बिर्तामोड । झापाका पुराना कम्युनिष्ट योद्धाका रुपमा परिचित नेता लोकबन्धु कन्दङवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आईतबार बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका बीच कन्दङवा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। कन्दङवाको नेतृत्वमा सयौं मानिसहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कन्दङवा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुन् । उनी नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा क्रियाशील थिए भने माधवकुमार नेपालसँग एकीकृत समाजवादीमा आएका उनी त्यहाँबाट पनि स्वतन्त्र भएर बसेका थिए। कन्दङवासँगै नेकपा एमाले जिल्ला कमिटी सदस्य सिता रणपहेलीपनि माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव…
सुर्खेत । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कर्णाली प्रदेशको प्रथम भेला तथा प्रशिक्षण सम्पन्न भएको । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रथम भेलाले सभ्यता सीकाे संयोजकत्वमा २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । भेलाले सदस्यमा ज्ञानु फडेरा, नविना बिक, सुनमाया शाही, दुर्गा राेकाया, कुशुम फडेरा, जानकी शाही, करिश्मा विसी, कमला परियार, शितला विसी, मिना राेकाया , रमना सी, अप्सरा बाेगटी, संगीता बिक, गीता परियार, तुलसा पौडेल, अरूणा बुढाथोकी, किर्ति खरेल, विपना शाही, सर्मिला बिक लगायतको २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । प्रथम भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले महिला अधिकारका…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सीले ७५ बर्षदेखि हुन नसकेकाे क्रान्ति नेकपाले गर्ने दावि गरेका छन् । मंगलबार जनवर्गीय संगठन/माेर्चा बागमती प्रदेशकाे प्रथम बैठककाे अध्यक्षता गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी स्थापना भएदेखि हुन नसकेकाे क्रान्ति नेकपाले गर्ने दावि गरेका हुन् । पार्टीकाे बागमती प्रदेश इन्चार्जसमेत रहेका उनले नेपालमा १० बर्ष चलेकाे जनयुद्धले परिवर्तनकाे पक्षमा धेरै काम गरेकाे बताउँदै जनयुद्धले गर्न नसकेका काम एकीकृत जनक्रान्तिले गर्ने बताए । "नेपालमा ७५ बर्षमा नभएकाे काम हामी गर्न सक्छौँ भन्ने छ । हामीले गर्छौं।", उनले भने, "नेपालमा जति परिवर्तन भएकाे छ १० बर्षे जनयुद्धले भएकाे छ । जनयुद्धले समेत गर्न नसकेका काम…
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी ले नेपालमाथिको अमेरिकी हस्तक्षेप स्विकार्य नहुने भन्दै जबर्जस्ती गरे नेकपाले बन्दुक उठाउने चेतावनी दिएका छन्। आज झापाको दमकमा आयोजित हस्तक्षेपकारी अमेरिकन चलखेल विरुद्धको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पछिल्लो समय अमेरिकाले नेपालको सदनबाट एमसिसी पास गराएको र अहिले एसपिपी परियोजना पास गराएर नेपालमा प्रत्यक्ष रुपमा हस्तक्षेप जमाउन षड्यन्त्र बुनिरहेको उनलेे आरोप लगाएका छन्। केपी ओली नेतृत्वको सरकारले षड्यन्त्र गरेर अमेरिकी परियोजना एसपिपी पास गराए ओलीलाई झापा आउन नदिने र नेपाली जनताले सडकमा घिसार्दै देशबाटै लखेट्ने समेत नेता सुमनसिंहले चेतावनी दिएका छन्।…
झापा । हस्तक्षेपकारी अमेरिकन चलखेल विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले वृहत् विरोध प्रदर्शन गरेको छ। आज शनिबार झापाको दमकमा नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता तथा स्थानीय जनताको उपस्थितिमा र्याली सहितको विरोध प्रदर्शन गरिएको हो । पछिल्लो समय अमेरिकाले विश्वका विभिन्न देशहरुमा युद्ध चर्काएर अस्थिरता , अशान्ति मच्चाउँदै हतियारको ब्यापार चलाएको र नेपालमाथि पनि अमेरिकाले विभिन्न परियोजना मार्फत हस्तक्षेप बढाएको नेकपाले जनाएको छ। एमसिसी नेपालको सदनबाट पारित गरिए सँगै अहिले अमेरिकाले नेपालमा हतियार भित्र्याउन थालिसकेको र सैन्य गतिविधि बढाउन एसपिपी( स्टेट पार्टनरसिप प्रोग्राम ) लागु गर्न लागेको भन्दै नेकपाले विरोध प्रदर्शन गरेको हो । गोर्खा डिपार्टमेन्टको नजिकै बाट शुरु भएको…
झापा । झापाका विभिन्न विद्यालय तथा संघसंस्थाहरुमा चन्दा आतंक बढिरहेको र त्यसमा पनि नेत्र विक्रम सी "विप्लव" को नाम जोडिएको पाइएपछि नेकपा झापाले सुक्ष्म अनुसन्धान थालेको छ। केहि दिन अघि पार्टीको समेत नाम जोडिएर समाचार प्रकाशित भएलगत्तै नेकपा र विद्यार्थी संगठन अखिल (समाजवादी ) ले विज्ञप्तिमार्फत त्यसको प्रतिवाद गरेका थिए। पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको नेपाल कम्युनिस्ट पार्टी चन्दा उठाउन छाडेर श्रम र उत्पादनतर्फ नेताकार्यकर्ता लागि परिरहेका बेला यता चन्दा आतंकमा नाम जोडिएपछी नेकपाले त्यसको अनुसन्धान थालेको नेकपा झापाका इन्चार्ज सुमनसिंह सी ले जानकारी दिएका छन्। यता विप्लवका नेताकार्यकर्ता उत्पादनतर्फ केन्द्रित रहेका बेला झापाका विभित्र संघसंस्थामा फरक/फरक राजनीतिक…
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विद्यार्थी संगठन अखिल (समाजवादी) झापाले मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनाललाई कारबाहीको चेतावनी दिएको छ। आज 'चन्दा आतंक बिरुद्ध कारवाहिको माग' शिर्षकमा विभित्र सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि उक्त कुराको खण्डन गर्दै गंभिर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका झापा सचिव सञ्जय सी र विद्यार्थी संगठन का झापा इन्चार्ज विनोद सीले प्रेस वक्तव्य जारी गर्दै मानवअधिकार संजाल झापाका अध्यक्ष डा. रुपक खनालको बिज्ञप्ति र प्रकाशित समाचारको खण्डन गरेका छन्। पार्टी र विद्यार्थी संगठन विरुद्ध भ्रम फैलाउने षड्यन्त्र गर्ने ,युवा विद्यार्थीको अभियान रोक्ने र कारबाहीको माग गर्ने कार्य गरेको भन्दै डाक्टर खनाललाई चेतावनी…
शिवगञ्ज। नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले पार्टीभित्रको आन्तरिक द्वन्द व्यवस्थापन जसले गर्न सक्यो उ पार्टीको असली नेता हुने बताएका छन् । नेकपा एमाले शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा हालै निर्वाचित वडा कमिटीका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा मन्तव्य राख्दै संविधानसभाका सदस्य समेत रहेका एमाले नेता कार्कीले पार्टीको कुरा चिया दोकान, होटल या कुनै अनौपचारिक कार्यक्रममा एकले अर्कालाई नराख्न अपिल गरे । उनले सम्बन्धित नेतृत्व वा व्यक्तिलाई आफ्नो समस्याका वा गुनासोको बारेमा सिधा कुरा राख्न अनुरोध गरे । उनले भने ’जनप्रतिनिधि, नेतृत्व वा पार्टीभित्रका नेता कार्यकर्ता ले एकले अर्कालाई आफूलाई परेको…
काठमाडौं । नेपालमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेर एमाले अध्यक्ष केपी शर्मा नेतृत्वको सरकार बनेको छ । संसदका दुई ठूला दलहरु मिलेर सरकार बनेपछि थरिथरीका विश्लेषणहरु भइरहेका छन् । कसैले कांग्रेस एमाले मिलेर संविधान संशोधन गर्दै देशलाई प्रतिगमनको दिशातिर धकेल्न खोजेको आरोप लगाएका छन् भने कसैले देशमा स्थायीत्व र विकासका लागि ठूला पार्टीहरु मिलेर स्थिरता कायम गर्न खोजेको बताउने गरेका छन् । बंगलादेशमा विद्यार्थीको आवरणमा भएको आन्दोलनका कारण निर्वाचित प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भाग्नुपरेको छ । देशभित्र र बाहिर भएका राजनीतिक फेरबदलका बिचमा नेकपाको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा बसेको थियो । बैठकमा पछिल्लो राजनीतिक…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका माहासचिव विप्लव सीले बंगलादेशमा शेख हसिना सत्ताच्युत हुनुका पछाडि अमेरिकाको हात रहेको बताएका छन् । मङ्गलबार जनपत्रिका अनलाइनसँग कुरा गर्दै महासचिव विप्लवले हसिनाको सत्ता गुम्नुमा अमेरिकाको मुख्य हात रहेको बताएका हुन् । महासचिव विप्लवले पुँजीवादी मुलुकहरुले विश्वका गरिव तथा अविकसित देशहरुलाई जनताको इच्छा बिपरित चलाउने गरेको बताउँदै बंगलादेशको घटना यसकै निरन्तरता जिकिर गरे । ‘गरिव तथा अविकसित देशहरु पुँजीवादीहरुको हित अनकुलका काम गरेर जनताको इच्छा विपरितका काम गरिरहेका हुनछन् ।’, विप्लवले भने, ‘शेख हसिनाले त्यो गरिनन् । अमेरिकाले सैन्य क्याम्प राख्न गरेको प्रस्ताव अस्वीकार गरेका कारण आफूले देश छाड्न परेको हो । उनी आफैले यो बताएकी…