मेचीनगर । झापाको मेचीनगर-१३ स्थित छबिलाल मार्गमा निर्माणाधीन प्लमवाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी अन्धाधुन्ध निर्माण गर्दा काम सम्पन्न नहुँदै प्लमवाल भत्किएको हो । मेचीनगर वडा नम्बर १३ र नगरपालिका तथा केही सामाजिक व्यक्तित्वको बिशेष पहलमा संघीय सरकारको १ करोड १६ लाख विनियोजित बजेटबाट धमाधम निर्माण भइरहेको १० फुट अग्लो प्लमवाल करिब ६० मिटर भत्किएको छ भने करिब २० मिटर चर्किएको छ । माथी ३०, बेस ६० सेन्टिमिटर र २ मिटर अग्लो वाल जमिनमुनिको बेसमै कमजोर ढलान भएका कारण क्षति भएको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए । "स्थानीय…
मेचीनगर । प्रहरीले झापाको काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट लागूऔषध खैरो हिरोईनसहित एक युवालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल आउँदै गरेका दमक -४ का २७ वर्षीय बिर्जेस सुनुवारमाथि चेकजाँच गर्दा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले सुनुवारको शरीर तलासी लिँदा उनले बायाँ खुट्टामा लगाएको जुत्ताभित्र लागुऔषध खैरो हिरोईन लिसाइलो पदार्थ भेटिएको थियो । उनको साथबाट २ ग्राम ४७० मिलिग्राम लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । नेपाल सरकारले जेठ महिनामा मात्रै करिब ४३ अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठमा मात्रै सरकारले ३४ अर्ब रुपियाँ आन्तरिक ऋण र करिब नौ अर्ब रुपियाँ बाह्य ऋण उठाएको आजको गोरखापत्र दैनिकले खबर छापेको छ। यससँगै सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल तीन खर्ब सात अर्ब ६७ करोड रुपियाँ सार्वजनिक ऋण प्राप्त गरेको छ । चालु आवमा प्राप्त कुल ऋणमध्ये अधिकांश आन्तरिक ऋणकै हिस्सा छ । कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २५ अर्ब रुपियाँ आन्तरिक ऋण लिएको छ भने ८२ अर्ब ६७ करोड रुपियाँ बाह्य ऋण लिएको छ । चालु…
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लामा क्रियाशील रहेका नेता कार्यकर्ताहरुलाई समेट्दै कृषि उत्पादन तथा बचत सहकारीको सुरुवात गरेका छन् । बुधबार झापाको सुरुङ्गामा नेकपाका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सीको नेतृत्वमा भेला सम्पन्न भएको हो । उक्त भेलामा बोल्दै सुमनसिंहले आफुहरुले संचालन गर्ने सहकारी कस्तो हुन्छ भन्ने समग्र योजना प्रस्तुत गरेका थिए । आत्मनिर्भर कृषि उत्पादन तथा बचत सहकारीको नाम दिइएको सहकारीले एक हजार सदस्यहरुलाई मासिक एक हजार बचत गराउने, उक्त रकम कृषि उत्पादन, कृषि उद्योग र कृषि व्यापारमा लगानी गर्ने योजना बनाएको छ । निराशाले भरिएको समाजमा यहीँ केही गर्न सकिन्छ भन्ने भाष्य निर्माण…
झापा । झापाको दमक नगरपालिका वडा नम्बर -७ स्थित रतुवा खोलाको पुल छेउमा एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान करिब ८ बजेको समयमा दमक नगरपालिका–१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम बिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खोलाले बगाएर ल्याएको अवस्थामाउनको शव फेला परेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले छ ।
काठमाडौं। नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण खेलाडी दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियतामा छैटौं नम्बरमा परेका छन्। यसअघि ९ नम्बर मा रहेका ऐरी तीन स्थान सुधार गर्दै छैटौँ नम्बरमा आइपुगेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले हालै सार्वजनिक गरेको वरियतामा उनी अस्ट्रेलियाका मार्कस स्टोइनिस, श्रीलंकाका वानिन्दु हसरंगा, बंगलादेशका सकिब अल हसन, अफगानिस्तानका मोहम्मद नाबी र जिम्बावेका सिकन्दर राजाभन्दा मात्र पछाडि छन् । यस्तै ब्याट्सम्यानको विश्व वरियतामा दीपेन्द्र ४६ औँ स्थानमा छन्। रोहित पौडेल ६ स्थान तल खस्केर ६१ औँ नम्बरमा पुगेका छन् भने आसिफ शेख २० स्थानमाथि उक्लिएर ६९ औँ नम्बरमा छन्।
शिवसताक्षी । आफैंले मत दिएर विजय गरी नगर कार्यपालिका पठाएका जनप्रतिनिधि जवाफदेहिताको रुपमा उपस्थित हुन नसक्दा मङ्गलबार शिवशताक्षी नगरपालिका वडा नम्बर ८ का स्थानीय उनीहरूसँग बेचैन बनेका छन् । कतिपयले उनीहरूलाई गैर जिम्मेवार जनप्रतिनिधि सम्म भन्न भ्याए । दुई दिन अगावै वडा कार्यालयले जनताका गुनासा वा सुझाव को सुनवाई गर्न नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की लाई पत्र दिएर निमन्त्रणा गर्यो । पत्रसँगै वडा अध्यक्ष सन्त कुमार फेउदिनले टेलिफोन सम्पर्क गरी कार्यक्रममा गरिमामय उपस्थिति का लागि अनुरोध गरे । तर नगर प्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्की कार्यक्रममा उपस्थित भएनन् । नगर प्रमुख उपप्रमुख मात्र होइन । प्रशासकीय…
झापा । झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा यात्रुबाहक बस र टिपर ठोक्किँदा २१ जना घाइते भएका छन् । आज बिहान ०७ः१५ बजे पूर्वपश्चिम राजमार्गमा झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा ३ ख २१६६ नम्बरको टिपर र पूर्वतर्फ जाँदै गरेको को १ ख ५०८७ नम्बरको बस एक आपसमा ठोक्किएका थिए । घाइतेमध्ये ११ जनाको दमक रिसर्च सेन्टर अस्पताल, नौ जनाको लाइफलाइन अस्पताल र एक जनाको दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक उदयपुर त्रियुगा–३ का ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषा गणेशमान–५ का ३४ वर्षीय शेरबहादुर राई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।
मेचीनगर । हावाहुरी सहित आएको चट्याङमा परी झापाको मेचीनगरमा एक युवती घाइते भएकी छिन्। आज मंगलबार बिहान तीन बजे हावाहुरी र पानी सहित परेको चट्याङ लाग्दा मेचिनगर नगरपालिका वडा न.१५ कालिका झार स्थित अन्दाजि २१ वर्षकी रजिता हस्दा घाइते भएकी हुन्। हावा हुरि सहित आएको चट्याङ लागि घाईते भएकी हस्दालाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र हाल उपचार भैरहेको प्रहरीले जनाएको छ। उनको कम्बर मुनि दुखेको र बोल्न सक्ने मध्यम अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले जनता लक्षित स्थानीय तहको बजेट ल्याउन विभिन्न सरोकारवालाहरूसंग छलफललाई तिब्रता दिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसहित उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतका जनप्रतिनिधि रहेको मेचीनगरले नयाँ आर्थिक बर्ष २०८१/०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा राय सल्लाह सुझावसहित छलफल गरेको हो । नगरपालिकाले नयाँ आर्थिक बर्षको बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा मेचीनगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, सामुदायिक क्याम्पसका क्याम्पस प्रमुख तथा अध्यक्षहरूसंग छलफल सम्पन्न गरेको छ । त्यस्तै नगरका सक्रिय राजनीति दलका प्रमुख, लक्षित समुह (महिला, बालबालिका, आदिवासि, जनजाति, दलित, अपाङ, आदि)का क्षेत्रमा कार्य गर्ने संघसंस्थाका अध्यक्षहरु संग छलफल सम्पन्न…