मेचीनगर। झापाको मेचीनगर नगरपालिका–८ जोरसिमल नजिकै मेचेबस्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित एउटा अटो नियन्त्रणमा लिएको छ। आज दिउँसो करिब २:०० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर काँकडभिट्टाबाट स.प्र.नि. बाबुकाजी कट्वालको कमाण्डमा खटिएको ७ सदस्यीय मोबाइल गस्ती टोली तथा जोरसीमल चेकपोस्टबाट स.प्र.स.नि. कृष्ण बहादुर डाँगीको कमाण्डमा खटिएको अर्को ७ सदस्यीय टोलीले संयुक्त रूपमा उक्त कारबाही गरेको हो। टोलीले भारतबाट भन्सार छली गरी अटोमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लाखौं मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएका कपडाको भन्सार मूल्य रु ७ लाख ३१ हजार ४९० कायम गरिएको छ। नियन्त्रणमा लिइएको कपडा…
झापा। झापाको दमक नगरपालिकामा दम्पतीबीच भएको घरेलु विवादले दुःखद मोड लिँदा श्रीमान–श्रीमती दुवैको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो करिब २ बजेको समयमा दमक नगरपालिका–१, सिरपाली चोक निवासी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजयकुमारी दर्जीबीच सामान्य विवाद चर्किँदै झै–झगडामा परिणत भएको थियो। विवादका क्रममा धनबहादुरले खुकुरी प्रहार गर्दा विजयकुमारीको टाउको र बाँया हातमा गम्भीर चोट लागेको थियो। घटनापछि धनबहादुरले घरकै अर्को कोठामा सलको पासो लगाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएका थिए। उनीहरूकी छोरी २५ वर्षीया प्रियंका दर्जीले बाबुलाई झुण्डिएको अवस्थामा देखेपछि पासो काटेर तल झार्दै तत्काल प्रहरीलाई खबर गरेकी थिइन्। सूचना पाएलगत्तै प्रहरी…
झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानसहित एक पिकअप गाडी बरामद गरेको छ। असार २८ गते राति ९ः४० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर काँकडभिट्टाबाट खटिएको चेकप्वाइन्ट टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा प्रदेश नं. १–०१–००११ च ९८४२ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर डाँगीको कमाण्डमा खटिएको ९ जनाको टोलीले उक्त पिकअपमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका स्टेशनरी सामग्री फेला पारेको जनाएको छ। बरामद गरिएको पिकअप गाडीसहित सामानको कुल मूल्य ११ लाख ३४ हजार ४ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त…
बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । इक्यानका केन्द्रिय अध्यक्ष एन्ड्रयु पौडेल (लक्ष्मण)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शैक्षिक परामर्श व्यवसायीहरुलाई हतोत्साहित र धरासायी बनाउने उद्देश्यले सरकारले धरौटी ल्याउने प्रयास गरिरहेको भन्दै आफूहरु धरौटी मान्न तयार नरहेको स्पष्ट पारेका छन् । उनले शैक्षिक नियमावलीका नाममा शैक्षिक परामर्श व्यवसायीहरुलाई धरौटी राख्न लगाएर व्यवसायबाट पयालन बनाउने प्रयास गरिरहेको बताए । उनले राज्यको हितभन्दा बाहिर नजाने स्पष्ट पार्दै धरौटीको प्रावधान साना र मझौला व्यवसायीलाई निषेध गर्ने खेल भएकाले उक्त निर्णय आफूहरु मान्न तयार नरहेको स्पष्ट पारे । नेपाल शैक्षिक परामर्श संघ इक्यानका निवर्तमान…
दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्ने करिब ४० वर्षीया सरस्वती मगरलाई सोमबार साँझ घरमै खाना पकाउने क्रममा कोब्रा सर्पले डसेको थियो। डसिएपछि उनलाई तत्काल उपचारका लागि नेपाल रेडक्रस सोसाइटी, दमकमा लगिएको थियो। उपचारकै क्रममा राति १०:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापामा विप्लवको नाम जोडेर चन्दा आतंक : व्यवसायीहरुलाई पार्टीको नाममा चन्दा नदिन विज्ञप्ति जारी, चन्दा उठाउनेलाई कारबाही गरिने पार्टीको कडा निर्णय झापा । विभिन्न शिर्षकमा झापामा नेकपा (माओवादी ) को नाम जोडेर चन्दा संकलन भइरहेको गुनासो बढेपछि सम्बन्धित जिल्ला पार्टीले कडा निर्णय लिएको छ । पार्टीले श्रम र आफ्नै उत्पादनमा आधारित गतिविधि गर्दै आएको उल्लेख गर्दै कुनै पनि हालतमा चन्दा नलिने स्पष्ट गरेको छ । पार्टी केन्द्रीय निति अनुसार जिल्ला पार्टी असार १० गतेदेखि कृषिमा होमिएको मौका छोपेर केहि मानिसहरुले चन्दाको खेती गरेको भन्दै पार्टीले चन्दा नदिन र कसैले धाक धम्की दिए पार्टीमा सम्पर्क गर्न आग्रह गरेको छ। पछिल्लो समय…
काठमाडौं । कीर्तिपुरको अस्थायी बासस्थल (होल्डिङ सेन्टर) बाट एकजना मानिस पक्राउ परेका छन् । होल्डिङ सेन्टरमा सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा भोजपुरजिल्ला, अरुण गाउँपालिकाका ३९ वर्षीय डम्मर तामाङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई सार्वजनिक शान्ति खलल पार्ने कसुर गरेको मुद्दामा अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालतमा पेश गरिएको छ । काठमाडौं महानगरपालिकाले होल्डिङ सेन्टर छोडेर अन्यत्र जानका लागि सुविधा सहित अनुरोध गरेको विषयलाई अतिरन्जित गर्दै तामाङले त्यहाँका बसोबासीको शान्तिपूर्वक बस्न पाउने अधिकार पनि खलल गरेको प्रहरीको आरोप छ ।
मेचीनगर । झापाको मेचीनगर–६ काँकरभिट्टामा प्रथम दिपज्योति काँकरभिट्टा च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। काँकरभिट्टा युवा क्लबको आयोजनामा आगामी साउन ९ गतेदेखि १६ गतेसम्म काँकरभिट्टा खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। प्रतियोगितामा आयोजकसहित कोशी प्रदेशका ६ र भारतका २ टोली गरी कुल ८ टोलीको सहभागिता रहनेछ। नेपालतर्फ आयोजक काँकरभिट्टा युवा क्लब, बिर्तामोड युनाइटेड (झापा), रेडहर्स फुटबल क्लब (इलाम), एपीएफ पकली, उर्लाबारी फुटबल क्लब (मोरङ) र धरान एन्फा एकेडेमी अर्गनाइजेसन (सुनसरी) सहभागी हुनेछन्। त्यस्तै, भारतबाट जोर्जेन फुटबल क्लब (कालेङपुङ) र कञ्चनजंघा फुटबल क्लब (सिलिगुडी) ले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका उपाध्यक्ष…
मेचीनगर। मेचीनगर–४ स्थित जागेश्वर शिवालय मन्दिरमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन पाँचवटा सीसी क्यामेरा जडान गरिएको छ। मन्दिर परिसरभित्र चारवटा र बाहिरी सडक क्षेत्रमा एउटा गरी कुल पाँचवटा क्यामेरा जडान गरिएको हो। मन्दिर समिति, स्थानीयवासी तथा वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा कार्यरत राहुल भारतीको अग्रसरतामा पछिल्लो समय मन्दिरको भौतिक पूर्वाधार तथा व्यवस्थापनमा उल्लेखनीय सुधार हुँदै आएको छ। सीसी क्यामेरा खरिदका लागि निकेश श्रेष्ठ, मिलन थुलुङ, चन्द्रिका विश्वकर्मा, सुजता लुङ्गेली, विवेक चौलागाईं र तारा गौतम शिवाकोटीले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। यस कार्यको व्यवस्थापन किरण गौतमले गर्नुभएको हो भने क्यामेरा जडानको प्राविधिक कार्य विशाल अधिकारीले र विद्युत जडान रिकेश दाहालले सम्पन्न गर्नुभएको…
कागजात दुरुस्त भएका चालकलाई मात्र ज्याकेट, ट्र्याकिङ प्रणालीमार्फत सडक सुरक्षा सुदृढ काँकरभिट्टा, झापा। झापाको पूर्वी नाका काँकरभिट्टामा सडक तथा यात्रु सुरक्षालाई थप व्यवस्थित बनाउने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरिएको छ। मेची नेत्रालयको १९औँ वार्षिकोत्सवको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र काँकरभिट्टा ट्राफिक पोस्टको आयोजनामा तथा अस्पतालको सहकार्यमा सिटी सफारी चालकहरूलाई फ्लोरेसेन्ट (चम्किलो) ज्याकेट तथा सुरक्षाकर्मीहरूलाई सनग्लास वितरण गरिएको हो। अस्पतालले आफ्नो स्थापना दिवसलाई औपचारिकतामा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै कार्यक्रम आयोजना गरेको जनाएको छ। मेची नेत्रालयका म्यानेजर जय प्रकाश पोखरेल “ज्याक” का अनुसार समाजसँग प्रत्यक्ष जोडिने र सडक सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम अन्तर्गत…