झापा । झापाको कमल गाउँपालिका–३ केर्खाबाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल-३ स्थित केर्खाबाट गौरादह नगरपालिका-५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यहाँस्थित पूर्वपश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश१–०२–००१ख ९५३० नम्बरको यात्रुबाहक बसमा सवार मियाँले बोकेको झोला जाँच गर्दा स्रोत नखुलेको डलर एक सय दरका दुई सय ९७ थान फेलापरेको हो । आजको नेपाली दररेट अनुसार उक्त डलरको नेपाली रु ४० लाख ३३ हजार आठ सय ५४ रहेको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले…
कपिलवस्तु। विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक बिहीबार अपरान्ह १ बजे सुरु भएर ४ बजेदेखि स्थगन भएको छ । आज बिहीबार महासचिव विप्लव सीले व्याख्यासहित प्रस्ताव पेश गरेपछि अध्ययनका लागि बैठक स्थगन गरिएको प्रवक्ता प्रकाण्ड सी ले बताए । शुक्रबार बिहानैदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । बैठक कपिलवस्तुकाे शिवगढीस्थित केन्द्रीय कार्यालय रहेको प्रकाशन तथा प्रचार विभाग इन्चार्ज अनिल सीले बताएका छन्
विर्तामोड । नेपाल पत्रकार महासंघको भोली हुने निर्वाचनको लागि नेपाल प्रेस युनियनको तर्फबाट झापामा दुई उम्मेदवारको नाम सिफारिस भएपछि लफडा शुरु भएको छ। प्रेस चौतारी र प्रेस युनियनले झापा सहित देशैभर चुनावी गठबन्धन गरेका छन्। यता केन्द्रले जिल्लालाई पत्राचार गरेरै आधिकारिक उम्मेदवार राजेन्द्र गौतम रहेको बताएको छ भने जिल्लाले केन्द्रको आदेश इन्कार गर्दै हालका जिल्ला अध्यक्ष एकराज गिरीलाई अगाडि सारेको छ। महासंघको निर्वाचनमा प्रेस युनियन नेपाल र प्रेस चौतारीको साझा प्यानलमा युनियनको तर्फबाट अध्यक्ष पदमा वर्तमान अध्यक्ष एकराज गिरी र युनियन झापा शाखाको सल्लाहकार राजेन्द्र गौतमको उम्मेदवारी दर्ता भएको स्थितमा प्रेस युनियनको केन्द्रीय समितिले गौतमलाई आधिकारीक उम्मेदवार तोकेको थियोे ।…
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने गृह जिल्ला भ्रमणका लागि भोलि आइतवार झापा आउने भएका छन् । जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा आउने तयारी रहेको नेकपा एमालेका झापा अध्यक्ष प्रेमबहादुर गिरीले जानकारी दिए। मंसिर २३ र २४ गते झापाका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रमहरुमा सम्बोधन गर्न आउन लागेका ओलीलाई एमालेले जिल्लामा भव्य स्वागतको तयारी गरेको जनाएको छ। प्राप्त जानकारी अनुसार जिल्लामा तय भएको कार्यक्रम मध्य मुख्य कार्यक्रम दमक विजनेश टावरको उद्घाटन रहेको छ । जिल्लामा दमक विजनेश टावरको कार्यक्रमलाई भव्य र अन्य सबै कार्यक्रमहरुलाई सभ्य रुपमा सम्पन्न गर्न पार्टीको तर्फबाट…
प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर -५ स्थित माङ्हिम टोलमा ३ दिने धार्मिक मेला लाग्ने भएको छ। विगतका वर्षहरुझैँ यस वर्षपनि यहि मंसिर ३० गतेदेखि पुष २ गतेसम्म मेला सञ्चालन हुने समितिका अध्यक्ष महेन्द्र लावतीले बताए । उक्त धार्मिक सांस्कृतिक मेलामा मंसिर ३० गते पुर्णिामाका दिन पुजापाठ तथा विभित्र सांस्कृतिक नृत्य हुने र बाँकी २ दिन विभिन्न प्रकारका खेलकुद तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा सांगीतिक कार्यक्रम गरिने स्थानीय समाजसेवी दिलिपजंग सुब्बाले बताए । लिम्बूहरुको कुल देवताका रुपमा पुजा गरिँदै आएको युमा माङहिम मन्दिर परिसरमा मेला आयोजना हुने भएको हो । शनिबार पत्रकारहरुसँग कुरा गर्दै आयोजक समितिले मेलामा रचना रिमाल,…
मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाइरहेको छ । सोही क्रममा नगरपालिकाले अभियानको १२ औं दिन शुक्रबार लैंगिक हिंसा र कानुन सम्बन्धि नगरका सरोकारवाला निकायबिच अन्तरक्रिया सम्पन्न गरेको छ । मेचीनगर सभाहलममा उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षता आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नगर प्रमुख बुढाथोकीले लैंगिक हिंसा गर्ने कार्य समाजको कुरीति हो । यसलाई नियन्त्रण गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरू अगाडि सारिएको बताए । त्यस्तै उनले लैंगिक हिंसा गर्नेलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कार्वाही अगाडि बढाउनुपर्ने बताए । जुनसुकै बहाना र…
झापा । इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमणपछि बेपत्ता रहेका नेपाली युवा विपिन जोशी जिवित रहेको र छिट्टै उनी नेपाल फर्कने इजरायल दुतावासले जानकारी गराएको छ। अघिल्लो वर्ष इजरायलमा हमासको आक्रमणमा परि थुप्रैले ज्यान गुमाएका र कञ्चनपुरका विपिन जोशी भने बेपत्ता भएका थिए। नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए.वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन्। काठमाण्डौमा बिहिवार पत्रकारहरुसँग भएको भेटमा उनले विपिन छिट्टै नेपाल फर्किने विश्वास व्यक्त गर्दै विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताएका हुन्। हमासले विपिनसहित दुई सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगेको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा एक सय…
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आफ्ना नगर प्रहरीलाई सवारीसाधन प्रदान गरेको छ । नगर प्रहरीलाई विभित्र कामकाजमा सहजै सेवा प्रदान गर्नका निमित्त नगरले प्रहरी भ्यान उपलब्ध गराएको हो । आज बिहीबार विहान नगरपालिका प्राङ्गणमा एक कार्यक्रमका बिच नगर प्रमुख गोपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र प्रशासन प्रमुख अनन्त प्रकाश वस्तीले संयुक्तरुपमा नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक श्याम गिरीलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै नगर प्रमुख बुढाथोकीले नगर प्रहरी आम जनताको साथि जस्तै भएर हरेक ठाउँमा आवश्यकता अनुसार पुग्नुपर्ने बताए । साथै नगरभित्र हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र…
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज वर्ष २०२५ को अध्यक्ष पदमा नित्यानन्द चम्लगाईं सर्वसम्मत चयन भएका छन् । बुधबार जेसीज सचिवालय भवनमा भएको पूर्वअध्यक्षहरु सहितको आम भेलाले चम्लगाईँको नेतृत्वमा वर्ष २०२५ का लागि कार्यसमिति चयन गरेको हो । समिति कार्यकारिणी उपाध्यक्षमा रोशन गिरी र किरण गौतम चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा बिमल रणपहेली, रीना दर्जी, एलिस पौडेल तथा प्रविण चापागाईं चयन भए । त्यसैगरी महासचिवमा सुष्मा मिश्र, कानुनी सल्लाहकारमा अनिष काफ्ले एवम् कोषाध्यक्षमा डिल्लिराज भारती चयन भएको निर्वाचन समितिका संयोजक हेमन्त मोक्तानले बताए । देबु बानियाको अध्यक्षतामा भएको भेलामा पूर्वअध्यक्षहरु बद्री निरौला, दिपक बराल, पुष्कर ढकाल, जीवन मोतेलगायत उपस्थित थिए ।…
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनको कार्यक्रममा स्ववियुले अवरोध गरेको छ। विर्तामोड स्थित इन्द्र चन्द्र क्याम्पसमा स्ववियुले अवरोध गरेको भन्दै संगठनका झापा अध्यक्ष डिपी सी ले विज्ञप्ति जारी गर्दै चेतावनी दिएका छन्। विप्लव निकट विद्यार्थी संगठनले अहिले युद्ध ग्रस्त गाजाका बालबालिका तथा विद्यार्थीहरुका लागि देशभर सहयोग संकलन गर्दै आएको छ। इजराइल र हमास वीच गाजा क्षेत्रमा विगत एक वर्ष देखि निरन्तर लडाइँ भइरहेको छ। युद्धको कारण ४५ हजार भन्दा धेरै मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ। त्यसमा सबै भन्दा धेरै बालबालिका तथा विद्यार्थीहरु प्रभावित भएको छ। गाजा क्षेत्रका विद्यार्थी तथा बालबालिकाको अवस्था एकदमै पीडादायी रहेको…