काठमाडौं, साउन १९ – उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित चार जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको संयुक्त इजलासले सोमबार उक्त आदेश दिएको हो। प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अभियोगमा ३ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको हो। तीनकुने घटनासम्बन्धी मुद्दामा उनीमाथि ३ लाख ५० हजार धरौटी तोकिएको छ। सोही घटनामा संलग्न भन्दै पक्राउ परेका अन्य तीन जनालाई पनि धरौटीमा रिहा गर्न आदेश दिइएको छ। तीनकुने प्रकरणमा पक्राउ परेका सात जना मध्ये प्रसाईंसहित चार जनाले उच्च अदालतमा पुनरावेदन गरेका थिए। बाँकी तीन जनाले पुनरावेदन नगरेका कारण…
झापा – झापा जिल्ला प्रहरी कार्यालयको टोलीले लागुऔषध कारोवारमा संलग्न भएको सूचनाका आधारमा भद्रपुर नगरपालिका–५ भित्रि सडकखण्डमा गोली प्रहार गरी एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, मिति २०८२ साउन १० गते दिउँसो करिब ३:५० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उक्त व्यक्ति पक्राउ गरेको हो। भारतको किसनगंज जिल्ला कोल्लिकोट थाना बस्ने ३६ वर्षीय मोहमद इस्लाम प्रहरीलाई देख्नेबित्तिकै आक्रमण गर्दै भाग्ने क्रममा प्रहरीले आत्मरक्षार्थ दुई राउण्ड गोली प्रहार गरेको जनाएको छ। तीमध्ये एक गोली उनको बायाँ खुट्टाको घुँडामुनि लागेको र घाइतेलाई प्रहरी निगरानीमा प्रादेशिक अस्पताल…
फिदिम । लगातार वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा बनेको डाइभर्सन बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले अस्थायी बेलिब्रिज बगाउनुका साथै निर्माणाधीन मोडुलब्रिज समेत क्षतिग्रस्त पारेपछि यातायात ठप्प भएको हो। राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीनवटा स्थानीय तहसँगै आसपासका क्षेत्रमा यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए। बाढीका कारण मेची राजमार्गसँगै तमोर करिडोर, मध्यपहाडी लोकमार्ग, फिदिम–फालोट सडक खण्ड र रवि–दमक सडक खण्ड पनि अवरुद्ध भएका छन्। जिल्लाका अन्य क्षेत्रमा समेत सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ।
झापा । प्रहरीले झापाको बिर्तामोडबाट बिहिबार ठूलो मात्रामा लागु औषधजन्य प्रतिबन्धित औषधि बरामद गरेको छ । स्थानीयको विषेश सूचनाका आधारमा नेकपा एमालेका सक्रिय कार्यकर्ता तथा पार्टीनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ झापाका पदाधिकारी भानुभक्त खरेलले संचालन गर्दै आएको औषधीको गोदाममा छापा मार्दा ठूलो मात्रामा लागुऔषधजन्य प्रतिबन्धित औषधी फेला परेको हो । पछिल्लो समय झापाको बिर्तामोड लागुऔषध प्रयोग कर्ताको हवको रुपमा विकास हुँदै आएको थियो । बिर्तामोड–५ का खरेलले धर्मकाँटा रोडका मनकुमार संग्रौलाको घरमा संचालन गर्दै आएको गोदाममा छापा मार्दा हजारौ पत्ता ट्रामाडोल, त्यसको एम्पुल र अन्य लागुऔषधजन्य औषधि बरामद गरिएको हो । गोदाममा नाईट्रोजन ट्याबलेट,पुरुषहरुको यौन क्षमता बढाउने प्रतिबन्धित भियग्रा, तौल बढाउने…
झापा । झापाको बिर्तामोडबाट हालसम्मकै ठूलो परिमाणमा लागू औषध बरामद भएको छ। बरामद लागू औषध औषधि व्यवसायी भानुभक्त खरेलको भएको बताइएको छ। खरेल भने फरार छन्, तर गोदाममा कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड–५, मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको दुईतले घरको भुइँतलामा भण्डारण गरेर राखिएको प्रतिबन्धित लागू औषध बरामद गरेको हो। बरामद गरिएको औषधिजन्य लागू औषध आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूका अनुसार बरामद गरिएको लागू औषधसँगै कारोबारमा संलग्न कर्मचारीलाई पनि पक्राउ गरिएको छ। बरामद गरिएको औषधिमा समावेश छन्: ट्रामाडोल हाइड्रोक्लोराइड:…
फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ मा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा निसासिँदा एक श्रमिकको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर बनेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बुधबार साँझ करिब ५:३० बजे घुर्विसे पञ्चमी सहकारी संस्थाको भवनमा निर्माण भइरहेको करिब १२ मिटर गहिरो सेप्टिक ट्याङ्कीमा चार जना फसेका थिए। अक्सिजनको कमीका कारण बेहोस भएका मजदुरमध्ये ३८ वर्षीय रत्न चेम्जोङलाई उपचारका लागि इलाम अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। अन्य तीनमध्ये २४ वर्षीय भिष्म चेम्जोङको अवस्था गम्भीर रहेको र उनलाई झापाको बिर्तासिटी अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी ४० वर्षीय बिरु चेम्जोङ र ३० वर्षीय संगीत चेम्जोङको होस खुलेको छ।…
मेचीनगर । नेपाल–भारत सीमा क्षेत्रको काँकरभिट्टा, भद्रपुरदेखि बिर्तामोडसम्म भारतिय नम्बरप्लेट भएका सवारी साधनहरूले नेपालमा खुलेआम व्यवसायिक सेवा दिँदै आएका छन्। होटल मेचीक्राउन, क्यासिनो भेगस देखि बिर्तामोडको होटल किंग्सबरी र सेभेन हर्स क्यासिनो समेत यस्ता गतिविधिको केन्द्र बन्दै गएका छन्। तर, स्थानीय प्रशासन, सुरक्षा निकाय र भन्सार कार्यालय तीन वर्षदेखि मौन रहँदै आएको देखिन्छ। नेपालको “सवारी तथा यातायात व्यवस्था ऐन, २०४९” अनुसार विदेशी नम्बर प्लेट भएका गाडीले केवल अस्थायी भन्सार प्रज्ञापनसहित व्यक्तिगत प्रयोजनका लागि वर्षमा २८ दिन (एकपटकमा ७ दिनको) सम्ममात्र नेपालमा सञ्चालन गर्न पाउँछन्। व्यवसायिक प्रयोजनमा प्रयोग गर्न भने स्पष्ट रूपमा निषेध गरिएको छ। तर, भारतिय सवारी साधनहरू यहाँ खुलेआम…
झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर -४ बाहुण्डाँगीमा हात्तीमैत्री पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी सृजना गर्ने उद्देश्यसहित बाँस तथा काठजन्य हस्तकला सामग्री निर्माण तालिम सम्पन्न भएको छ। कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय, मेचीनगर नगरपालिका वडा नं. ४ र उज्यालो नेपाल बर्दियाको संयुक्त आयोजनामा भएको एक महिनाको तालिम सोमबार सम्पन्न भएको हो। तालिममा स्थानीय बासिन्दालाई स्वरोजगार बनाउने लक्ष्य राखिएको थियो। भद्रपुरस्थित शाक्य हस्तकला केन्द्रका सञ्चालक निर्मल शाक्य र भारतीय प्रशिक्षक गोपाल रोय सिंहले सहभागीहरूलाई बाँस र काठबाट विभिन्न सजावटी तथा घरेलु सामग्री बनाउन सिकाएका थिए। तालिम अवधिमा सहभागीहरूले आकर्षक सामग्रीहरू निर्माण गरेका छन्, जसको बजारमा माग बढेको वडा…
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.का कर्मचारीमाथि दुव्र्यवहार गर्ने दुई महिलाविरुद्ध जाहेरी दिइएको छ। जाहेरी अनुसार मोरङको मिक्लाजुङ–२ रचनाटार बस्ने नैन प्रसाद लिम्बुकी छोरी दुर्गामाया लिम्बु र चन्द्रलाल मगरकी पत्नी माया मगरले सहारा नेपालका कर्मचारीलाई अपमानजनक व्यवहार गरेका हुन्। सहारा नेपाल मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने (बी.के) ऋण असुलीका लागि आइतबार गाउँ पुगेका थिए। त्यही क्रममा दुर्गामाया र मायाले अपशब्द प्रयोग गर्दै गालीगलौज मात्र होइन, हातपात गर्दै जुत्ताको माला लगाई दुव्र्यवहार गरेको जाहेरीमा उल्लेख छ। पीडित कर्मचारीका अनुसार योजनाबद्ध रूपमा भएको सो घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा समेत सार्वजनिक गरिएको…
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा एक १८ वर्षीया युवतीको गोली प्रहार गरी हत्या गरिएको छ। शनिबार राति १ बजेतिर स्थानीय अर्सी खातुनको टाउकोमा गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। प्रहरीका अनुसार अर्सीलाई उनका भिनाजु आजात मिया जटले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। आजात मिया भारतीय नागरिक भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार, “भिनाजुले गोली हानेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। टाउकोमा गोली प्रहार गरेर उनी भारततर्फ भागेका छन्।” घटनास्थल भारतसँगको सीमा क्षेत्र नजिकै रहेको र शंकास्पद व्यक्ति सीमापारि भागेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। घटनापछि प्रहरीको टोली…