झापा, १ असोज । घटस्थापना (असोज ६ गते) देखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो। बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ। यस्तै, यातायात व्यवसायीले टिकट बिक्रीमा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारीसाधनको सरोकार भएका निकायसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय…
झापा, १ असोज । जेनजी आन्दोलनको क्रममा देशभरमा भएको घटनाप्रति तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ । आन्दोलनका क्रममा ऐतिहासिक सम्पदा, सरकारी कार्यालय, उद्योग व्यवसाय, प्रहरी चौकीलगायत स्थानमा भएको तोडफोड, आगजनी र लुटपाट घटनाप्रति परिषद्ले दुःख व्यक्त गर्दै यसलाई निन्दनीय भनेको छ । परिषद्ले मीनबहादुर गुरुङको भाटभटेनीमाथि भएका आक्रमणको निन्दा गरेको छ । १०औं हजारलाई रोजगारी दिइरहेको भाटभटेनी सुपरस्टोरमा आगजनी र लुटपाटजस्ता अराजक गतिविधिले सम्पूर्ण नेपाली जनताको साझा पहिचान, व्यवसाय र सामाजिक संरचना नै आघातमा परेको विज्ञप्तिमा उल्लेख छ । संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न पनि परिषद्को माग छ । महासचिव अधिवक्ता राजु गुरुङले…
झापा, १ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन…
बनियानी, २८ भदौ । झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बिर्तामोड नगरपालिका-२ का ६० वर्षीय सोमनाथ दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । शुक्रबार साँझ ७ः३० कनकाई नगरपालिका–७ बिरिङ खोला छेउमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र.१–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो । मोटरसाइकलको पछाडि सवार दंगालको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा बिर्तामोर-२ का मोटरसाइकल चालक ३८ वर्षीय दिनेशकुमार थपलिया सामान्य घाइते भएका छन् । घाइते उनीहरूलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोडमा ल्याइएको थियो । उपचारको क्रममा दंगालको मृत्यु…
कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पोलिटब्युरो बैठक कपिलवस्तुस्थित केन्द्रीय कार्यालयमा बिहीबार सुरू भएको छ। बैठक महासचिव विप्लव सीको अध्यक्षतामा प्रारम्भ भएको हो। बैठक प्रारम्भ गर्दै महासचिव विप्लवले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्। स्थायी समिति सदस्य अनिल सीका अनुसार महासचिवले प्रस्ताव प्रस्तुत गरेसँगै बैठक स्थगित भई शुक्रबार बिहान ८ बजे पुनः बस्ने भएको छ। उनका अनुसार शुक्रबारदेखि पोलिटब्युरो सदस्यहरूले प्रस्तावमाथि धारणा राख्ने प्रक्रिया सुरू गर्नेछन्। गम्भीर विषयमा विस्तृत छलफल हुने भएकाले बैठकलाई केही दिनसम्म निरन्तर सञ्चालन गर्ने केन्द्रीय कार्यालयको योजना रहेको पनि अनिल सीले जानकारी दिएका छन्।
कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक मंगलबार अपरान्ह कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। बैठकले आगामी भदौ २२ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तथा व्यवस्थापनका विषयमा योजना निर्माण गरेको स्थायी समिति सदस्य अनिल सीले जानकारी दिए। बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको थियो। माओवादी केन्द्रले नेकपासँग एकता गर्ने निर्णयलाई स्वागत गर्दै स्थायी समितिले क्रान्तिकारी नीति र सक्षम नेतृत्वको खाका सहितको प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको हो। यसअघि नै अपेक्षा गरिएको जस्तै, माओवादी केन्द्रसँगको एकतालाई व्यवहारिक रुप दिन बैठकले ठोस तयारी अघि बढाएको बताइएको छ। यस्तै, नेकपाले यही भदौ ३० गतेदेखि…
झापा । कोरोना महामारीका समयमा करिब ७० लाख रुपैयाँ खर्च गरेर दमक–२, बेलडाँगीमा निर्माण गरिएको अस्थायी कोभिड अस्पताल अहिले प्रयोगविहीन बनेर खण्डहरमा परिणत भएको छ। २०७८ साल कात्तिकसम्म सञ्चालनमा रहेको ३० शय्याको उक्त अस्पताल तत्कालीन संकटलाई ध्यानमा राखी भुटानी शरणार्थी शिविर क्षेत्रभित्र दुईवटा अस्थायी भवन मर्मत गरी सञ्चालनमा ल्याइएको थियो। तर, महामारी अन्त्यसँगै राज्य र स्थानीय तहले दीर्घकालीन योजना नबनाउँदा अहिले यो संरचना बेवारिसे बनेको हो। भवनभित्रका प्रयोगशालासहितका उपकरण, मेसिन तथा बिरामीका बेडहरू दमक अस्पतालमा सारिए पनि अन्य सामग्री हराएको स्थानीयले बताएका छन्। कतिपय सामान चोरीसमेत भएको उल्लेख गर्दै उनीहरूले अस्पताल परिसर लागूऔषध प्रयोगकर्ताको आड बन्न थालेको गुनासो गरेका छन्।…
प्रविण अधिकारी झापा । झापाको मेचीनगर–५ स्थित इलाका प्रहरी कार्यालय नकलबन्दा अहिले जीर्ण संरचना, न्यून जनशक्ति र स्रोतसाधनको चरम अभावबीच सञ्चालन भइरहेको छ। नेपाल–भारत सीमा सुरक्षाका लागि स्थापना गरिएको यो प्रहरी कार्यालय आफैं असुरक्षित रहेको छ। २०३४ सालमा सिमाना प्रहरी चौकीका रूपमा स्थापना भएको यो कार्यालयलाई चार वर्षअघि इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको थियो। तर, संरचना र जनशक्ति नबढ्दा कार्यालय अझै चौकी स्तरमै सीमित देखिन्छ। नियमित दरबन्दीअनुसार २५ जना प्रहरी खटिनुपर्ने भए पनि हाल प्रहरी नायब निरीक्षकको नेतृत्वमा मात्र ८ जना प्रहरी कार्यरत छन्। थोरै संख्यामा रहेका सुरक्षाकर्मीले अवैध ओसारपसार, लागुऔषध कारोबार, आपराधिक गतिविधि नियन्त्रण र सीमापार आवागमनजस्ता चुनौतीपूर्ण कार्यभार…
झापा । पटकपटक घुस र सेटिङको पर्दाफास भएपनि त्यसमा संलग्न कर्मचारीलाई कारबाही नहुँदा यातायात व्यवस्था कार्यालय बिर्तामोड घुस र सेटिङको अखडा बनेको छ। कार्यालयमा अहिले प्राविधिक शाखामा सेटिङको चटारो चलिरहेको छ। विशेषगरी प्राविधिक प्रमुख तथा मेकानिकल इन्जिनियर राजकुमार गुप्ता आएदेखि नै उनले अनियमितता र सेटिङ चलाउने गरेको सेवाग्राहीहरुले नै गम्भीर आरोप लगाएका छन्। गुप्ताले सवारीसाधनको जाँच पास, दर्ता, नामसारी लगायतका काम मोबाइलमा फोटो हेरेरै गर्ने, बिना गाडी प्राविधिक सिफारिस गर्ने, तथा जरिवाना समेत मनपरी कायमम गरी राज्यको राजस्वमा हिनामिना गर्ने गरेको तत्य फेला परेको छ। कोशी प्रदेश सरकारले ८२ साल असार २९ गते जारी गरेको आर्थिक ऐनअनुसार कुनैपनि सार्वजनिक सवारीले…
झापा, १६ भदौ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले झापा जिल्ला मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल नजिकै शंका लागी चेकजाँच गर्दा अर्जुनधारा नगरपालिका–२ निवासी २८ वर्षीय प्रकाश योङहाङको साथबाट प्लास्टिक बाहेक २ ग्राम ३२० मिलिग्राम खैरो हेरोइन फेला परेको हो। प्रहरीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।