प्रविण अधिकारी झापा । झापाको मेचीनगर–५ स्थित इलाका प्रहरी कार्यालय नकलबन्दा अहिले जीर्ण संरचना, न्यून जनशक्ति र स्रोतसाधनको चरम अभावबीच सञ्चालन भइरहेको छ। नेपाल–भारत सीमा सुरक्षाका लागि स्थापना गरिएको यो प्रहरी कार्यालय आफैं असुरक्षित रहेको छ। २०३४ सालमा सिमाना प्रहरी चौकीका रूपमा स्थापना भएको यो कार्यालयलाई चार वर्षअघि इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको थियो। तर, संरचना र जनशक्ति नबढ्दा कार्यालय अझै चौकी स्तरमै सीमित देखिन्छ। नियमित दरबन्दीअनुसार २५ जना प्रहरी खटिनुपर्ने भए पनि हाल प्रहरी नायब निरीक्षकको नेतृत्वमा मात्र ८ जना प्रहरी कार्यरत छन्। थोरै संख्यामा रहेका सुरक्षाकर्मीले अवैध ओसारपसार, लागुऔषध कारोबार, आपराधिक गतिविधि नियन्त्रण र सीमापार आवागमनजस्ता चुनौतीपूर्ण कार्यभार…
झापा । पटकपटक घुस र सेटिङको पर्दाफास भएपनि त्यसमा संलग्न कर्मचारीलाई कारबाही नहुँदा यातायात व्यवस्था कार्यालय बिर्तामोड घुस र सेटिङको अखडा बनेको छ। कार्यालयमा अहिले प्राविधिक शाखामा सेटिङको चटारो चलिरहेको छ। विशेषगरी प्राविधिक प्रमुख तथा मेकानिकल इन्जिनियर राजकुमार गुप्ता आएदेखि नै उनले अनियमितता र सेटिङ चलाउने गरेको सेवाग्राहीहरुले नै गम्भीर आरोप लगाएका छन्। गुप्ताले सवारीसाधनको जाँच पास, दर्ता, नामसारी लगायतका काम मोबाइलमा फोटो हेरेरै गर्ने, बिना गाडी प्राविधिक सिफारिस गर्ने, तथा जरिवाना समेत मनपरी कायमम गरी राज्यको राजस्वमा हिनामिना गर्ने गरेको तत्य फेला परेको छ। कोशी प्रदेश सरकारले ८२ साल असार २९ गते जारी गरेको आर्थिक ऐनअनुसार कुनैपनि सार्वजनिक सवारीले…
झापा, १६ भदौ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले झापा जिल्ला मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल नजिकै शंका लागी चेकजाँच गर्दा अर्जुनधारा नगरपालिका–२ निवासी २८ वर्षीय प्रकाश योङहाङको साथबाट प्लास्टिक बाहेक २ ग्राम ३२० मिलिग्राम खैरो हेरोइन फेला परेको हो। प्रहरीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
झापा, १६ भदौ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालू आर्थिक वर्ष २०८२–८३ को साउन महिनामा १ अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार रुपैयाँको, अलैँची ३२ करोड ४३ लाख २१ हजार रुपैयाँको, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख रुपैयाँको, अम्लिसो आठ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा छ…
झापा – मेचीनगरका मिलन राजवंशीले आजदेखि नेपालको सबैभन्दा होचो स्थान, कचनकवल स्तम्भबाट ताप्लेजुङको पाथिभरा पुग्ने एकल साइकलयात्रा सुरु गरेका छन्। आज बिहान साइकलयात्री राजवंशीलाई कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, कचनकवल–४ का वडा अध्यक्ष नुरजामा मिया, भद्रपुर साइकल क्लबका अध्यक्ष जीवनकुमार श्रेष्ठलगायतले विदाई गरेका थिए। कार्यक्रम संयोजक कर्णबहादुर राजवंशीका अनुसार, सो अवसरमा कचनकवलको पहिचान झल्कने सामग्री र टिसर्ट प्रदान गरी साइकलयात्रीलाई शुभकामना दिइएको थियो। १९ वर्षीय राजवंशीले “छोड लागुपदार्थ, जोड साहस, बढ अगाडि निरन्तर” भन्ने नारासहित नेपालको होचो भूभाग चिनाउने र युवालाई कुलतबाट बचाउने सन्देश दिने उद्देश्यले यो यात्रा सुरु गरेको बताए। राजवंशी झापामा हुने साइकल प्रतियोगिताका…
मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबार सम्पन्न नगर स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगितामा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार वितरण गरिएको छ। विद्यार्थीहरुको क्षमता र प्रतिभा प्रकट गर्ने उद्देश्यले मेचीनगर–८ स्थित एभरेष्ट भ्यू अंग्रेजी मावि परिसरमा आयोजित कार्यक्रममा ११ वटा विद्यामा प्रतियोगिता सम्पन्न भएको थियो। ✦ विजेता विद्यालयहरू : हाजिरी जवाफ (कक्षा ५ सम्म) : दुर्गा मेमोरियल अंग्रेजी मावि र सेन्टपल्स एकाडेमी प्रथम, अक्सफोर्ट दोस्रो, लिटल एञ्जल र युनिक तेस्रो। हाजिरी जवाफ (कक्षा ८ सम्म) : सेन्टपल्स प्रथम, लिटल एञ्जल दोस्रो, नर्थ पोइन्ट तेस्रो। नेपाली डिक्टेसन (कक्षा ५ सम्म) : युनाइटेड प्रथम, पारिजात र दुर्गा मेमोरियल दोस्रो, एभरेष्ट र हिमालयन तेस्रो। नेपाली डिक्टेसन (कक्षा…
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ ले २५ वटै टोललाई समेट्दै पाँचवर्षे दृष्टिसहितको टोल विकास अवधारणा पत्र सार्वजनिक गरेको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै प्रत्येक टोललाई रु. ५० हजारको टोल सुधार अनुदान छुट्याइएको घोषणा गरिएको हो। अवधारणा पत्रले तत्कालीन आवश्यकता—जस्तै सडक बत्ती, धारा मर्मत, सरसफाइ, करेसाबारी र फुलबारी विकास—मात्र होइन, सांस्कृतिक पुनर्जीवन, स्वास्थ्य र पोषण, सामाजिक समावेशीकरण, आर्थिक आत्मनिर्भरता, शिक्षा–प्रतिभा विकास तथा पर्यावरण संरक्षणलाई दीर्घकालीन लक्ष्य बनाएको छ। पाँचवर्षे योजना अनुसार पहिलो वर्ष भौतिक संरचना र आधारभूत तालिममा जोड दिइने, दोस्रो वर्षदेखि आर्थिक र सांस्कृतिक विस्तार गरिने र पाँचौँ वर्षसम्म आत्मनिर्भर टोल मोडेलको स्थापना…
कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पलाता गाउँ कमिटीले जनश्रममार्फत करिब २०० मिटर लम्बाइको घोरेटो बाटो निर्माण गरेको छ। पलाता गाउँपालिका–२ कालजोसी डाँडामा विहिबार पार्टी कार्यकर्ता र स्थानीयवासीको सक्रिय सहभागितामा करिब ५० जनाले बाटो निर्माणमा श्रमदान गरेका हुन्। सो कार्य नेकपाका केन्द्रीय सदस्य तथा गाउँपालिकाका इन्चार्ज साहासी सीको नेतृत्वमा सम्पन्न भएको नेकपाले जनाएको छ। स्थानीयलाई आवतजावतमा ठूलो कठिनाई भएपछि नेकपाको पहलमा बाटो निर्माण गरिएको हो। निर्माण कार्यमा नेता साहासी स्वयं पनि दिनभर श्रमदानमा सहभागी भएका थिए। ‘जनताको साथमा रहेको जनताको पार्टी भएकाले समस्या समाधानका लागि बजेटको मुख ताकेर बस्ने होइन, जनश्रम गरेर भए पनि बाटो निर्माण गरेका हौं,’ नेता…
झापा । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाह झापा आइपुग्नु भएको छ । उहाँसहितको परिवार करिब १० दिन झापामा बस्ने कार्यक्रम रहेको छ । शाह बुद्ध एयरको काठमाडौं–चन्द्रगढी उडानमार्फत झापा आइपुग्नु भएको हो । चन्द्रगढी विमानस्थलबाट उहाँ सिधै दमक नगरपालिका–९ स्थित हिमालयन महालक्ष्मी टि–इस्टेटतर्फ लाग्नुभएको छ, जहाँ शाहको स्वामित्वमा चिया बगान र मिनी दरबार रहेको छ । शाहसँगै कोमल शाह, छोरी प्रेरणा शाहलगायत परिवारका ६ सदस्य पनि झापा आएका छन् । विमानस्थलमा बा.२१ च ७३१८, बा.६ च २८२९, बा.प्र.०१–०२७ च ६१७१, बा.१७ च ७३६२, बा.१ झ १४८४, बा.१७ च २६७६, बा.४ च ६९७६ र बा.१ झ ३९१३ नम्बरका आठ वटा…
झापा । झापाको कचनकवलमा १६ वर्षीया बालिकालाई जंगलमा सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका- ७ का ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँका ५५ वर्षीय रत्नबहादुर तामाङ रहेका छन् । उनीहरूले बालिकालाई ललाइफकाइ तथा डर त्रास देखाई पाथीभरा सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेका थिए । आइतबार दिउँसो बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएर टोलीले खत्री र तामाङलाई पक्राउ गरी जिल्ला पठाएको थियो । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोत :टाइम्स अफ प्रदेश