झापा, २२ साउन । झापाका चिया श्रमिकहरूले जिल्लाका चारवटा चिया बगान बन्द गरेका छन् । ३० दिने अल्टिमेटमभित्र आफ्ना माग पूरा नभएपछि उनीहरुले चिया बगान बन्द गरेका हुन् । श्रमिकहरूले भद्रपुरको गौरीशङ्कर, रिद्धिगणेश, सूर्य र मेचीनगरको नाज टी इस्टेटमा हडताल गरेका हुन् । गौरीशङ्कर, रिद्धिगणेश र सूर्य टी इस्टेटमा साउन १८ देखि र नाज टी इस्टेटमा हिजोदेखि श्रमिकहरूले काम बन्द गरेको नेपाल चिया कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईले जानकारी दिनु भयो । जिल्लाका अन्य बगानहरूमा पनि क्रमशः हडताल गर्दै जाने उहाँले बताउनुभयो । श्रम ऐन २०७४ को दफा ११६ (ग)अनुसार श्रमिकहरूले विभिन्न माग राखेका छन् । श्रम ऐन…
बिर्तामोड, २२ साउन । झापाको बिर्तामोडबाट बुधबार राति प्रहरीले ८ जना जुवाडे पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा बिर्तामोड–५ ट्राफिक बिटस्थित सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले सञ्चालन गरेको चिया÷नास्ता पसलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका–९ गोलाखर्क घर भई हाल बिर्तामोड–५ धिमाल चोकमा बस्दै आएका ३८ वर्षीय तीर्थराज तामाङ, इलाम देउमाई नगरपालिका–१ बरबोटे घर भई हाल अर्जुनधारा–११ बसपार्कमा बस्दै आएका ३२ वर्षीय कुशल गुरुङ, ताप्लेजुङको पाथिभरा याङ्बरक गाउँपालिका–२ थेचङ्गु घर भई बिर्तामोड–६ स्यालडाँगीमा बस्दै आएका ४२ वर्षीय भुपालकुमार कटुवाल र पाँचथरको हिलिहाङ गाउँपालिका–८ भारपा घर भई…
झापा, २२ साउन । कोशी प्रदेशमा पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग तीव्ररूपमा फैलिएको छ । जेठको पहिलो सातादेखि फैलिएको महामारीबाट हालसम्म २२ हजार १ सय २२ पशु संक्रमित भएका छन् । रोगका कारण ६३७ पशुको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशले जनाएको छ । निर्देशनालयका अनुसार मृत्यु हुनेमध्ये ६३५ गाई–गोरु र २ भैसी–राँगा रहेका छन् । संक्रमितमध्ये २१ हजार ८९८ गाई–गोरु तथा २२४ भैसी–राँगा छन् । निर्देशनालयका निर्देशक तथा पशु चिकित्सक डा. सुशील अधिकारीका अनुसार महामारी सुरुमा प्रदेशका १० जिल्लामा सीमित थियो । तर, गत हप्ता तेह्रथुममा पनि संक्रमण देखिएको छ । सबैभन्दा बढी संक्रमण झापा जिल्लामा…
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी मद्येश झरेका छन् । विहिबार मद्येश प्रदेश कमिटीको उत्पादन उद्घाटनका लागि विप्लव वर्दीवास पुगेका छन् । बर्दिवास नगरपालिका ८, कृष्णपुरमा रहेको मधेस उत्पादन केन्द्रमा शुक्रबार विप्लव सीले आँप, लिच्ची, कागती लगायत फल–फूलहरू रोख्ने कार्यको शुभारम्भ गर्ने बताइएको छ । शुक्रबार मधेसको उत्पादन कार्यको नेतृत्व गरेपश्चात विश्ववले मधेसका अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्नेछन् । मधेसको २ दिने बसाईमा बिप्लवले मधेसका सहिद परिवार र बुद्धिजीवि हरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मधेस प्रदेश कार्यालय सचिवसमेत रहेका पार्टी केन्द्रीय सदस्य पवन सीले बताएका छन् ।
विर्तामोड – झापाको बिर्तामोड नगरपालिका–५ स्थित कंचन टोलमा प्रतिबन्धित लागू औषध ट्रामाडोल (Tramadol Hydrochloride Capsules I.P. - Tramol-50) को ठूलो मात्रामा भण्डारण गरिएको विशेष सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आज बिहान १०:२० बजे लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले राजेन्द्र पंथाकको घरमा छापा मारेको हो। छानबिनका क्रममा घरको भुइँतलाबाट माथिल्लो तलामा जाने सिँढीमुनी कागजका कार्टुनले ढाकी लुकाइएको अवस्थामा २०,००० (बीस हजार) थान ट्रामाडोल क्याप्सुल फेला पारिएको प्रहरीले जनाएको छ। ४६ वर्षीय पंथाकलाई नियन्त्रणमा लिएर अनारमनीस्थित प्रहरी कार्यालयमा राखिएको छ भने घटनासम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।…
झापा, २१ साउन । कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटनाहरू तीव्र गतिमा बढ्न थालेका छन् । २०८१ माघ १५ गतेदेखि सुरु भएका यस्ता घटनाहरूले सिँचाइ प्रभावित बनाउँदै कृषकलाई गम्भीर समस्यामा पारिरहेका छन् । प्राप्त जानकारी अनुसार, मोरङ जिल्लामा ८ स्थान, सुनसरीमा १२ स्थान र झापामा २ स्थानमा चोरीका घटना भएको पुष्टि भएको छ । साउन ९ गते राति मोरङको रंगेली नगरपालिका–९ इटाभट्टा टोलमा दुई मोटरसाइकलमा आएका तीन व्यक्तिहरू संकास्पद अवस्थामा भेटिएपछि प्रहरी देख्नासाथ फरार भएका थिए। घटनास्थल नजिकै ट्रान्सफर्मरमा चढिरहेका मोरङ ग्रामथान–४ निवासी अर्जुन कुमार थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाको गम्भीरतालाई ध्यानमा…
झापा, २१ साउन । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो । सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था रहेको विभागले जनाएको छ । विभागले यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य नयाँ कानुनी व्यवस्थासँग मिलाउन आवश्यक भएको भन्दै अहिलेलाई स्थगित गरिएको जनाएको हो । सूचनामा भनिएको छ, “उपर्युक्त सन्दर्भमा राजपत्रमा प्रकाशित सूचनाका आधारमा यस विभागबाट…
झापा, २१ साउन । झापाको झापा गाउँपालिकामा मादक पदार्थ सेवन गरेका व्यक्तिलाई रुखमा बाँधेर रातभरि राखेपछि मृत्यु भएको छ । गएराति १०ः३० बजे झापा गाउँपालिका वडा न–१ लसुना बस्ने ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडूको घरमा आएका थिए । घरको गल्लीमा आई काम्न थालेपछि महादेव टुडूलगायत स्थानीय व्यक्तिहरुले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर राखेका थिए । आज बिहान ४ बजे हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय कुमरखोदमा जानकारी प्राप्त हुनासाथ टोली खटिएर घटनामा संलग्न झापा गाउँपालिका वडा न–१ लसुना बस्ने मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन,…
२० साउन, काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसी परियोजना घातक भएको भन्दै साउन ३० गते देशका मुख्य सहरहरूमा व्यापक जनप्रदर्शनको आह्वान गरेको छ। पार्टीका एमसीसी सरोकार समिति संयोजक भरत सीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै "घातक एमसीसी" विरुद्धको जनप्रदर्शन सफल पार्न सबै देशभक्त नागरिकलाई सहभागी हुन आग्रह गरेका छन्। नेकपाले अमेरिकाले केही समयअघि स्थगनमा राखेको एमसीसी परियोजना नेपालमा पुनः लागू गर्ने निर्णयले गम्भीर अवस्था सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “एमसीसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन्। परिमार्जन विना जबरजस्ती एमसीसी लाद्नु अत्यन्त घातक छ।” पार्टीले देशभक्त, वामपन्थी–कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिहरूलाई उक्त आन्दोलनमा…
काठमाडौं, साउन १९ – उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित चार जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको संयुक्त इजलासले सोमबार उक्त आदेश दिएको हो। प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अभियोगमा ३ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको हो। तीनकुने घटनासम्बन्धी मुद्दामा उनीमाथि ३ लाख ५० हजार धरौटी तोकिएको छ। सोही घटनामा संलग्न भन्दै पक्राउ परेका अन्य तीन जनालाई पनि धरौटीमा रिहा गर्न आदेश दिइएको छ। तीनकुने प्रकरणमा पक्राउ परेका सात जना मध्ये प्रसाईंसहित चार जनाले उच्च अदालतमा पुनरावेदन गरेका थिए। बाँकी तीन जनाले पुनरावेदन नगरेका कारण…