झापा । प्रहरीले झापाको बिर्तामोडबाट बिहिबार ठूलो मात्रामा लागु औषधजन्य प्रतिबन्धित औषधि बरामद गरेको छ । स्थानीयको विषेश सूचनाका आधारमा नेकपा एमालेका सक्रिय कार्यकर्ता तथा पार्टीनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ झापाका पदाधिकारी भानुभक्त खरेलले संचालन गर्दै आएको औषधीको गोदाममा छापा मार्दा ठूलो मात्रामा लागुऔषधजन्य प्रतिबन्धित औषधी फेला परेको हो । पछिल्लो समय झापाको बिर्तामोड लागुऔषध प्रयोग कर्ताको हवको रुपमा विकास हुँदै आएको थियो । बिर्तामोड–५ का खरेलले धर्मकाँटा रोडका मनकुमार संग्रौलाको घरमा संचालन गर्दै आएको गोदाममा छापा मार्दा हजारौ पत्ता ट्रामाडोल, त्यसको एम्पुल र अन्य लागुऔषधजन्य औषधि बरामद गरिएको हो । गोदाममा नाईट्रोजन ट्याबलेट,पुरुषहरुको यौन क्षमता बढाउने प्रतिबन्धित भियग्रा, तौल बढाउने…
दमक। प्रधानमन्त्री केपी शर्मा ओली झापा आउँदा दमकस्थित निवास नजिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हस्ताक्षर संकलन गर्दा प्रहरीले हस्तक्षेप गरेको छ। दमक–५ स्थित क्याम्पस मोडमा रास्वपाले सभापति रवि लामिछानेमाथि राज्यले गरेको ‘प्रतिशोधन’ विरुद्ध हस्ताक्षर संकलन गर्दै आएका थिए। प्रधानमन्त्री ओली सवार सवारीको मार्गनजिकै हस्ताक्षर संकलन हुँदै गर्दा प्रहरीले कार्यक्रममा अवरोध पुर्याएको रास्वपा झापा–५ का सभापति भेषराज भट्टराईले बताए। उनका अनुसार रास्वपाका कार्यकर्ता माइक प्रयोग गरी हस्ताक्षर संकलन गरिरहेका बेला प्रहरीले आएर माइक खोसी भाँचिदिएको थियो। "शान्तिपूर्ण रूपमा हस्ताक्षर संकलन गर्दा पनि हस्तक्षेप हुनु दुर्भाग्यपूर्ण हो," भट्टराईले भने, "प्रहरीले हामीमाथि दुर्व्यवहारसमेत गर्यो।" तर, जिल्ला प्रहरी कार्यालय झापाले भने यसलाई हस्तक्षेप नभई…
झापा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची भन्सार कार्यालय अहिले राजस्व लुट्ने खुला अखडा बनेको छ। पाँच किलो चिनी बोकेको सर्वसाधारणलाई कडा जाँच गर्ने भन्सार अधिकारीहरु, लाखौंको तस्करी गर्ने गिरोहसँग भने हातेमालो गर्दै अनाहकमा राष्ट्रको ढुकुटी रित्याइरहेका छन्। बिहान ६ बजेदेखि पुरानो मेची पुल तस्करीको सामानले गोदाममा परिणत हुन्छ। भारतीय सीमा सुरक्षा बल एसएसबी ले सख्त निगरानी थालेपछि तस्करीको केन्द्र सिधै मेची पुलमै खुम्चिएको छ। अहिले पुलबाट भित्रिने सामग्रीमा लत्ताकपडा, मोटर पार्ट्सदेखि खाद्यान्न र किराना सामानसम्म छन् — सवारीको लाइन लाग्ने हैन, तस्करीको मेला लाग्ने स्थिति छ। जसले जाँच गर्नुपर्ने हो, उसैले रकम उठाउने धन्दा चलाएको छ। भन्सारका कर्मचारीदेखि…
प्रविण अधिकारी झापा । बहुचर्चित एसियन हाइवे अन्तर्गत काकडभिट्टा–लौकही सडकखण्ड निर्माणका क्रममा देखिएको चरम लापरबाहीले दैनिक हजारौं यात्रु सास्तीमा परिरहेका छन्। सम्झौताअनुसारको मापदण्डलाई बेवास्ता गर्दै कम्पनीले सडक निर्माणलाई उपहास बनाएको छ, जसको मार यात्रु र स्थानीय बासिन्दाले दिनहुँ भोग्नुपरेको छ। निर्माण क्षेत्रमा अहिले धुलोको महामारी फैलिएको छ। सडकमा यात्रा गर्नु भनेको श्वास फेर्नै नसकिने गरी धुलोमा गाडिनु हो। पानी छर्कने त कुरै परोस्, निर्माण कम्पनी यात्रुको ज्यान जोखिममा पारेर आफ्ना जिम्मेवारीबाट स्पष्ट रूपमा पन्छिएको देखिन्छ। स्कुल जाने बालबालिका, वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा बढी प्रभावित छन्। स्थानीय बासिन्दा र सवारी चालकहरूका अनुसार, अत्यधिक धुलो, खाल्डाखुल्डी र असुरक्षित डाइभर्सनका कारण दैनिकजसो दुर्घटनाको…
प्रविण अधिकारी झापा । झापाको विर्तामोड–५ बाट आइतबार साँझ नेपाल प्रहरीले भारतीय नम्बर प्लेटका तीनवटा कन्टेनर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको समाचार सार्वजनिक भएसँगै व्यापक चर्चा र भ्रम फैलिएको छ। उक्त कन्टेनरहरूमा बिना भन्सार अवैध रूपमा करोडौं मूल्य बराबरका सामान नेपाल भित्र्याइएको आशंकामा प्रहरीले कारबाही गरेको थियो। तर पछिल्लो विवरणअनुसार ती कन्टेनरहरू नेपाल सरकारले तोकेको कानुनी प्रक्रिया अनुसार भन्सार महशुल तिरेरै नेपाल प्रवेश गरेका प्रमाण पुर्वी गर्जनले फेला पारेको छ । धान रोप्ने मेसिन भित्रिएको थियोे कन्काई नगरपालिका–५ मा रहेको नोक्मा कृषि फर्मले चीनको वुहान शहरबाट ट्रयाक कम्बाइन हार्भेस्टर मेसिन आयात गरेको थियो। एलसी (लेटर अफ क्रेडिट) प्रणालीमार्फत…
विराटनगर। गृहमन्त्री रमेश लेखकले खुला सीमानाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि सुरक्षा निकायलाई ३० दिनको कडा निर्देशन दिएका छन्। विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले औपचारिक आयात विस्थापित गर्ने गरी भइरहेको तस्करीले अर्थतन्त्रमा गम्भीर असर पारेको भन्दै तत्काल नियन्त्रणमा ल्याउन निर्देशन दिएका हुन्। “तस्करी अपराध बढाउने, राजस्व घटाउने र कानुनी शासनमा अवरोध सिर्जना गर्ने तत्व हो। यसलाई अब सहन सकिँदैन। ३० दिनभित्र नियन्त्रण नभए गृह मन्त्रालय कडा कदम चाल्नेछ,” मन्त्री लेखकले चेतावनी दिए। गोष्ठीमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित कोशी प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा…
प्रविण अधिकारी झापा । चैत्र १५ गते काठमाडौंमा भएको राजावादीहरुको आन्दोलनमा हिंसा भड्काएर फरार रहेका दुर्गा प्रसाईं भारतबाट पक्राउ परेका छन्। मेडिकल व्यवसायी समेत रहेका प्रसाईंले उक्त आन्दोलनको नेतृत्व गरेको र आन्दोलन हिंसात्मक बनेपछि उनी फरार रहेका थिए। फरार रहेका प्रसाईं झापा हुँदै भारत पुगेको सुचना पाएको प्रहरीले वृहत् खोजी कार्य जारी राखेको थियोे । स्रोतका अनुसार प्रसाईं भारतको सिलिगुडी स्थित प्रधाननगरमा त्रिमुल काङ्ग्रेसका एक नेताको घरमा सेल्टर लिएर बसेका थिए । दुर्गा प्रसाईंको सेल्टर प्रहरीले पत्ता लगाएपछि उनी त्यहाँबाट आसाम भाग्ने क्रममा आसाम प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सेल्टर पत्ता लगाएपछि हिजोमात्र प्रसाईंले भिडियो सार्वजनिक गर्दै आफू नेपालमै…
झापा । यातायात व्यवस्था कार्यालय मेचीले लाइसेन्स ट्रायलमा ढिलो गरेर कान्तिपुरलाई कमाइखाने स्पेस दिएको पाइएको छ । तोकिएको समयभन्दा २ घण्टा बढी समय ढिलो ट्रायल सञ्चालन गरी नजानिदो पारामा कर्मचारी र व्यवसायीले दैनिक हजारौँ रुपैया असुल्ने गरेका छन् । सवारी अनुमति पत्र प्राप्तिका लागि सेवाग्राहीलाई भ्रममा पारी यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारीले कान्तिपुर भेइकल्सलाई फाइदाँ पुग्नेगरी २ देखी ३ घण्टासम्म ट्रायल नगर्ने गरेको खुलेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका एक प्रहरीका अनुसार यसरी ट्रायल ढिलो गरेबापत कान्तिपुर भेइकल्सले यातायातका कर्मचारी र ट्राफिकका हाकिमलाई महिनामारी रकम बुझाउने गरेका छन् । त्यस्तै कान्तिपुरका एक पूर्व कर्मचारीको अनुसार हाजिर गर्ने र अन्य…
कचनकवल। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्याय, समानता र स्वतन्त्रताको जिम्मेवारी माओवादीले लिने बताएका छन् । 'जनतासंग माओवादी - तराई मधेश जागरण अभियान'को उद्घाटनको क्रममा नेपालकै होचो भूभाग झापाको केचनाबाट अध्यक्ष प्रचण्डले त्यस्तो उद्घोष गरेका हुन् । अभियानको उद्घाटन गर्नु पूर्व अध्यक्ष प्रचण्डले केचनामा राष्ट्रिय झण्डोत्तोलन गरेका थिए । अध्यक्ष प्रचण्डले झापालाई क्रान्ति, न्याय स्वतन्त्रता र समानताको प्रतीकको जिल्लाको संज्ञा दिएका छन् । 'हिजो क्रान्तिको, न्याय र स्वतन्त्रताको प्रतीकको रुपमा झापा जिल्लालाई चिनिन्थ्यो तर अहिले झापाको त्यो पहिचान, इतिहास र परम्परा मर्ने हो कि भन्ने खतरा बढेको छ, उनले भने, 'झापालाई त्यो क्रान्ति, न्याय, समानता र स्वतन्त्रताको प्रतिककै…
प्रविण अधिकारी सुनसरी । नेकपाका महासचिव विप्लव सी ले अहिले सत्तामा रहेका काङ्ग्रेस र एमालेले आफ्ना गल्ती र असफलताको ढाकछोप गर्न संविधान संसोधनको नाटक मञ्चन गरिएको उल्लेख गरेका छन्। आज सुनसरीको धरानमा आयोजित पार्टी ध्रुवीकरण तथा राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संसदीय पार्टीहरुले देश र जनताको हितमा काम गर्दा कानुनले बाधा पुर्याए संशोधन गर्न आवश्यक भएपनि आफ्नो अपराध र गल्तीको ढाकछोप गर्न गरिने संसोधन अपराध सरह भएको उल्लेख गरेका हुन्। पछिल्लो समय नेपाली काङ्ग्रेस , एमाले र माओवादी पुजीवादीहरुको पार्टी बनेको र उनिहरु चरम अपराधिक गतिविधिमा संलग्न हुँदै गएकाले आफ्ना असफलता र अपराधको ढाकछोप गर्न संविधान संसोधन गर्न लागिपरेका…