Purbi Garjan

फलफूल राेप्न मधेस झरे विप्लव

फलफूल राेप्न मधेस झरे विप्लव

फलफूल राेप्न मधेस झरे विप्लव

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी मद्येश झरेका छन् । विहिबार मद्येश प्रदेश कमिटीको उत्पादन उद्घाटनका लागि विप्लव वर्दीवास पुगेका छन् । बर्दिवास नगरपालिका ८, कृष्णपुरमा रहेको मधेस उत्पादन केन्द्रमा शुक्रबार विप्लव सीले आँप, लिच्ची, कागती लगायत फल–फूलहरू रोख्ने कार्यको शुभारम्भ गर्ने बताइएको छ । शुक्रबार मधेसको उत्पादन कार्यको नेतृत्व गरेपश्चात विश्ववले मधेसका अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्नेछन् । मधेसको २ दिने बसाईमा बिप्लवले मधेसका सहिद परिवार र बुद्धिजीवि हरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मधेस प्रदेश कार्यालय सचिवसमेत रहेका पार्टी केन्द्रीय सदस्य पवन सीले बताएका छन् ।
Read More
विर्तामोडबाट फेरि प्रतिबन्धित लागू औषध ट्रामाडोलसहित एक व्यक्ति पक्राउ

विर्तामोडबाट फेरि प्रतिबन्धित लागू औषध ट्रामाडोलसहित एक व्यक्ति पक्राउ

विर्तामोड – झापाको बिर्तामोड नगरपालिका–५ स्थित कंचन टोलमा प्रतिबन्धित लागू औषध ट्रामाडोल (Tramadol Hydrochloride Capsules I.P. - Tramol-50) को ठूलो मात्रामा भण्डारण गरिएको विशेष सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आज बिहान १०:२० बजे लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले राजेन्द्र पंथाकको घरमा छापा मारेको हो। छानबिनका क्रममा घरको भुइँतलाबाट माथिल्लो तलामा जाने सिँढीमुनी कागजका कार्टुनले ढाकी लुकाइएको अवस्थामा २०,००० (बीस हजार) थान ट्रामाडोल क्याप्सुल फेला पारिएको प्रहरीले जनाएको छ। ४६ वर्षीय पंथाकलाई नियन्त्रणमा लिएर अनारमनीस्थित प्रहरी कार्यालयमा राखिएको छ भने घटनासम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।…
Read More

झापामा मादक पदार्थ सेवन गरेका व्यक्तिलाई रुखमा बाँधेर रातभरि राखेपछि मृत्यु

झापा, २१ साउन । झापाको झापा गाउँपालिकामा मादक पदार्थ सेवन गरेका व्यक्तिलाई रुखमा बाँधेर रातभरि राखेपछि मृत्यु भएको छ । गएराति १०ः३० बजे झापा गाउँपालिका वडा न–१ लसुना बस्ने ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडूको घरमा आएका थिए । घरको गल्लीमा आई काम्न थालेपछि महादेव टुडूलगायत स्थानीय व्यक्तिहरुले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर राखेका थिए । आज बिहान ४ बजे हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।   घटनाबारे इलाका प्रहरी कार्यालय कुमरखोदमा जानकारी प्राप्त हुनासाथ टोली खटिएर घटनामा संलग्न झापा गाउँपालिका वडा न–१ लसुना बस्ने मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन,…
Read More
नेकपाद्वारा साउन ३० गते एमसीसी विरुद्ध देशभर जनप्रदर्शनको घोषणा

नेकपाद्वारा साउन ३० गते एमसीसी विरुद्ध देशभर जनप्रदर्शनको घोषणा

२० साउन, काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसी परियोजना घातक भएको भन्दै साउन ३० गते देशका मुख्य सहरहरूमा व्यापक जनप्रदर्शनको आह्वान गरेको छ। पार्टीका एमसीसी सरोकार समिति संयोजक भरत सीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै "घातक एमसीसी" विरुद्धको जनप्रदर्शन सफल पार्न सबै देशभक्त नागरिकलाई सहभागी हुन आग्रह गरेका छन्। नेकपाले अमेरिकाले केही समयअघि स्थगनमा राखेको एमसीसी परियोजना नेपालमा पुनः लागू गर्ने निर्णयले गम्भीर अवस्था सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “एमसीसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन्। परिमार्जन विना जबरजस्ती एमसीसी लाद्नु अत्यन्त घातक छ।” पार्टीले देशभक्त, वामपन्थी–कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिहरूलाई उक्त आन्दोलनमा…
Read More
तीनकुने घटना : दुर्गा प्रसाईंसहित चार जनालाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

तीनकुने घटना : दुर्गा प्रसाईंसहित चार जनालाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं, साउन १९ – उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित चार जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको संयुक्त इजलासले सोमबार उक्त आदेश दिएको हो। प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अभियोगमा ३ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको हो। तीनकुने घटनासम्बन्धी मुद्दामा उनीमाथि ३ लाख ५० हजार धरौटी तोकिएको छ। सोही घटनामा संलग्न भन्दै पक्राउ परेका अन्य तीन जनालाई पनि धरौटीमा रिहा गर्न आदेश दिइएको छ। तीनकुने प्रकरणमा पक्राउ परेका सात जना मध्ये प्रसाईंसहित चार जनाले उच्च अदालतमा पुनरावेदन गरेका थिए। बाँकी तीन जनाले पुनरावेदन नगरेका कारण…
Read More
नयाँ रिसर्च विना समाजवादी क्रान्ति असंभव: विप्लव

नयाँ रिसर्च विना समाजवादी क्रान्ति असंभव: विप्लव

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले समाजवादी क्रान्तिका लागि नयाँ कार्यदिशा र कार्यक्रमको रिसर्च अनिवार्य भएको बताएका छन् । लेखक एवम् प्रगतिवादी श्रष्टा खेम थपलियाकृत `कम्युनिस्ट समाजवाद´र बामपंथी नेता कृष्णहरी भट्टको `कम्युनिस्ट जनवाद´ शीर्षकका दुई पुस्तकको सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा विप्लवले अब समाजवादको पुरानो परिभाषाले क्रान्ति संभव नहुने बताए । आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले बिश्वमा समाजवादी क्रान्ति र कम्युनिस्ट आन्दोलन सफल हुन नसक्नुको प्रमुख कारण साम्राज्यवाद मात्रै नभइ कम्युनिस्टहरुले फेरिएको बस्तुगत परिस्थिति अनुसार बिचार र राजनीतिक कार्यक्रम बिकास गर्न नसक्नु प्रमुख समस्या भएको बताए । "अहिले देश दिशाहिन छ भनेर भनिदैछ, यो सत्य होइन",-…
Read More
कम्युनिस्ट कार्यदिशाको विमर्शमा आधारित दुई पुस्तक सार्वजनिक

कम्युनिस्ट कार्यदिशाको विमर्शमा आधारित दुई पुस्तक सार्वजनिक

शेरबहादुर विश्वकर्मा काठमाडौ। नेपालको कम्युनिस्ट आन्दोलन ,समाजवादी क्रान्तिको कार्यदिशा र राजनीतिक कार्यक्रमको बिमर्शमा आधारित दुई पुस्तक सार्वजनिक गरिएको छ।लेखक एवम् मार्क्सवादी श्रष्टा खेम थपलियाकृत `कम्युनिस्ट समाजवाद´ र बामपंथी युवा नेता एवम् लेखक कृष्णहरी भट्टको `कम्युनिस्ट जनवाद´शीर्षकका दुई कृति आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो। बिद्यमान दलाल पुँजीवादी राज्यसत्तालाई बलपूर्वक अन्त्य गरी जनताको राज्यसत्ता स्थापना गर्नुपर्छ भन्ने मान्यतामा समान धारणा राख्ने कम्युनिस्ट पार्टीहरुकै बिचमा समेत नेपाली क्रान्तिको कार्यदिशा/ कार्यक्रम के हुनुपर्छ: नौलो जनवाद वा समाजवाद ? भनी टुटफुट र बिभाजनको अवस्था रहेको बेला लेखकद्वोय थपलिया र भट्टको पुस्तकले आन्दोलनको महत्त्वपूर्ण सवालमा बिमर्श गर्न र नयाँ निष्कर्षमा पुग्नका लागि युवा…
Read More

सुरु भयो राखीको चहलपहल

महोत्तरी, १८ साउन । मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग प्रचलनमा छन् । दुवै पञ्चाङ्गको वर्ष साउनदेखि सुरु हुन्छ । त्यो पनि चन्द्रमास तालिकामा । वर्ष प्रारम्भको यो महिना चाडवाड सुरु हुने सूचनाका रूपमा मानिन्छ । साउन कृष्णपक्षको पञ्चमीबाटै मिथिलामा पर्व प्रारम्भ हुन्छ । वर्षको पहिलो पर्व मौन साधनाका लागि प्रसिद्ध छ । बर्तालुले दिनभरि उपवाससँगै मौन व्रत गरेर आत्मसंयम र आत्मनिरीक्षण गर्छन् । यो पर्वसँगै नवविवाहिता मिथिलानीको मधुश्रावणी पर्व सुरु हुन्छ । यसैगरी लगपाँच (नागपञ्चमी) यसै महिनामा साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । मिथिलाको प्रसिद्ध झुलनोत्सव साउन शुक्ल त्रितीयासँगै सुरु हुन्छ । यी सबै पर्वमध्ये साउन पूर्णिका…
Read More

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

झापा, १७ साउन ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।   आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी,…
Read More

झापाको चर्चित र्याप ग्रुप Sloke Vibe को धमाकेदार कमब्याक, नयाँ म्युजिक भिडियो चाँडै सार्वजनिक हुने

Sloke Vibe को धमाकेदार कमब्याक: बिर्तामोडबाट र्याप इन्डस्ट्री हल्लाउन तयार! बिर्तामोड, झापा — केही समयको विश्रामपछि झापाको चर्चित र्याप ग्रुप Sloke Vibe फेरि धमाकेदार कमब्याकको तयारीमा जुटेका छन्। दर्शक तथा श्रोतालाई उत्साहित बनाउने गरी उनीहरूले नयाँ म्युजिक भिडियोसहित पुनः र्याप इन्डस्ट्रीमा प्रवेश गर्न लागेका हुन्। स्थानीय युवामाझ निकै लोकप्रिय रहेको Sloke Vibe ले यसपटकको कमब्याकलाई "सबैभन्दा ठुलो" भन्दै प्रमोट गरेका छन्। उनका अनुसार यसपटकको प्रस्तुतीमा संगीत, शब्द र भिडियो निर्माणमा नयाँपन देखिनेछ। Sloke Vibe का सदस्यहरूले सामाजिक सञ्जालमार्फत फ्यानलाई यसपटकको म्युजिक भिडियो "सिर्जनात्मक, दमदार र फरक स्वादको" हुने दाबी गरेका छन्। बिर्तामोडको सडकदेखि स्टुडियोसम्मको संघर्ष बोकेको समूहले योपटकको सिर्जनालाई आफ्नो…
Read More
ne_NPNepali