Purbi Garjan

ताजा खबर

काँकडभिट्टा नाकाबाट १ अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

झापा, १६ भदौ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालू आर्थिक वर्ष २०८२–८३ को साउन महिनामा १ अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार रुपैयाँको, अलैँची ३२ करोड ४३ लाख २१ हजार रुपैयाँको, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख रुपैयाँको, अम्लिसो आठ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा छ…
Read More
राजवंशीले सुरु गरे कचनकवल–पाथिभरा एकल साइकलयात्रा

राजवंशीले सुरु गरे कचनकवल–पाथिभरा एकल साइकलयात्रा

झापा – मेचीनगरका मिलन राजवंशीले आजदेखि नेपालको सबैभन्दा होचो स्थान, कचनकवल स्तम्भबाट ताप्लेजुङको पाथिभरा पुग्ने एकल साइकलयात्रा सुरु गरेका छन्। आज बिहान साइकलयात्री राजवंशीलाई कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, कचनकवल–४ का वडा अध्यक्ष नुरजामा मिया, भद्रपुर साइकल क्लबका अध्यक्ष जीवनकुमार श्रेष्ठलगायतले विदाई गरेका थिए। कार्यक्रम संयोजक कर्णबहादुर राजवंशीका अनुसार, सो अवसरमा कचनकवलको पहिचान झल्कने सामग्री र टिसर्ट प्रदान गरी साइकलयात्रीलाई शुभकामना दिइएको थियो। १९ वर्षीय राजवंशीले “छोड लागुपदार्थ, जोड साहस, बढ अगाडि निरन्तर” भन्ने नारासहित नेपालको होचो भूभाग चिनाउने र युवालाई कुलतबाट बचाउने सन्देश दिने उद्देश्यले यो यात्रा सुरु गरेको बताए। राजवंशी झापामा हुने साइकल प्रतियोगिताका…
Read More
झापामा इभी भ्यान दुर्घटना, ९ जना घाइते

झापामा इभी भ्यान दुर्घटना, ९ जना घाइते

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ धर्मकाटा स्थित मेचीराजमार्गमा आज बिहान इभी भ्यान दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन् । आज भदौ ६ गते राति करिब १:२० बजेतिर ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ज ४०८८ नम्बरको इभी भ्यान आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल उद्दार गरी उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल पठाइएको छ । भ्यान भने घटनास्थलमै रहेको र सडक अबरुद्ध नभएको प्रहरीले जनाएको छ । घाइतेहरूको विवरण : १. चालक तथा भ्यान साहुजी — लाक्पा थेपेन शेर्पा, ३० वर्ष, फुङलिङ–२, ताप्लेजुङ (बाहिरी चोट नदेखिएको, सामान्य अवस्थामा, प्रहरी नियन्त्रणमा) २. सेसेहाङ सुवा, १२…
Read More
आइएमई लाइफ काकडभिट्टाले मानवसेवा आश्रममा मनायो ८औँ स्थापना दिवस

आइएमई लाइफ काकडभिट्टाले मानवसेवा आश्रममा मनायो ८औँ स्थापना दिवस

मेचीनगर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको काँकरभिट्टा शाखाले आफ्नो ८औँ स्थापना दिवस सामाजिक उत्तरदायित्व अन्तर्गत मनाएको छ। स्थापना दिवसको अवसरमा मेचीनगर–४ स्थित मानव सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गर्दै त्यहाँ आश्रित ६८ जनालाई चियापान गराइएको थियो। साथै संस्थाले आश्रमलाई आवश्यक खाद्यान्न दाल,चामल, तेल , चिउरा, चिनी, मटर , जिरा, मुरई लगायतका सामाग्री हस्तान्तरण गरेको थियोे । कार्यक्रममा मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, आइएमई लाइफ काँकरभिट्टा शाखा प्रमुख हरि मिश्र, एमडिआरटी नविन श्रेष्ठ, सञ्चारकर्मी शिशिर चम्लागाईलगायतको उपस्थिति रहेको थियो। सो अवसरमा शाखा प्रमुख मिश्रले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै वडाध्यक्ष कार्कीले…
Read More
जेसिजको समन्वयमा निःशुल्क कम्प्युटर शिक्षा सुरु, विद्यार्थीहरू नगदसहित सम्मान

जेसिजको समन्वयमा निःशुल्क कम्प्युटर शिक्षा सुरु, विद्यार्थीहरू नगदसहित सम्मान

बाहुण्डाँगी – बाहुण्डाँगी जेसीजको समन्वय र बिर्तामोड एजुकेशन फाउण्डेसनको प्राविधिक सहयोगमा २० जना विद्यार्थीलाई लक्षित गरी निःशुल्क कम्प्युटर शिक्षा कार्यक्रम सुरु गरिएको छ। बुधबार फाउण्डेसनको धुलाबारी शाखामा आयोजित विशेष समारोहबीच कार्यक्रमको उद्घाटन गरिएको हो। यस तालिममा सहभागी विद्यार्थीहरूले कम्प्युटर बेसिक, ग्राफिक्स डिजाइनिङ, फोटोसप, एकाउन्टिङ प्याकेज तथा कम्प्युटर अपरेटर कोर्ष अध्ययन गर्नेछन्। आयोजकका अनुसार, तालिमको उद्देश्य ग्रामीण युवालाई डिजिटल सीपमार्फत आत्मनिर्भर बनाउनु हो। कार्यक्रममा मेचीनगरका सामुदायिक र संस्थागत विद्यालयतर्फका उत्कृष्ट ‘प्लस टु’ विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो। सामुदायिकतर्फ धुलाबारी माविकी छात्रा सञ्जु नेपाल (GPA 3.88) र छात्र बिक्की थारु (GPA 3.86) सम्मानित भए। संस्थागततर्फ हिमालय इङ्लिस एकाडेमीकी छात्रा रिस्ता नेपाल (GPA…
Read More
इलाममा अविरल वर्षासँगै पहिरो, भित्री सडक अवरुद्ध — घर भत्किँदा दुई घाइते

इलाममा अविरल वर्षासँगै पहिरो, भित्री सडक अवरुद्ध — घर भत्किँदा दुई घाइते

इलाम, साउन २८ — अविरल वर्षाका कारण इलाम जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा भित्री सडकहरू अवरुद्ध भएका छन्। यस्तै, एक स्थानमा घर भत्किँदा दुई जना सामान्य घाइते भएका छन्। आज बिहान करिब ७:३० बजे फाकफोकथुम गाउँपालिका–१ पंचेवा स्थित आमचोक–घुरमिसे–पञ्चमी हुँदै राँके–इलाम जोड्ने भित्री कच्ची सडकमा लेदो सहितको पहिरो खस्दा यातायात पूर्ण रूपमा रोकिएको हो। घटनास्थलमा इलामको प्रजिअमचोकबाट प्रहरी टोली खटिई अवरोध हटाउने कार्यका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ। गत राति माई नगरपालिका–९ सोक्तिमस्थित इलाम–बिर्तामोड भित्री सडक खण्डमा रुखसहितको पहिरो खसेको छ। यस्तै, इलाम नगरपालिका–११ सोयाङको गोलाखर्क–बिर्तामोड जाने केचना–कंचनजङ्गा फास्ट ट्र्याक सडक खण्डमा पनि पहिरोका कारण आवागमन अवरुद्ध भएको छ।…
Read More
बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भ, १२ किमि दौडमा अर्जुन बस्नेत प्रथम

बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भ, १२ किमि दौडमा अर्जुन बस्नेत प्रथम

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह–२०२५ मंगलबारदेखि शुरु भएको छ। उद्घाटन कार्यक्रम अन्तर्गत आयोजित ‘रन बाहुण्डाँगी’ १२ किमि दौडमा अर्जुन बस्नेतले पहिलो स्थान हासिल गर्दै १५ हजार रुपैयाँ नगद पुरस्कार जितेका छन् । दोस्रो स्थानमा रिदन विश्वकर्मा (१० हजार) र तेस्रो स्थानमा विप्लव श्रेष्ठ (५ हजार) जित्न सफल भए । बस्नेतले ५१ मिनेटमा, विश्वकर्माले ५२ मिनेटमा र श्रेष्ठले ५३ मिनेटमा दौड पूरा गरेका थिए। ८५ जना सहभागी प्रतिस्पर्धामा उत्कृष्ट १० मा क्रमशः चौथो स्थानमा युवराज मगर रहेभने पाँचौ निश्चल कार्की, छैटौं रोशन लकान्द्री, सातौं निर्मल घिमिरे, आठौं उप्सन राई, नवौं अनुराज मगर र दसौं नम्बरमा अमन तामाङ परेका छन्। उनीहरुलाई प्रमाणपत्रसहित…
Read More

झापाको शिवसताक्षी नगरपालिकास्थित माई खोलाले बगाउँदा आज एक जना बेपत्ता

झापा, २३ साउन । झापाको शिवसताक्षी नगरपालिकास्थित माई खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् । शिवसताक्षी नगरपालिका–१० र ७ को सिमाना टेक्रा क्षेत्रमा रहेको माई खोलाबाट दाउरा निकाल्ने क्रममा कनकाई नगरपालिका–५ का ६० वर्षीय चन्द्रबहादुर बिक खोलाले बगाउँदा बेपत्ता भएका हुन् । नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा बेपत्ता बिकको खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Read More
यातायात कार्यालय झापामा सेवाग्राहीलाई सास्ती, स्वास्थ्य परिक्षणमा दोब्बर शुल्क

यातायात कार्यालय झापामा सेवाग्राहीलाई सास्ती, स्वास्थ्य परिक्षणमा दोब्बर शुल्क

झापा । झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा सेवा लिन आउने नागरिक सधैं सास्ती खेप्न बाध्य छन्। अव्यवस्थित लाइन, बिचौलियाको जालो, कर्मचारीको ढिलासुस्ती त सामान्यजस्तै भइसकेको यस कार्यालयमा अहिले स्वास्थ्य परीक्षणमा समेत दोब्बर शुल्क असुलिएको गुनासो तीव्र भएको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन आउने सेवाग्राही बिहान सबेरै लाइन लागे पनि कार्यालयमा समयमै काम हुँदैन, प्रक्रिया पनि छरितो छैन। अहिले त स्वास्थ्य परीक्षणका नाममा बढी शुल्क असुलिँदै सेवाग्राही आक्रोशित छन्। यसअघि निजी क्षेत्रमार्फत स्वास्थ्य परीक्षण गर्दा १५० रुपैयाँ मात्र तिर्नु पर्नेमा कोशी प्रदेश सरकारले सरकारी कार्यालयमार्फत परीक्षण सुरु गरेपछि शुल्क ठीक दोब्बर बढाएर ३०० रुपैयाँ लिएको छ। सेवाग्राही क्रिफान नेम्बाङ्ग भन्छन्,…
Read More

अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय अधिकारीमार्फत्

झापा, २१ साउन । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो । सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था रहेको विभागले जनाएको छ । विभागले यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य नयाँ कानुनी व्यवस्थासँग मिलाउन आवश्यक भएको भन्दै अहिलेलाई स्थगित गरिएको जनाएको हो । सूचनामा भनिएको छ, “उपर्युक्त सन्दर्भमा राजपत्रमा प्रकाशित सूचनाका आधारमा यस विभागबाट…
Read More
ne_NPNepali