Purbi Garjan

पूर्वी गर्जन

पूर्वी गर्जन

806 Posts
रोङमा पहिरोमा परी एक वृद्धको मृत्यु

रोङमा पहिरोमा परी एक वृद्धको मृत्यु

इलाम, साउन २८ — इलामको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो लेदो सहितको पहिरोमा परि एक पुरुषको ज्यान गएको छ। मृत्यु हुनेमा सोही स्थानका करिब ६० वर्षीय बिर बहादुर राई रहेका छन्। स्थानीयका अनुसार कान कम सुन्ने र अविवाहित रहेका राई आज दिउँसो करिब १२ बजे आफ्नो घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला नजिकैको खोल्सामा आएको लेदो सहितको पहिरोमा पुरिएका हुन्। घटनाबारे जानकारी पाएपछि करिब १२:३० बजे प्रहरी चौकी किटेनीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक छे फिन्जो भोटेको कमाण्डमा अतिरिक्त प्रहरी टोली पठाइएको इलाम…
Read More
इलाममा अविरल वर्षासँगै पहिरो, भित्री सडक अवरुद्ध — घर भत्किँदा दुई घाइते

इलाममा अविरल वर्षासँगै पहिरो, भित्री सडक अवरुद्ध — घर भत्किँदा दुई घाइते

इलाम, साउन २८ — अविरल वर्षाका कारण इलाम जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा भित्री सडकहरू अवरुद्ध भएका छन्। यस्तै, एक स्थानमा घर भत्किँदा दुई जना सामान्य घाइते भएका छन्। आज बिहान करिब ७:३० बजे फाकफोकथुम गाउँपालिका–१ पंचेवा स्थित आमचोक–घुरमिसे–पञ्चमी हुँदै राँके–इलाम जोड्ने भित्री कच्ची सडकमा लेदो सहितको पहिरो खस्दा यातायात पूर्ण रूपमा रोकिएको हो। घटनास्थलमा इलामको प्रजिअमचोकबाट प्रहरी टोली खटिई अवरोध हटाउने कार्यका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ। गत राति माई नगरपालिका–९ सोक्तिमस्थित इलाम–बिर्तामोड भित्री सडक खण्डमा रुखसहितको पहिरो खसेको छ। यस्तै, इलाम नगरपालिका–११ सोयाङको गोलाखर्क–बिर्तामोड जाने केचना–कंचनजङ्गा फास्ट ट्र्याक सडक खण्डमा पनि पहिरोका कारण आवागमन अवरुद्ध भएको छ।…
Read More

झापाबाट लागू औषध ब्राउन सुगरसहित ६ जना पक्राउ

झापा, २७ साउन। झापाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २५ गते झापाको झापा गाउँपालिका–४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका–९ का ३१ बर्षीय अनिल राईलाई ब्राउन सुगर २ ग्राम ७०० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड नगरपालिका– ८ का २४ बर्षीय पकंज मैनाली, ३३ बर्षीय सरोज पौडेल, भद्रपुर नगरपालिका–१० का ४० बर्षीय शंकर चिमरिया, हल्दिवारी गाउँपालिका–४ का ३४ बर्षीय प्रदिप राई र हुम्ला नाम्खाका ३५ बर्षीय राजु लामालाई ४ सय मिलिग्राम ब्राउन सुगर र नगद १ लाख २२ हजार ९०…
Read More

झापाको मेचीनगरमा मोबाइलको पार्टपुर्जासहित गाडी नियन्त्रणमा

झापा, २७ साउन । भारतबाट भन्सार छल्दै ल्याइएको मोबाइलको विभिन्न पार्टपुर्जासहित एक गाडी र चालकलाई झापाको मेचीनगरमा प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित भन्सार गेट अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी २६केओ७४६ नम्बरको सवारी साधनलाई जाँच गर्दा गाडीको पछाडिको डिक्कीमा लुकाइ ल्याइएको मोबाइलको पार्टपुर्जा फेला पारेको हो। गाडी चालक पश्चिम बंगाल सिलिगुडीस्थित शिवनगर कोलोनी प्रधाननगर निवासी २८ वर्षीय राज ठाकुर रहेको प्रहरीले जनाएको छ । गाडीसहित सामानको मूल्यांकन १४ लाख ३० हजार गरिएको छ भने गाडी, चालक र सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…
Read More
बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भ, १२ किमि दौडमा अर्जुन बस्नेत प्रथम

बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भ, १२ किमि दौडमा अर्जुन बस्नेत प्रथम

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह–२०२५ मंगलबारदेखि शुरु भएको छ। उद्घाटन कार्यक्रम अन्तर्गत आयोजित ‘रन बाहुण्डाँगी’ १२ किमि दौडमा अर्जुन बस्नेतले पहिलो स्थान हासिल गर्दै १५ हजार रुपैयाँ नगद पुरस्कार जितेका छन् । दोस्रो स्थानमा रिदन विश्वकर्मा (१० हजार) र तेस्रो स्थानमा विप्लव श्रेष्ठ (५ हजार) जित्न सफल भए । बस्नेतले ५१ मिनेटमा, विश्वकर्माले ५२ मिनेटमा र श्रेष्ठले ५३ मिनेटमा दौड पूरा गरेका थिए। ८५ जना सहभागी प्रतिस्पर्धामा उत्कृष्ट १० मा क्रमशः चौथो स्थानमा युवराज मगर रहेभने पाँचौ निश्चल कार्की, छैटौं रोशन लकान्द्री, सातौं निर्मल घिमिरे, आठौं उप्सन राई, नवौं अनुराज मगर र दसौं नम्बरमा अमन तामाङ परेका छन्। उनीहरुलाई प्रमाणपत्रसहित…
Read More

स्कुटर र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

धरान, २५ साउन । सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापाको बिर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए । घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो । बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा…
Read More

आज रक्षाबन्धन–जनै पूर्णिमा

झापा, २४ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका…
Read More

आज कोशी र बागमती प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

झापा, २४ साउन । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू–भागका थोरै…
Read More

झापाको दमकमा लागुऔषधसहित चार जना पक्राउ

झापा, २३ साउन । झापा जिल्लाको दमक नगरपालिका–४ स्थित चियाडोकानमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । त्यहाँ खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक–४ चियाडोकानकी २६ वर्षीया ज्योती राई तामाङ उर्फ सितल, कमल गाउँपालिका–५ पाथीभरा टोलका २७ वर्षीय सञ्जिव लिम्बू, दमकमा बस्दै आएका बसन्त राई र दमक–४ मा बस्दै आएका सन्दिप धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले पासाङ तामाङको घरमा तलासी गर्दा प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लास्टिकसहित ११.३९ ग्राम र प्लास्टिकबाहेक ३.३२ ग्राम फेला पारेको…
Read More

दूरसञ्चारका संस्थागत ग्राहकको साइबर सुरक्षाका लागि पहल

काठमाडौँ, २३ साउन । दूरसञ्चार सेवा प्रदायक एनसेलले इन्टरप्राइज ग्राहकको सुरक्षालाई थप सुदृढ बनाउन साइबर सुरक्षासँग सम्बन्धित युरोपेली कम्पनी विथसेक्योरसँग साझेदारी गरेको छ । उक्त साझेदारीमार्फत एनसेल बिजनेसले नेपाली व्यवसायलाई साइबर जोखिमको खतराबाट जोगाउन भूमिका खेल्नेछ । एनसेलका अनुसार विथसेक्योरले इन्डप्वाइन्ट डिभाइस सुरक्षा, डिटेक्सन र रेस्पोन्स ९इडिआररएक्सडिआर०, क्लाउड सुरक्षा, असुरक्षित व्यवस्थापन, इमेल सुरक्षा र चुनौतीलगायतका समस्या समाधानमा सेवा प्रवाह गर्नेछ । यसले पछिल्लो समय बढ्दो डिजिटल सेवालाई थप सुरक्षित बनाउन सहयोग गर्नेछ । आज यहाँ आयोजित साइबर भिजन, २०२५ कार्यक्रममा एनसेलका प्रमुख इन्टरप्राइज बिजनेस अधिकृत डिओन एसेन्सियोले विथसेक्योरसँगको सहकार्यले व्यवसायलाई सुरक्षित बनाउन थप सहयोग पुगेको बताउनुभयो । “एनसेल बिजनेसले आफ्ना इन्टरप्राइज…
Read More
ne_NPNepali