बिर्तामोड । बिर्तामोड-१ स्थित झापाको पहिलो बाल अस्पताल ‘बिर्तामोड चिल्ड्रेन हस्पिटल’ दोस्रो वर्ष पार गर्दै तेस्रो वर्षमा प्रवेश गरेको छ। आज झापाली पत्रकारहरुबीच हस्पिटल परिवारले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । आफूहरुले दिँदै आएको सेवा सुविधाबारे जानकारी गराउँदै हस्पिटल परिवारले स्थापनाको तेस्रो वर्ष मनाएको हो । बालबालिकाको मात्रै उपचार गर्ने छुट्टै अस्पतालको रुपमा स्थापित हस्पिटल २०७९ असोज १० गतेबाट सुरु भएको थियो । १ भेन्टिलेटर, ४ एनआईसीयू, ५ पीआईसीयू र ५ नर्मल बेडसहित १५ वटा शैयासहित हस्पिटल सुरु भएको अस्पतालका प्रबन्ध निर्देशक तथा बाल रोग विशेष डा. रुपक आचार्यले बताए । उनले छिट्टै नै अस्पताल सेवा विस्तार गर्ने तयारीमा…
झापा । घुससहित दुई दिनअघि झापाको विर्तामोडबाट रङ्गेहात पक्राउ परेका झापाको बुद्धशान्ति -२ का वडाध्यक्ष डिल्ली प्रसाद ओली निलम्बित भएका छन्। बुद्धशान्ति गाउँपालिका अन्तर्गत जग्गा सम्बन्धी विवाद सल्टाइदिने नाममा वडाध्यक्ष ओलीले सेवाग्राही अमरनाथ चौहानसँग घुस/रिसवत लिएको कसुरमा मंगलबार विर्तामोडबाट रङ्गेहात पक्राउ परेका थिए । पक्राउ परेका डिल्ली प्रसाद ओलीलाई थुनामा राखि अनुसन्धान गर्नको लागि मिति २०८१।०६।०८ गतेबाट नै लागु हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत, काठमाण्डौबाट म्याद थप भई आएको थियोे । यसरी थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७…
प्रविण अधिकारी झापा । मेडिकल व्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका अभियान्ता दुर्गा प्रसाईंका ८ जना कार्यकर्ता पक्राउ परेका छन्। दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै दुई वटा भारतीय ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईँका ८ जना कार्यकर्ता पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था नागरिक प्रतिरक्षा बल (पीडीएफ)का झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू, महाअभियानका जिल्ला सह-सचिव ३३ वर्षीय सुरेश चौधरी, हल्दिवारीका विवश लिम्बू, वीरबहादुर गुरुङ, बिर्तामोडका उदय लिम्बू, बुद्धशान्तिका बलिहाङ माबो लिम्बू, अर्जुनधाराका रुद्र भुजेल र मेचीनगरका राजेश महत रहेको जनाइएको छ। प्रहरीले झापा संयोजक तुम्बापोलाई मंगलबार दिउँसो शिवसताक्षी–१…
झापा । मेडिकल व्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका अभियान्ता दुर्गा प्रसाईंका ८ जना कार्यकर्ता पक्राउ परेका छन्। दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै दुई वटा भारतीय ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईँका ८ जना कार्यकर्ता पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था नागरिक प्रतिरक्षा बल (पीडीएफ)का झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू, महाअभियानका जिल्ला सह-सचिव ३३ वर्षीय सुरेश चौधरी, हल्दिवारीका विवश लिम्बू, वीरबहादुर गुरुङ, बिर्तामोडका उदय लिम्बू, बुद्धशान्तिका बलिहाङ माबो लिम्बू, अर्जुनधाराका रुद्र भुजेल र मेचीनगरका राजेश महत रहेको जनाइएको छ। प्रहरीले झापा संयोजक तुम्बापोलाई मंगलबार दिउँसो शिवसताक्षी–१ स्थित धरमपुर…
झापा । प्रशासनको अनुमति बिना नै चिठ्ठा मार्फत ब्राभो नामक टेलिभिजन सेट बिक्री गर्दै आएको मेची कमर्स एण्ड ट्रेड प्रालिले कानुनले वर्जित गरेको पिरामिड शैलिमा नेटवर्किङ ब्यवसाय संचालन गरी सर्बसाधारणको करोडौं रुपैयाँ रकम ठगी गरिरहेको खुलासा भएको छ । उक्त प्रालिले चिठ्ठामार्फत किस्तामा सर्वसाधारणलाई टेलिभिजन सेट बिक्री गर्ने भन्दै ठगी गरिरहेको भएपनि स्थानिय प्रशासन बेखबर र मौन रहेको छ । ब्राभो नामक टेलिभिजन सेट बिक्री गर्न पिरामिड शैलिमा ग्राहक बनाई पुर्वको झापा सहित पहाडी जिल्लाहरुमा सातहजार सर्वसाधारणबाट मासिक रुपमा करोडौ रकम ठगी हुँदै आएको पाईएको हो । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा कार्यालय रहेको मेची कमर्स एण्ड ट्रेड प्रालिले कानुनले प्रतिबन्ध…
विर्तामोड । झापाको बुद्धशान्ति २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली ८० हजार रुपैयाँ घुस लिँदालिदै रङ्गेहात पक्राउ परेका छन् । उनलाई आज मंगलबार विर्तामोड स्थित हनुमान सेन्ट्रलबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले पत्रकारहरु सहितको सहयोगमा नियन्त्रणमा लिएका हुन् । भारतको सिलिगुडी निवासी अमरनाथ चौहानबाट जग्गा मिलाइदिने नाममा रकम लिँदालिदै वडाध्यक्षलाई नियन्त्रणमा लिई विप्लवका नेताकार्यकर्ताले विर्तामोड प्रहरीलाई बुझाएका छन्। भारतीय नागरिकले जग्गा सम्बन्धी कारोवारमा वडाध्यक्षलाई रकम बुकाएका हुन् । वडाध्यक्षले रकम नदिए काम रोक्ने भनेपछि उनले विर्तामोडमा आएर पैसा बुझाएका हुन् । बुझाउने र लिने दुवै जनालाई अहिले इप्रका अनारमनीमा राखिएको डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार…
प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने हजारौं विद्यार्थीहरुको शैक्षिक हकसम्बन्धीको अधिकार माथि सम्बन्धित निकायले नै गम्भीर खेलबाड गरेको पाइएको छ। शैक्षिकसत्र शुरु भएको पाँच महिना बितिसक्दा समेत विद्यार्थीहरुले "हाम्रो मेचीनगर" नामक पुस्तक पाएका छैनन् । नगर शिक्षा शाखाले नगरका प्रत्येक विद्यालयमा अनिवार्य विषयका रुपमा अध्यापन गराउने गरि सुचारु गरेको उक्त पुस्तक नै विद्यार्थीहरुले हालसम्म पनि नपाएको भेटिएको छ। संविधान प्रदत्त शिक्षा सम्बन्धी आधारभूत तथा माध्यमिक तहसम्मको हक सुनिश्चित गर्न स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ (ञ) ले २३ वटा अधिकार स्थानीय तहको सरकारलाई दिएको भएपनि कतिपय स्थानीय तहको लापरबाहीले हजारौं विद्यार्थीहरुको शैक्षिक हकअधिकार हनन भएको छ। नेपालको…
मेचीनगर । झापा मेचीनगरका युवा जयराम दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहण गरेका छन् । मेचीनगर १५ ज्यामिरगढीका दाहालले १७ सेम्टेम्बर अर्थात असोज १ गते आज बिहान उक्त हिमालको सफल आरोहण गर्न सफल भएका हुन् । सोलुखुम्बु जिल्लाको सगरमाथा हिमाल क्षेत्रमा नै रहेको ६ हजार एक सय ६५ मिटर उचाईको आइल्याण्ड पिक हिमालको टुप्पोमा आज विहान ९ः३० बजे पुग्न सफल भएको दाहालले जानकारी दिए। २७ बर्षे युवा दाहालको समुहलाई आइल्याण्ड पिक हिमालको सफल आरोहणका लागि १४ दिन लागेको समेत उनले बताए । भदौ १९ गते हिमाल आरोहणका लागि सुरुवात गरेका दाहाल असोज १ गते शिखरमा पुग्न सफल भएका हुन् ।दाहालसंगै…
बिराटनगर । मोरङको ग्रामथान गाउँपालिका -४ कटरियाबाट गएराती ९ जना जुवाडे पक्राउ परेका छन्। प्रदेश प्रहरीले विशेष सुचनाको आधारमा शनिबार राति ८ बजे छापा मारी उनिहरुको साथबाट कौडा, मोबाइल , १८ लाख ५० हजार पैसा र उनिहरुले प्रयोग गर्ने गरेका विभिन्न ब्रान्डका गाडी बरामद गरेको छ। प्रहरीले विशेष सुचनाको आधारमा ९ जना जुवाडे र उनिहरुको गाडी समेत नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। उक्त जुवा खालबाट मुख्य नाइके मानिएका अर्जुन तुम्रुक फरार रहेको र उनको गाडी भने प्रहरी नियन्त्रणमा रहेको छ। अहिले प्रहरी नियन्त्रणमा रहेको तुम्रुकको गाडी छुटाउन प्रशासनलाई दबाब आइरहेको समेत पाइएको छ। स्रोतका अनुसार जुवा खेलाउन स्थानीय प्रशासनलाई सेटिङ…
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) बाट एकाएक गायब भएका छन् । शनिबार राति लामिछानेको सबै प्लेटफर्मबाट गायब भएका हुन् । गुगलमा इन्डेक्स भएका उनका अकाउन्टहरू सम्बन्धित सामाजिक सञ्जालका प्लेटफर्मबाट भने हटेका छन् । अकाउन्टमा समस्या आएको हो वा उनी आफै गायब भएका हुन् भन्ने विषय अहिलेसम्म बाहिरिएको छैन । लामिछानेको फेसबुकमा ११ लाख, इन्स्टामा तीन लाख ३७ हजार र एक्समा दुई लाख ६६ हजार बढी फलोअर थिए । लामिछानेको एक लाख पाँच हजार बढी सब्स्क्राइबर भएको युट्युब च्यानल भने यथावत छ । सामाजिक सञ्जालबाट लामिछाने एकाएक किन गायब भए भन्ने विषयले चौतर्फी चर्चा पाइरहेको…