Purbi Garjan

समाचार

जनता विद्रोहको तयारीमा छन्, त्यसको नेतृत्व नेकपाले गर्छ – सुमनसिंह

जनता विद्रोहको तयारीमा छन्, त्यसको नेतृत्व नेकपाले गर्छ – सुमनसिंह

झाप। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी ले नेपालमा जुनसुकै बेला जनताले विद्रोह गर्न सक्ने परिस्थिति देखा परेको र त्यसको निर्णायक नेतृत्व अग्र भागमा रहेर नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताएका छन्। आज झापाको सुरुङ्गामा जारी पार्टीको छैठौं जिल्ला बैठकमा आफ्नो धारणा राख्दै नेता सिंहले नेपालमा नयाँ ढंगले विदेशी साम्राज्यवादी शक्तिहरुले षड्यन्त्र गरिरहेको र जनता त्यसको विरुद्ध रहेकाले यसका लागि तयारी अवस्थामा रहन पार्टीका नेताकार्यकर्तालाई निर्देश गरेका छन्। दलाल पुजीवादी व्यवस्थालाई मिल्काउने ताकत नेकपा सँग रहेको र जनताले समेत एक मात्रै आशा भरोसाका रुपमा अहिले नेकपालाई मानिरहेका बेला अब जित्ने गरीको आन्दोलनको तयारी अवस्थामा…
Read More
नेपाल रुपान्तरणको उत्कर्षमा छ – दिपेश सी

नेपाल रुपान्तरणको उत्कर्षमा छ – दिपेश सी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश इन्चार्ज दिपेश सी ले पछिल्लो समय नेपाल रुपान्तरणको उत्कर्षमा रहेको बताएका छन्। आज झापाको सुरुङ्गामा सम्पन्न झापा जिल्ला कमिटीको छैठौं पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पछिल्लोपटक नेपालमा अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुले विभिन्न ढंगले खेल्ने काम गरिरहेकाले राजनिती, आर्थिक , सांस्कृतिक हरेक हिसाबले नेपाल रुपान्तरणको उत्कर्षमा पुगेको उनले बताए। जिल्ला बैठकलाई सम्बोधन गर्दै क्रान्तिकारीहरुका विरुद्ध साम्राज्यवादी शक्तिहरु लागि परेकाले यसलाई चिर्नुपर्ने परिस्थिति रहेको उनले बताए। पछिल्लो समय प्रविधिको विकास तिव्र भएकोले क्रान्ति सम्भव नभएको भन्ने कुरा गलत रहेको बताउँदै प्रविधिको विकास हुने बित्तिकै क्रान्ति हुन्न भन्ने कुरा…
Read More
दिवंगत छोरीको सम्झनामा आमाबाबुको रचनात्मक सहयोग

दिवंगत छोरीको सम्झनामा आमाबाबुको रचनात्मक सहयोग

धरमपुर। झापाको शिवसताक्षीमा दिवंगत छोरी रन्जना खनालको जन्मजयन्तीको अवसर पारेर बुबा राधाकृष्ण खनाल र आमा सावित्राले समाजका विभिन्न व्यक्ति र समुहलाई रचनात्मक सहयोग गर्ने गरेका छन् । छोरीको अल्पायुमै स्वर्गबास भएपछि उनको सम्झनामा वर्षेनी विभिन्न कार्यक्रम गर्दे खनाल परिवारले रञ्जनाको जन्मजयन्ती मनाउने गरेका छन् । कहिले व्यक्तिलाई सहयोग हुन्छ भने कुनै वर्ष समुहलाई सहगोग गर्ने गरेको खनाल परिवारले जनाएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश क का सांसद राधाकृष्ण खनालले सडक दुर्घटनामा परेर मृत्यु भएकी छोरी रञ्जनाको स्मरणमा उनको जन्मदिनको अवसर पारेर विपन्न परिवारलाई सोमबार खाद्यान्न सामग्री प्रदान गरेका छन् । रञ्जनाको ०४९ साउन २८ जन्मदिन हो ।…
Read More
युवा संघद्वारा घैलाडुब्बा शिवालय मन्दिरमा निःशुल्क पानी वितरण

युवा संघद्वारा घैलाडुब्बा शिवालय मन्दिरमा निःशुल्क पानी वितरण

मेचीनगर । पुर्वको पवित्र धार्मिक तथा पर्यटकीय स्थल घैलाडुब्बा शिवालय पातालगंगा मन्दिर परिसरमा राष्ट्रिय युवा संघ मेचीनगर-८ वडा कमिटीले निःशुल्क पानी वितरण गरेको छ । साउनको अन्तिम सोमबार आज मन्दिरमा पुजा आरधाना गर्न आउने भक्तजनहरूलाई सहजताको लागि निःशुल्क पानी वितरण गरिएको हो। साउन महिना भरिको सोमबार भगवान् शिवको पुजा गर्न घैलाडुब्बा शिवालय पातालगंगा मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति रहने गर्छ । त्यसमा पनि बिशेष गरि अन्तिम सोमबार बढी भिड हुने हुँदा युवा संघले निःशुल्क पानी वितरण गरेको आयोजक कमिटीले जानकारी दिएको छ। युवा संघ मेचीनगर वडा नम्बर -८ कमिटीले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता ललित थामीले गरेका थिए भने प्रमुख अतिथिका…
Read More
नेपाल कम्युनिस्ट पार्टी एक नम्बर प्रदेश कमिटिको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी एक नम्बर प्रदेश कमिटिको बैठक सम्पन्न

झापा । नेपाल कमुनिस्ट पार्टी एक नम्बर प्रदेश कमिटिको दोश्रो पूर्ण बैठक मोरङको सलकपुरमा सम्पन्न भएको छ । नेकपा स्थायी समितिको बैठक पछी पछील्लो राजनीतिक परिस्थिती बारे स्प्ट गर्दै नेता कारर्यकर्ता लाइ योजना दिन बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । पार्टी पोलिटब्युरो सदस्य एवं नेकपा प्रदेश इन्चार्ज दिपेस सीको अधक्ष्यतामा सम्पन्न बैठकले भर्खरै सम्पन्न पार्टिको स्थाई समितीको बैठकले लिएका निर्णयहरु कार्यन्वयन गर्ने योजनाहरु बनाएको छ । राजनैतीक बैचारिक काम, संघर्सको काम, आर्थिक तथा उत्पादनको काम, संगठनात्मक काम बारे महत्वपूर्ण निर्णय लिएको जानकारी प्राप्त भएको छ । पछील्लो अनतरास्ट्रीय ध्रुबिकरण, त्यसको प्रभाव, पुर्व क्षेत्रमा पैदा भएको पहिचानको संघर्स, धार्मिक अतीवादी…
Read More
भिम खवासलाई पुनः अध्यक्षमा चयन गर्दै धुलाबारी क्याम्पसको साधारण सभा सम्पन्न

भिम खवासलाई पुनः अध्यक्षमा चयन गर्दै धुलाबारी क्याम्पसको साधारण सभा सम्पन्न

मेचीनगर । झापाको मेचीनगर -१० मा अवस्थित धुलाबारी क्याम्पसकाे अध्यक्षमा भिम खवास पुन: सर्वसम्मत चयन भएका छन् । आज धुलाबारी क्याम्पसकाे बार्षिक साधारण सभाले खवासलाई पुन: अध्यक्षमा चयन गरेकाे हाे । उनी यसअघि पनि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै सभाले समितिकाे उपाध्यक्षमा पुनित बंशल, सदस्यहरूमा वीपी भट्टराई, कृष्ण काैशल, सुष्मा कार्की डाेली, नमिता बुढाथोकी, शुशिला रिजाल र सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्पराज पौडेल सर्वसम्मत चयन भएका छन्। समितिमा मेचीनगर नगरपालिका प्रमुख वा प्रतिनिधिका एक जना, कार्यक्रम संयाेजक एक जना र पुर्वाञ्चल युनिभर्सिटीका प्रतिनिधि एक जना रहनेछन् ।   नवनिर्मित कार्यसमितिको कार्यकाल ३ वर्षे रहने निर्वाचन समिति संयाेजक अधिवक्ता…
Read More
अखिल (समाजवादी ) झापाद्वारा “संगठन सुदृढ विस्तार तथा शिक्षालय सुधार” अभियान शुरु

अखिल (समाजवादी ) झापाद्वारा “संगठन सुदृढ विस्तार तथा शिक्षालय सुधार” अभियान शुरु

झापा । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) झापाले “संगठन सुदृढ, विस्तार तथा शिक्षालय सुधार” अभियान आज देखि सुरु गरेको छ। संगठनले "आन्तरिक रुपमा संगठनलाई सुदृढ गरौँ , नवउदारवादी शिक्षा नितिको विरुद्धमा संघर्ष गरौँ" भन्ने मुल नाराका साथ अभियानको पहिलो दिन आज झापाको शनिश्चरे स्थित शनिश्चरे बहुमुखी क्याम्पसमा इकाई समिति गठन गरी उद्घाटन गरेको हो । वर्तमान समयमा, विद्यार्थीहरू आफ्नो हक - अधिकारबाट विमुख भएको र नयाँ पुस्तामा निराशा हावी भएको कारण आम विद्यार्थीहरुमा उर्जा भर्दै समाजवादी आन्दोलनमा प्रेरीत गर्न संगठनले ४५ दिने अभियान सुरु गरेको संगठनका केन्द्रीय सचिवालय सदस्य एवम् (झापा -मोरङ - सुनसरी)…
Read More
नेपाल महिला संघको ७७ औँ स्थापना दिवस: शिवसताक्षीमा वृक्षरोपण गरी मनाइयो

नेपाल महिला संघको ७७ औँ स्थापना दिवस: शिवसताक्षीमा वृक्षरोपण गरी मनाइयो

झिलझिले । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको ७७ औँ स्थापना दिवस झापाको शिवसताक्षीमा वृक्षरोपण गरि मनाईएको छ । नेपाल महिला संघ शिवसताक्षी नगर समितिको आयोजनामा धार्मिक तथा पर्यटकिय स्थल सताक्षीधाममा विभिन्न जातका विरुवा रोपेर नेपाल महिला संघका अगुवा महिलाले स्थापना दिवस मनाएका हुन् । चुलोचौकामा सीमित महिलालाई राजनीतिमा स्थापित गर्नका लागि तत्कालिन महिलानेत्री मंगलादेवी सिंहको सक्रियतामा २००४ साउन २४ गते नेपाल महिला संघको स्थापना भएको थियो । सिंहको सक्रियतामा काठमाडौँको भेडासिंस्थित चिनियाँलाल श्रेष्ठको घरमा भूमिगतरूपमा महिला भेला भएर नेपाल महिला संघको नामाकरण संगै संस्था स्थापना गरेका हुन् । सो भेलाले सिंहको अध्यक्षतामा ११ सदस्यीय महिला संघ तदर्थ कार्यसमिति…
Read More
मेचीनगरमा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढ्यो

मेचीनगरमा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढ्यो

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढी रहेको छ । नगरपालिकाको तथ्यांक अनुसार पछिल्लो तीन बर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको हो । मेचीनगरको तथ्यांक अनुसार २०७८ साल साउन १ गतेदेखि २०८१ साल असार मसान्तसम्ममा नगरपालिकाबाट बसाइँ सरी आउनेको संख्या २ हजार २७७ परिवारका ७ हजार ४४९ जना सदस्य रहेका छन् । त्यस्तै सोही अवधिमा नगरबाट अन्यत्र बसाइँ सरी जाने १ हजार १८९ परिवारका ३ हजार ५४९ जना सदस्य रहेका छन् । नगरको सबैभन्दा बढी बसाइँ सरेर आउने वडाको रूपमा ६ नम्बर रहेको छ उक्त वडामा बसाइँ सरी आउनेको…
Read More
मेचीनगर: नगरको कार्य सम्पादन प्रति असन्तुष्टि जनाउँदै ६ दलले बुझाए ज्ञापनपत्र

मेचीनगर: नगरको कार्य सम्पादन प्रति असन्तुष्टि जनाउँदै ६ दलले बुझाए ज्ञापनपत्र

मेचीनगर। झापाको मेचीनगर नगरपालिकाको कार्य सम्पादन प्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेससहित, नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टी र नेकपा एकीकृत समाजबादी पार्टीले संयुक्त रुपमा नगरपालिकालाई २१ बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा नगरको लापरवाहीका कारणले शिक्षक धनराज भण्डारीको मृत्यु भएकाे ६ राजनितिक दलहरूले ठहर गरेका छन । शिक्षक भण्डारीको मृत्युमा नगरपालिका असंवेदनशिल तथा मौन बसेको ठहर गर्दै सर्वदलीय छानविन समिति गठन गर्न माग गरिएको छ । मेचीनगरको कार्यालयले लगाएको नदीजन्य पदार्थको ठेक्काबाट नदीमा मापदण्डविपरित उत्खनन् गरिएको खाल्डोमा डुबेर वडा नं. ३ निवासी शिक्षक धनराज भण्डारीको दुःखद निधन भएको र अनियन्त्रित उत्खनन् हुँदासमेत नगरपालिकाको कार्यालयले…
Read More
ne_NPNepali