नगरका जनताको आर्थिक अवस्था कमजोर भएर टायरमा शव जलाउनुपर्ने अवस्था देखेपछि नगर प्रमुख (मेयर) गोपाल हमाल नेतृत्वको उपमहानगरले दाहसंस्कार खर्च स्वरूप घरमै गएर ५ हजार सहयोग गर्ने निर्णय गरेको हो ।

नगर कार्यपालिकाको आईतबार बसेको बैठकले दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई ५ हजार सहयोग गर्ने निर्णय गरेको मेयर हमालले जानकारी दिए ।

उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा आज सोमबार आयोजित कार्यक्रममा उनले अन्तिम संस्कारका लागि शवबाहन र बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिएकोे बताए ।

सेवाग्राहीले नगर प्रहरीबाटै शवबाहन र एम्बुलेन्स सेवा पाउन सक्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *