Skip to main content

Purbi Garjan

प्रमुख समाचार

मेची पुल तस्करीको अखडा : भन्सार कर्मचारीलाई घुस, लाखौंको राजस्व ढुस

मेची पुल तस्करीको अखडा : भन्सार कर्मचारीलाई घुस, लाखौंको राजस्व ढुस

झापा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची भन्सार कार्यालय अहिले राजस्व लुट्ने खुला अखडा बनेको छ। पाँच किलो चिनी बोकेको सर्वसाधारणलाई कडा जाँच गर्ने भन्सार अधिकारीहरु, लाखौंको तस्करी गर्ने गिरोहसँग भने हातेमालो गर्दै अनाहकमा राष्ट्रको ढुकुटी रित्याइरहेका छन्। बिहान ६ बजेदेखि पुरानो मेची पुल तस्करीको सामानले गोदाममा परिणत हुन्छ। भारतीय सीमा सुरक्षा बल एसएसबी ले सख्त निगरानी थालेपछि तस्करीको केन्द्र सिधै मेची पुलमै खुम्चिएको छ। अहिले पुलबाट भित्रिने सामग्रीमा लत्ताकपडा, मोटर पार्ट्सदेखि खाद्यान्न र किराना सामानसम्म छन् — सवारीको लाइन लाग्ने हैन, तस्करीको मेला लाग्ने स्थिति छ। जसले जाँच गर्नुपर्ने हो, उसैले रकम उठाउने धन्दा चलाएको छ। भन्सारका कर्मचारीदेखि…
Read More
एसियन हाइवे निर्माणमा चरम लापरबाही, एम्बुसजस्तै छन् डाइभर्सन

एसियन हाइवे निर्माणमा चरम लापरबाही, एम्बुसजस्तै छन् डाइभर्सन

प्रविण अधिकारी  झापा । बहुचर्चित एसियन हाइवे अन्तर्गत काकडभिट्टा–लौकही सडकखण्ड निर्माणका क्रममा देखिएको चरम लापरबाहीले दैनिक हजारौं यात्रु सास्तीमा परिरहेका छन्। सम्झौताअनुसारको मापदण्डलाई बेवास्ता गर्दै कम्पनीले सडक निर्माणलाई उपहास बनाएको छ, जसको मार यात्रु र स्थानीय बासिन्दाले दिनहुँ भोग्नुपरेको छ। निर्माण क्षेत्रमा अहिले धुलोको महामारी फैलिएको छ। सडकमा यात्रा गर्नु भनेको श्वास फेर्नै नसकिने गरी धुलोमा गाडिनु हो। पानी छर्कने त कुरै परोस्, निर्माण कम्पनी यात्रुको ज्यान जोखिममा पारेर आफ्ना जिम्मेवारीबाट स्पष्ट रूपमा पन्छिएको देखिन्छ। स्कुल जाने बालबालिका, वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा बढी प्रभावित छन्। स्थानीय बासिन्दा र सवारी चालकहरूका अनुसार, अत्यधिक धुलो, खाल्डाखुल्डी र असुरक्षित डाइभर्सनका कारण दैनिकजसो दुर्घटनाको…
Read More
भन्सार महशुल तिरेरै नेपाल छिरेका थिए भारतीय ट्रक, प्रहरीको हतारोले मच्चियो सनसनी

भन्सार महशुल तिरेरै नेपाल छिरेका थिए भारतीय ट्रक, प्रहरीको हतारोले मच्चियो सनसनी

प्रविण अधिकारी झापा । झापाको विर्तामोड–५ बाट आइतबार साँझ नेपाल प्रहरीले भारतीय नम्बर प्लेटका तीनवटा कन्टेनर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको समाचार सार्वजनिक भएसँगै व्यापक चर्चा र भ्रम फैलिएको छ। उक्त कन्टेनरहरूमा बिना भन्सार अवैध रूपमा करोडौं मूल्य बराबरका सामान नेपाल भित्र्याइएको आशंकामा प्रहरीले कारबाही गरेको थियो। तर पछिल्लो विवरणअनुसार ती कन्टेनरहरू नेपाल सरकारले तोकेको कानुनी प्रक्रिया अनुसार भन्सार महशुल तिरेरै नेपाल प्रवेश गरेका प्रमाण पुर्वी गर्जनले फेला पारेको छ । धान रोप्ने मेसिन भित्रिएको थियोे  कन्काई नगरपालिका–५ मा रहेको नोक्मा कृषि फर्मले चीनको वुहान शहरबाट ट्रयाक कम्बाइन हार्भेस्टर मेसिन आयात गरेको थियो। एलसी (लेटर अफ क्रेडिट) प्रणालीमार्फत…
Read More
कोशीस्तरीय सुरक्षा गोष्ठी : तस्करी नियन्त्रणका लागि गृहमन्त्रीको ३० दिने अल्टिमेटम

कोशीस्तरीय सुरक्षा गोष्ठी : तस्करी नियन्त्रणका लागि गृहमन्त्रीको ३० दिने अल्टिमेटम

विराटनगर। गृहमन्त्री रमेश लेखकले खुला सीमानाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि सुरक्षा निकायलाई ३० दिनको कडा निर्देशन दिएका छन्। विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले औपचारिक आयात विस्थापित गर्ने गरी भइरहेको तस्करीले अर्थतन्त्रमा गम्भीर असर पारेको भन्दै तत्काल नियन्त्रणमा ल्याउन निर्देशन दिएका हुन्। “तस्करी अपराध बढाउने, राजस्व घटाउने र कानुनी शासनमा अवरोध सिर्जना गर्ने तत्व हो। यसलाई अब सहन सकिँदैन। ३० दिनभित्र नियन्त्रण नभए गृह मन्त्रालय कडा कदम चाल्नेछ,” मन्त्री लेखकले चेतावनी दिए। गोष्ठीमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित कोशी प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा…
Read More
दुर्गा प्रसाईं भारतबाट पक्राउ

दुर्गा प्रसाईं भारतबाट पक्राउ

प्रविण अधिकारी झापा । चैत्र १५ गते काठमाडौंमा भएको राजावादीहरुको आन्दोलनमा हिंसा भड्काएर फरार रहेका दुर्गा प्रसाईं भारतबाट पक्राउ परेका छन्। मेडिकल व्यवसायी समेत रहेका प्रसाईंले उक्त आन्दोलनको नेतृत्व गरेको र आन्दोलन हिंसात्मक बनेपछि उनी फरार रहेका थिए। फरार रहेका प्रसाईं झापा हुँदै भारत पुगेको सुचना पाएको प्रहरीले वृहत् खोजी कार्य जारी राखेको थियोे । स्रोतका अनुसार प्रसाईं भारतको सिलिगुडी स्थित प्रधाननगरमा त्रिमुल काङ्ग्रेसका एक नेताको घरमा सेल्टर लिएर बसेका थिए । दुर्गा प्रसाईंको सेल्टर प्रहरीले पत्ता लगाएपछि उनी त्यहाँबाट आसाम भाग्ने क्रममा आसाम प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सेल्टर पत्ता लगाएपछि हिजोमात्र प्रसाईंले भिडियो सार्वजनिक गर्दै आफू नेपालमै…
Read More
यातायात व्यवस्था कार्यालय झापाले प्रक्रिया मिलाएर गरेको अर्को भ्रष्टचार

यातायात व्यवस्था कार्यालय झापाले प्रक्रिया मिलाएर गरेको अर्को भ्रष्टचार

झापा । यातायात व्यवस्था कार्यालय मेचीले लाइसेन्स ट्रायलमा ढिलो गरेर कान्तिपुरलाई कमाइखाने स्पेस दिएको पाइएको छ । तोकिएको समयभन्दा २ घण्टा बढी समय ढिलो ट्रायल सञ्चालन गरी नजानिदो पारामा कर्मचारी र व्यवसायीले दैनिक हजारौँ रुपैया असुल्ने गरेका छन् । सवारी अनुमति पत्र प्राप्तिका लागि सेवाग्राहीलाई भ्रममा पारी यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारीले कान्तिपुर भेइकल्सलाई फाइदाँ पुग्नेगरी २ देखी ३ घण्टासम्म ट्रायल नगर्ने गरेको खुलेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका एक प्रहरीका अनुसार यसरी ट्रायल ढिलो गरेबापत कान्तिपुर भेइकल्सले यातायातका कर्मचारी र ट्राफिकका हाकिमलाई महिनामारी रकम बुझाउने गरेका छन् । त्यस्तै कान्तिपुरका एक पूर्व कर्मचारीको अनुसार हाजिर गर्ने र अन्य…
Read More
प्रचण्डको उद्घोष : झापा बिद्रोह र क्रान्तिको अभिभारा माओवादीले पूरा गर्छ

प्रचण्डको उद्घोष : झापा बिद्रोह र क्रान्तिको अभिभारा माओवादीले पूरा गर्छ

कचनकवल। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्याय, समानता र स्वतन्त्रताको जिम्मेवारी माओवादीले लिने बताएका छन् । 'जनतासंग माओवादी - तराई मधेश जागरण अभियान'को उद्घाटनको क्रममा नेपालकै होचो भूभाग झापाको केचनाबाट अध्यक्ष प्रचण्डले त्यस्तो उद्घोष गरेका हुन् । अभियानको उद्घाटन गर्नु पूर्व अध्यक्ष प्रचण्डले केचनामा राष्ट्रिय झण्डोत्तोलन गरेका थिए । अध्यक्ष प्रचण्डले झापालाई क्रान्ति, न्याय स्वतन्त्रता र समानताको प्रतीकको जिल्लाको संज्ञा दिएका छन् । 'हिजो क्रान्तिको, न्याय र स्वतन्त्रताको प्रतीकको रुपमा झापा जिल्लालाई चिनिन्थ्यो तर अहिले झापाको त्यो पहिचान, इतिहास र परम्परा मर्ने हो कि भन्ने खतरा बढेको छ, उनले भने, 'झापालाई त्यो क्रान्ति, न्याय, समानता र स्वतन्त्रताको प्रतिककै…
Read More
आफ्नो गल्ती र असफलता ढाकछोप गर्न संविधान संसोधनको नाटक गरियो – विप्लव

आफ्नो गल्ती र असफलता ढाकछोप गर्न संविधान संसोधनको नाटक गरियो – विप्लव

प्रविण अधिकारी सुनसरी । नेकपाका महासचिव विप्लव सी ले अहिले सत्तामा रहेका काङ्ग्रेस र एमालेले आफ्ना गल्ती र असफलताको ढाकछोप गर्न संविधान संसोधनको नाटक मञ्चन गरिएको उल्लेख गरेका छन्। आज सुनसरीको धरानमा आयोजित पार्टी ध्रुवीकरण तथा राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संसदीय पार्टीहरुले देश र जनताको हितमा काम गर्दा कानुनले बाधा पुर्‍याए संशोधन गर्न आवश्यक भएपनि आफ्नो अपराध र गल्तीको ढाकछोप गर्न गरिने संसोधन अपराध सरह भएको उल्लेख गरेका हुन्। पछिल्लो समय नेपाली काङ्ग्रेस , एमाले र माओवादी पुजीवादीहरुको पार्टी बनेको र उनिहरु चरम अपराधिक गतिविधिमा संलग्न हुँदै गएकाले आफ्ना असफलता र अपराधको ढाकछोप गर्न संविधान संसोधन गर्न लागिपरेका…
Read More
तीन बुदे सहमति विपरीत दफा ६४ फिर्ता लिने सरकारको निर्णयप्रति विप्लवको आपत्ति

तीन बुदे सहमति विपरीत दफा ६४ फिर्ता लिने सरकारको निर्णयप्रति विप्लवको आपत्ति

काठमाडौँ । सरकारले संसदमा दर्ता भएको केही नेपाल ऐन (संशोधन) विद्येयकको दफा ६४ फिर्ता लिने सरकारको निर्णयप्रति नेकपाले आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै नेकपा महासचिव विप्लव सीले नेपाल सरकारले पुस ७ गते ऐनको दफा ६४ फिर्ता लिन गरेको प्रस्तावप्रति गम्भीर आपत्ति जनाएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकार आफैँले विगतमा गरेको निर्णय कार्यान्वयन गर्नुको सट्टा राजनीतिक सहमतिबाट राज्य आफै पछि फर्किन्नु, छलछाम र षड्यन्त्रबाट गुज्रन खोजेको प्रष्ट भएको विप्लवको जिकिर छ । विज्ञप्तिमा विप्लवले पूर्वकानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिक दलमाथि लागेका मुद्धा फिर्ता लिने निर्णय बदर गर्नेगरी वर्तमान कानूनमन्त्री अजयकुमार चौरसियाद्वारा…
Read More
प्रधानमन्त्री ओली, नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड बिच भेटवार्ता

प्रधानमन्त्री ओली, नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड बिच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसँग नडराउन आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीलाई उनीहरुले सो आग्रह गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सल्लाहकार राजेन्द्र सीका अनुसार उक्त भेटबार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सफलताको शुभकामना दिएका थिए ।…
Read More
ne_NPNepali