बाहुनडाँगीमा ऐतिहासिक तरुल महोत्सव भोलिबाट शुरु हुँदै

Byadmin

२८ पुष २०८०, शनिबार ०३:२२ २८ पुष २०८०, शनिबार ०३:२२ २८ पुष २०८०, शनिबार ०३:२२

मेचीनगर । झापाको मेचीनगर -४ स्थित बाहुनडाँगीमा भोलि पुस २९ गतेदेखि भब्य रुपमा तरुल महोत्सव हुनेभएको छ। विगतको वर्ष झैँ यसवर्ष पनि तरुल महोत्सवको आयोजना गरिएको र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको वडानम्बर ४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीले जानकारी दिए ।

मेचीनगरका अन्य वडा भन्दा फरक पहिचान स्थापित गर्दै आएको वडा नम्बर – ४ मा अघिल्लो वर्षदेखि तरुल महोत्सव आयोजना हुँदै आएको छ । दुई दिने कार्यक्रमको उद्घाटन् पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेतीले गर्ने भएका छन् भने समापन कार्यक्रममा संघीय सांसद विश्वप्रकाश शर्मा सहभागि हुने भएका छन् ।

मेचीनगर नगरपालिकाको आयोजना र वडा नं. ४ को व्यवस्थापनमा हुन लागेको तरुल महोत्सवको सह- आयोजकका रुपमा पर्यटन कार्यालय काकडभिट्टा , बाहुनडाँगी जेसिज, सहारा नेपाल र RRT मेचिनगर रहेका छन्,। महोत्सवमा सहभागि भई तरुल किन्न र यसको अवलोकन गर्न मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले सबैलाई अपिल गरेका छन् ।

स्वास्थ्यका लागि अत्यन्तै पौष्टिक मानिएको तरुल खेतिलाई प्रोत्साहन गर्न र ग्रामिण जनजिवनलाई हौसला प्रदान गर्न तरुल महोत्सवको आयोजना गरिएको वडा अध्यक्ष कार्कीले बताए ।

गत बर्ष माघ १ गतेका दिन एक दिवशीय आयोजना गरिएको तरुल महोत्सव यो बर्ष दुई दिनसम्म आयोजना गर्न लागिएको छ । कोशी प्रदेशमै बाहुनडाँगीमा मात्रै आयोजना हुने तरुल महोत्सवले कृषि उत्पादनको बजारीकरणमा सहयोग पुग्ने मेचीनगर नगरपालिकाले अपेक्षा गरेको छ ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *