गजलकार धितालको म्युजिक भिडियो ‘तिम्रा केशराशि’ आउँदै

Byadmin

१ कार्तिक २०८०, बुधबार ०८:३९ १ कार्तिक २०८०, बुधबार ०८:३९ १ कार्तिक २०८०, बुधबार ०८:३९

झापा । शिक्षक एवम् गजलकार जीवन धितालको म्यूजिक भिडियो ‘तिम्रा केशराशि’ सार्वजनिक हुने भएको छ ।
दशैंको फूलपातीको अवसर पारेर उनको आफ्नै स्वरमा रहेको सांगितिक गजल विमोचन हुने बताइएको छ ।


गजलमा शब्द उनी आफैको रहेको छ भने संगित जीवन अधिकारीले भरेका हुन् । म्यूजिक भिडियोमा मोडल उर्मिला योञ्जनले अभिनय गरेकी छिन् । भिडियोको छायांकन मेचीनगरका पर्यटकीय क्षेत्रमा गरिएको धितालले बताए ।
शनिश्चरे मावि अर्जुनधारा झापामा मावि विज्ञान शिक्षकको रुपमा कार्यरत रहेका धिताल संगित र साहित्यमा रुचि राख्छन् । उनका साहित्यिक कृतिसमेत प्रकाशोन्मुख रहेको उनले जानकारी दिए ।
भौतिक शास्त्रमा स्नातकोत्तर गरेका धिताल डेढ दशकबढी समयदेखि शिक्षण पेशमा छन् । उनकै स्वर, शब्द तथा अभिनय रहेको गजल रिलिज भएसँगै उनको परिचय अब गायकको रुपमा थपिने छ ।
उनका थुप्र्र्रै गजल तथा कविता पत्रपत्रिका तथा सञ्चारमाध्यममा प्रकाशित र प्रासारित भइसकेका छन् । उनी साहित्य चौतारी झापाका सदस्यसमेत हुन् ।
म्यूजिक भिडियो कात्तिक ४ गते शनिबार दिउँसो २ बजे मेचीनगर ८, इटाभट्टास्थित आदर्श माविको स्रोत केन्द्र भवनमा रिलिज गरिने भएको छ ।


संगितमा रुचि राख्ने आँफू जस्ता नवप्रवेशी गायक तथा संगिततर्फ आकर्षित हुन खोज्ने सबैलाई साथ सहयोग गरेर हौसला बढाइदिन उनले सबैमा अनुरोध गरेका छन्।
म्यूजिक भिडियोलाई उनको आफ्नै यूट्युव च्यानल https://www.youtube.com/@jeewandhital9554 बाट सार्वजनिक गरिने उनले बताए ।
लाईक, शेयर र च्यानल सब्सक्राइब गरी गजल हेरेर र सुनेर प्रतिक्रिया दिन उनले सबैमा आग्रह गरेका छन् ।
गजल ऐडी म्यूजिक स्टुडियो काँकरभिट्टा तथा प्रज्ञा स्टुडियो काठमाण्डौंमा संयुक्तरुपमा रेकर्ड गरिएको छ ।
ध्रुव शर्माले एरेञ्ज गरेको गजलका मिक्स मास्टर शम्भू तन्डुकार रहेका छन् । भिडियो छायांकन तथा सम्पादन तिलक रिजालले गरेका हुन् ।

बाट सार्वजनिक गरिने उनले बताए ।
लाईक, शेयर र च्यानल सब्सक्राइब गरी गजल हेरेर र सुनेर प्रतिक्रिया दिन उनले सबैमा आग्रह गरेका छन् ।
गजल ऐडी म्यूजिक स्टुडियो काँकरभिट्टा तथा प्रज्ञा स्टुडियो काठमाण्डौंमा संयुक्तरुपमा रेकर्ड गरिएको छ ।
ध्रुव शर्माले एरेञ्ज गरेको गजलका मिक्स मास्टर शम्भू तन्डुकार रहेका छन् । भिडियो छायांकन तथा सम्पादन तिलक रिजालले गरेका हुन् ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *