निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको स्थानीयको गुनासो छ। तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको समयसँग सम्बन्धित ऐतिहासिक शिलालेख फुटेर जीर्ण बनेपछि टुक्राटुक्रा अवस्थामा रहेको र अहिले टालटुल गरेर राखिएको बताइएको छ। कन्याम चिया बगानका स्टाफ होम प्रसाद रिजालका अनुसार राजाको पालामा राखिएको उक्त शिलालेख समयक्रममा फुटेर टुक्राटुक्रा भएको थियो। फुटेका टुक्राहरू कम्पनी परिसरमै यताउता छरिएर रहेको अवस्थामा पछि संकलन गरी जोडजाड गरेर पुनः खडा गरिएको उहाँले बताउनुभयो। “वीरेन्द्रले उद्घाटन गरेको शिलालेख थियो। पछि फुटेर गयो। त्यसका टुक्राहरू यताउता छरिएर रहेका रहेछन्,” रिजालले भन्नुभयो, “पछि कम्पनीकै तर्फबाट टुक्राहरू…
प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँत तस्करी प्रकरणमा सिलिगुडी अदालतले मुख्य अभियुक्तलाई वन्यजन्तु (संरक्षण) ऐन, १९७२ अन्तर्गत ५ वर्षको कठोर कारावास र ₹५० हजार जरिवाना सजाय सुनाएको छ। यो घटना २० डिसेम्बर २०२५ को हो। विशेष सूचनाका आधारमा कुर्सेओङ वन डिभिजनअन्तर्गतको घोषपुकुर रेञ्ज को टोलीले बागडोग्रा बिहार मोड, एशियन हाइवे–२ मा नेपाल नम्बरको महिन्द्रा XUV500 गाडी रोकेको थियो। वन रेञ्जरको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियानमा वन सहायक सरन तामाङ र आरडीएल मञ्जुर आलम सहभागी थिए। गाडीको तलासीका क्रममा अवैध रूपमा ओसारपसार भइरहेको हात्तीको दाँत बरामद गरिएको थियो। यस…
प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्यालयमा कार्यरत एक शिक्षिकाको रहस्यमय मृत्युका कारण विद्यालय परिवार, समाज र मृतक शिक्षिकाको परिवार शोकमा डुबेको छ। सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर -२ नेत्रगन्ज निवासी २९ वर्षीय कविता कुमारी ढुंगाना विद्यालयको आवासीय भवनभित्र रहेको एउटा कोठामा बाहिरबाट चाबी लगाएको अवस्थामा मृत फेला परेकी हुन्। प्रहरीले मृत फेला परेकी ढुंगानाको कोठाबाट मृतक भण्डारीको राहदानी, कतारको परिचयपत्र र दुईवटा चिठी समेत बरामद गरेको छ। उक्त चिठी मध्य एउटा चिठीमा कविता कुमारी ढुंगानाको हस्ताक्षर रहेको छ। उक्त चिठीमा लेखिएको छ - " म कविता कुमारी…
झापा । खुला सीमा क्षेत्रमा नागरिकको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्दै सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले सीमा नाकाहरूमा सीमा समन्वय टोली (Border Interaction Team–BIT) परिचालन गरेको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउने उद्देश्यले विशेष अवधारणाअन्तर्गत BIT टोली परिचालन गरेको हो। उक्त टोलीले सीमा नाकाबाट आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणसँग मैत्रीपूर्ण व्यवहार गर्दै आवश्यक सहजीकरण गर्नेछ। BIT टोलीले विशेषगरी सीमा क्षेत्रमा हुने मानव बेचबिखन, अवैध गतिविधि तथा शंकास्पद गतिविधिको निगरानी र नियन्त्रण मा भूमिका खेल्ने जनाइएको छ। टोलीले सीमा नाकामा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको आवागमनमा सहयोग गर्ने, यात्रुहरूलाई आवश्यक…
मेचीनगर — सशस्त्र प्रहरी बलले मेचीनगरमा भन्सार छली गरेर ल्याइएका कपडा बरामद गरेको छ। आज दिउँसो १२:२० बजेको समयमा मेचीनगर नगरपालिका–७ जोरसिमलस्थित चेकपोइन्टमा खटिएको सशस्त्र प्रहरी टोलीले उक्त सामग्री फेला पारेको हो। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर काँकडभिट्टाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर डाँगीको कमाण्डमा खटिएको ९ जनाको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको कपडा बरामद गरेको जनाएको छ। बरामद गरिएको सामग्रीमा चार बोरा लत्ताकपडा रहेका छन्, जसको भन्सार मूल्य रु. १,२८,६५० (एक लाख अठ्ठाइस हजार छ सय पचास) बराबर रहेको प्रहरीले जनाएको छ। उक्त सामान आवश्यक…
मेचीनगर। झापाको मेचीनगर नगरपालिका–८ जोरसिमल नजिकै मेचेबस्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित एउटा अटो नियन्त्रणमा लिएको छ। आज दिउँसो करिब २:०० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर काँकडभिट्टाबाट स.प्र.नि. बाबुकाजी कट्वालको कमाण्डमा खटिएको ७ सदस्यीय मोबाइल गस्ती टोली तथा जोरसीमल चेकपोस्टबाट स.प्र.स.नि. कृष्ण बहादुर डाँगीको कमाण्डमा खटिएको अर्को ७ सदस्यीय टोलीले संयुक्त रूपमा उक्त कारबाही गरेको हो। टोलीले भारतबाट भन्सार छली गरी अटोमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लाखौं मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएका कपडाको भन्सार मूल्य रु ७ लाख ३१ हजार ४९० कायम गरिएको छ। नियन्त्रणमा लिइएको कपडा…
झापा। झापाको दमक नगरपालिकामा दम्पतीबीच भएको घरेलु विवादले दुःखद मोड लिँदा श्रीमान–श्रीमती दुवैको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो करिब २ बजेको समयमा दमक नगरपालिका–१, सिरपाली चोक निवासी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजयकुमारी दर्जीबीच सामान्य विवाद चर्किँदै झै–झगडामा परिणत भएको थियो। विवादका क्रममा धनबहादुरले खुकुरी प्रहार गर्दा विजयकुमारीको टाउको र बाँया हातमा गम्भीर चोट लागेको थियो। घटनापछि धनबहादुरले घरकै अर्को कोठामा सलको पासो लगाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएका थिए। उनीहरूकी छोरी २५ वर्षीया प्रियंका दर्जीले बाबुलाई झुण्डिएको अवस्थामा देखेपछि पासो काटेर तल झार्दै तत्काल प्रहरीलाई खबर गरेकी थिइन्। सूचना पाएलगत्तै प्रहरी…
झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानसहित एक पिकअप गाडी बरामद गरेको छ। असार २८ गते राति ९ः४० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर काँकडभिट्टाबाट खटिएको चेकप्वाइन्ट टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा प्रदेश नं. १–०१–००११ च ९८४२ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर डाँगीको कमाण्डमा खटिएको ९ जनाको टोलीले उक्त पिकअपमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका स्टेशनरी सामग्री फेला पारेको जनाएको छ। बरामद गरिएको पिकअप गाडीसहित सामानको कुल मूल्य ११ लाख ३४ हजार ४ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त…
बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । इक्यानका केन्द्रिय अध्यक्ष एन्ड्रयु पौडेल (लक्ष्मण)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शैक्षिक परामर्श व्यवसायीहरुलाई हतोत्साहित र धरासायी बनाउने उद्देश्यले सरकारले धरौटी ल्याउने प्रयास गरिरहेको भन्दै आफूहरु धरौटी मान्न तयार नरहेको स्पष्ट पारेका छन् । उनले शैक्षिक नियमावलीका नाममा शैक्षिक परामर्श व्यवसायीहरुलाई धरौटी राख्न लगाएर व्यवसायबाट पयालन बनाउने प्रयास गरिरहेको बताए । उनले राज्यको हितभन्दा बाहिर नजाने स्पष्ट पार्दै धरौटीको प्रावधान साना र मझौला व्यवसायीलाई निषेध गर्ने खेल भएकाले उक्त निर्णय आफूहरु मान्न तयार नरहेको स्पष्ट पारे । नेपाल शैक्षिक परामर्श संघ इक्यानका निवर्तमान…
दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्ने करिब ४० वर्षीया सरस्वती मगरलाई सोमबार साँझ घरमै खाना पकाउने क्रममा कोब्रा सर्पले डसेको थियो। डसिएपछि उनलाई तत्काल उपचारका लागि नेपाल रेडक्रस सोसाइटी, दमकमा लगिएको थियो। उपचारकै क्रममा राति १०:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।