काठमाडौँ। पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहस सकिएपछि पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालका अनुसार अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । त्यसै गरी कागेश्वरी मनोहरा नगरपालिका वडा…
ताप्लेजुङ । निरन्तर अविरल वर्षा सँगै आएको बाढीपहिरोले ताप्लेजुङमा ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन्। एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको छ भने आठ घर पूर्णरुपले क्षति भएका छन् । १८ घर उच्च जोखिममा रहेको र जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। जिल्ला प्रशासनले दिएको डाटाबेस अनुसार बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् भने चार सवारीसाधनमा क्षति पुग्नाका साथै दुईवटा काठको मोटरेवल पुलसहित चारवटा पुल बाढीले बगाएको छ। बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेका छन् भने ११ परिवार नजिकैको विद्यालयमा बसेका…
झापा । प्रतिनिधि सभा तर्फ इलाम -१ मा भएको निर्वाचन मत परिणाममा असन्तुष्टि जनाउँदै २०७९ मंसिर २७ गते पुनः निर्वाचनको मागसहित एकीकृत समाजवादीका नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा खारेज भएको छ । रिट खारेज भएसँगै नेकपा एमालेका नेता महेश बस्नेतले वैधानिकता पाएका छन् । २०७९ मङ्सिरमा भएको निर्वाचनको परिणामलाई लिएर सर्वोच्चमा दायर भएको मुद्दा करिब १८ महिनापछि पेशी चढेको थियो । उक्त रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएको थियो। एमाले नेता बस्नेतले २५ हजार ७५३ मत प्राप्त गरेका थिए भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए।
काठमाडौं। नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण खेलाडी दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियतामा छैटौं नम्बरमा परेका छन्। यसअघि ९ नम्बर मा रहेका ऐरी तीन स्थान सुधार गर्दै छैटौँ नम्बरमा आइपुगेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले हालै सार्वजनिक गरेको वरियतामा उनी अस्ट्रेलियाका मार्कस स्टोइनिस, श्रीलंकाका वानिन्दु हसरंगा, बंगलादेशका सकिब अल हसन, अफगानिस्तानका मोहम्मद नाबी र जिम्बावेका सिकन्दर राजाभन्दा मात्र पछाडि छन् । यस्तै ब्याट्सम्यानको विश्व वरियतामा दीपेन्द्र ४६ औँ स्थानमा छन्। रोहित पौडेल ६ स्थान तल खस्केर ६१ औँ नम्बरमा पुगेका छन् भने आसिफ शेख २० स्थानमाथि उक्लिएर ६९ औँ नम्बरमा छन्।
शिवसताक्षी । आफैंले मत दिएर विजय गरी नगर कार्यपालिका पठाएका जनप्रतिनिधि जवाफदेहिताको रुपमा उपस्थित हुन नसक्दा मङ्गलबार शिवशताक्षी नगरपालिका वडा नम्बर ८ का स्थानीय उनीहरूसँग बेचैन बनेका छन् । कतिपयले उनीहरूलाई गैर जिम्मेवार जनप्रतिनिधि सम्म भन्न भ्याए । दुई दिन अगावै वडा कार्यालयले जनताका गुनासा वा सुझाव को सुनवाई गर्न नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की लाई पत्र दिएर निमन्त्रणा गर्यो । पत्रसँगै वडा अध्यक्ष सन्त कुमार फेउदिनले टेलिफोन सम्पर्क गरी कार्यक्रममा गरिमामय उपस्थिति का लागि अनुरोध गरे । तर नगर प्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्की कार्यक्रममा उपस्थित भएनन् । नगर प्रमुख उपप्रमुख मात्र होइन । प्रशासकीय…
झापा । हावाहुरी सँगै परेको अविरल वर्षाका कारण झापाको बिर्तामोड नगरपालिका- ८ स्थित भद्रपुर–बिर्तामोड सडक खण्डको हर्चनादेखि प्याकुरेलसम्मको सडक खण्डमा १० वटा बिजुलीको पोल ढलेको छ । एउटा पोल सोही स्थानका नारायण श्रेष्ठको पक्की घरमा कोल्टिएर अड्केको, अर्को पोल सोही स्थानका कृष्ण श्रेष्ठको पक्की घरमा कोल्टिएर अड्केको र ८ वटा सोही स्थानका कामेश्वर श्रेष्ठको चिया बगानमा ढलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त पोलमा जडित बिर्तामोड नगरपालिकाबाट प्राप्त ५ ओटा सीसी क्यामेरा समेत पोल ढलेर खराब भएको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा । झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा यात्रुबाहक बस र टिपर ठोक्किँदा २१ जना घाइते भएका छन् । आज बिहान ०७ः१५ बजे पूर्वपश्चिम राजमार्गमा झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा ३ ख २१६६ नम्बरको टिपर र पूर्वतर्फ जाँदै गरेको को १ ख ५०८७ नम्बरको बस एक आपसमा ठोक्किएका थिए । घाइतेमध्ये ११ जनाको दमक रिसर्च सेन्टर अस्पताल, नौ जनाको लाइफलाइन अस्पताल र एक जनाको दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक उदयपुर त्रियुगा–३ का ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषा गणेशमान–५ का ३४ वर्षीय शेरबहादुर राई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।
मेचीनगर । हावाहुरी सहित आएको चट्याङमा परी झापाको मेचीनगरमा एक युवती घाइते भएकी छिन्। आज मंगलबार बिहान तीन बजे हावाहुरी र पानी सहित परेको चट्याङ लाग्दा मेचिनगर नगरपालिका वडा न.१५ कालिका झार स्थित अन्दाजि २१ वर्षकी रजिता हस्दा घाइते भएकी हुन्। हावा हुरि सहित आएको चट्याङ लागि घाईते भएकी हस्दालाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र हाल उपचार भैरहेको प्रहरीले जनाएको छ। उनको कम्बर मुनि दुखेको र बोल्न सक्ने मध्यम अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
खै मेरो लोकतन्त्र शान्ता भण्डारी जनयुद्ध घोषणा भो बिद्रोह सशस्त्र को जनता लामबद्ध भो प्रतिकार दमनको । जनपक्षिय अगुवाहरु जनताका प्रतिनिधिहरु समातिन्थे नै दिनहुँ अचम्म थिएन मारिनु । बेपत्ता र घाइतेको गणना नै कहाँ थियो उठिवास कति हुन्थ्यो त्याग्नै घरवास पथ्र्यो । लक्का जवान बाइसको बाइसै पुग्यो बिछोडको अँधेरी थियो बिहानको असार तीन एकासिको । उडी आयो चिलसरी राज्यको क्रुर सिपाही टिपि गयो चल्ला लिई काख आमाको रित्याई । पत्तो आजसम्म छैन सूचना सुइको छैन छ कहाँ बोलिदैन देखाउन मानिदैन । रक्षा दायीत्व उसको किन भक्षक आफै बन्यो प्रश्न छ राज्यलाई मेरो मेरो सन्तान कहाँ गयो ? बिराम के उसको…
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले जनता लक्षित स्थानीय तहको बजेट ल्याउन विभिन्न सरोकारवालाहरूसंग छलफललाई तिब्रता दिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसहित उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतका जनप्रतिनिधि रहेको मेचीनगरले नयाँ आर्थिक बर्ष २०८१/०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा राय सल्लाह सुझावसहित छलफल गरेको हो । नगरपालिकाले नयाँ आर्थिक बर्षको बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा मेचीनगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, सामुदायिक क्याम्पसका क्याम्पस प्रमुख तथा अध्यक्षहरूसंग छलफल सम्पन्न गरेको छ । त्यस्तै नगरका सक्रिय राजनीति दलका प्रमुख, लक्षित समुह (महिला, बालबालिका, आदिवासि, जनजाति, दलित, अपाङ, आदि)का क्षेत्रमा कार्य गर्ने संघसंस्थाका अध्यक्षहरु संग छलफल सम्पन्न…