मेचीनगर। झापामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट फैलिन थालेपछि पहिलोपटक गत जेठ ११ गते बिर्तामोड–५ की ५२ वर्षीया महिलामा संक्रमण देखिएको थियो । त्यसपछि काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषमा र तीन दिनअघि मेचीनगर–९ का ४३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित तीनै जनालाई आइसोलेसनमा राखिएको छ । यसैबीच, नयाँ भेरिएन्ट फैलिएयता देशमै पहिलोपटक कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका–१०, फिक्कलकी ४९ वर्षीया महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । उनी ज्वरो आउने लक्षण देखिएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन्…
मेचीनगर, झापा । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। आजदेखि सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट प्रस्तुत गरिन्। नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रस्तुत बजेटमा नगरस्तरीय योजनाका लागि ५७ करोड ९७ लाख ५२ हजार ५४० रुपैयाँ विनियोजन गरिएको छ। वडा स्तरका योजनाका लागि १६ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। संघ सरकारबाट बित्तीय हस्तान्तरणमार्फत विषयगत सशर्त अनुदान अन्तर्गत ८४ करोड ९५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट त्यही शीर्षकमा दुई…
झापा । झापाको हात्ती समस्या समाधान गर्न सरकारले प्रतिबद्धता जनाएको छ । झापाका हात्ती पीडित तथा सरोकारवालासँगको छलफलमा सरकारको त्यस्तो प्रतिबद्धता आएको हो । नेपाली कांग्रेसका महामन्त्री तथा झापा १ का सांसद विश्वप्रकाश शर्माको संयोजनमा सम्पन्न छलफलमा सरकारका तर्फबाट वनमन्त्री ऐनबहादुर शाहीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो । छलफलमा सांसद शर्माले १५ बुँदे कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । सांसद शर्माको सचिवालयमा सम्पन्न छलफलमा वनमन्त्री शाही, छलफलमा बाहुडाँगी समाजका हिरा आचार्य, नवीन बराल, सन्तोष न्यौपाने, राजेन्द्र खनाल,मनबहादुर राई, मीन राई, गणेश बराल, दीलिप सोङमेन, नेपाली कांग्रेस झापा १ काठमाडौँ सम्पर्क समितिका सभापति प्रज्वल कोइराला लगायत सहभागी हुनुन्थ्यो ।…
मेचीनगर— रिडर्स झापाको आयोजनामा सम्पन्न पाँचौँ संस्करणको कला तथा साहित्य महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। २०७८/८२ आर्थिक वर्षको कार्यक्रममा कूल १३ लाख ९७ हजार ३ सय रुपैयाँ खर्च भएको आयोजकले जानकारी दिएको हो । कार्यक्रममा बुद्ध एयर (रु. ५ लाख), नेशनल ट्रस्ट फर नेचर कन्सरभेसन (NTNC) (रु. २ लाख), नबिल बैंक (रु. २ लाख), पर्यटन कार्यालय (रु. १ लाख ४७ हजार ७५०), र नेपाल टेलिकम, कृषि विकास बैंक, मेची नेत्रालय लगायत २२ संघसंस्था तथा व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भएको हो। महोत्सवमा सबैभन्दा धेरै खर्च हवाई टिकटमा (रु. ३,०३,७००), त्यसपछि आवास (रु. १,६८,१५०) र खानपान (रु. १,६४,६५०) मा भएको छ।…
मेचीनगर, झापा । प्रहरीले झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा बसपार्कबाट हतियार सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ ७:२० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले प्राप्त गोप्य सूचनाको आधारमा भारतको पश्चिम बङ्गाल, दुर्गानगर सिलिगुडी निवासी अन्दाजी ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई नियन्त्रणमा लिएको हो। पाठक सवार WB 70 G 3232 नम्बरको TUV300 मोडलको कार चेकजाँच गर्दा चालक सिटमुनि लुकाइएको अवस्थामा ‘STAR RX (IN XAMPL CO2 001907 4.5 MM) MAKE IN INDIA’ लेखिएको म्याग्जिनसहितको कालो रंगको एयर पेस्तोल जस्तो देखिने एक थान हतियार फेला परेको प्रहरीले जनाएको छ। उक्त पेस्तोलमा प्रयोग हुने ५ थान एयर बुलेट जस्तो देखिने…
मेचीनगर, झापा — पछिल्लो समय नेकपा (एमाले) भित्र नेतृत्वप्रति असन्तुष्टि र राजनीतिक वितृष्णा बढ्दै गएसँगै नेताकार्यकर्ताले धमाधम पार्टी परित्याग गर्न थालेका छन्। ‘जरा अभियान’मार्फत संगठन विस्तारको प्रयासमा जुटेको एमालेका लागि यो क्रम चिन्ताजनक बन्दै गएको छ। झण्डै एक महिना अघि एमालेका पुराना नेता अशोक सुब्बाले ४ दशक लामो राजनीतिक यात्रा टुंग्याउने घोषणा गर्दै एमाले परित्याग गरेका थिए। पार्टी त्यागसँगै सुब्बा निकट कार्यकर्ताहरु पनि निष्क्रिय बनेका थिए। हिजो मात्रै, नेकपा एमालेका अर्का युवा नेता तथा मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ऋषि तिम्सिनाले सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गरेका छन्। पार्टीभित्र सधैँ इमान्दार, शालिन र व्यवहारकुशल नेताको छवि बनाएका तिम्सिनाको यो…
काकडभिट्टा, झापा — मेचीनगर नगरपालिकाको आयोजनामा काकडभिट्टा माविको खेलमैदानमा आजबाट सुरु भएको प्रदेशस्तरिय अन्तर पालिका टि–ट्वान्टी छात्र क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा इलामले बेलबारी क्रिकेट क्लबलाई डिएल मेथोडमार्फत २ रनले पराजित गर्दै विजयी शुरुआत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको इलामले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै ११० रन बनायो। खेम खत्रीले १० बलमा सर्वाधिक २४ रन बनाए भने आयुष बस्नेतले २७ बलमा २४ रन जोडे। त्यस्तै उसाल खाजुमले २४ बलमा २२ र कप्तान नसिभ दुलालले १६ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। बेलबारीतर्फ सुशान्त न्यौपानेले २ विकेट लिँदा राजिव भण्डारी र कोशिश कार्कीले समान १/१…
धुलाबारी, झापा । पासाङ ल्हामू ब्याडमिन्टन क्लब, मेचीनगर–१० को आयोजनामा ‘प्रथम मेचीनगर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता’ भोलिदेखि (शुक्रबार) धुलाबारीमा सुरु हुँदैछ। ‘खेल खेलौं, स्वस्थ बनौं’ भन्ने नारासहित सञ्चालन हुने दुई दिने प्रतियोगिता धुलाबारी टाउनहलमा हुनेछ। क्लबका अध्यक्ष कमल कुमार राउतका अनुसार प्रतियोगितामा मेचीनगरका विभिन्न वडाबाट १८ वटा सिनियर टिम सहभागी हुनेछन्। साथै, ५ वटा जुनियर टिमले पनि प्रतिस्पर्धा गर्ने खेल संयोजक विष्णु तामाङले जानकारी दिए। प्रतियोगितामा जुनियरतर्फका विजेतालाई ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिनेछ। सिनियरतर्फ प्रथम हुने टिमले ११ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रोले ७ हजार र तेस्रोले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ। खेलमा…
वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, तीन सयभन्दा बढी सेवाग्राही लाभान्वित बुद्धशान्ति गाउँपालिका–४, झापा — “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै वीरता लेडी जेसीजको आयोजनामा बुद्धशान्ति गाउँपालिका–४ मा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। २०८२ असार २ गते आयोजित उक्त शिविरमा तीन सयभन्दा बढी सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवाहरू प्राप्त गरेका छन्। विभिन्न सामाजिक, आर्थिक तथा भौगोलिक कारणले अझै पनि धेरै नागरिकहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका सन्दर्भमा “स्वस्थ समाज, समृद्ध राष्ट्र” भन्ने अभियानसहित यो शिविरको आयोजना गरिएको आयोजकले जनाएका छन्। शिविरमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईज्यू प्रमुख अतिथिका रूपमा सहभागी…
बिर्तामोड। पत्रकार राजेन्द्र गौतम ‘गौतम समाज झापा केन्द्रिय समिति’को सचिवमा चयन भएका छन्। झापाको कन्काईमा सम्पन्न समाजको २७औँ वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले गौतमलाई सचिवमा चयन गरेको हो। अधिवेशनकै अवसरमा उनले आफ्ना स्वर्गीय पिता डिल्लीप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन्। ‘स्वर्गीय डिल्लीप्रसाद गौतम स्मृति अक्षयकोष’ नामक कोष रु १ लाखको राशीमा निर्माण गरिने भएको हो। गौतम समाज मेचीनगरका अध्यक्ष केदार गौतमका अनुसार समाजको संरक्षक रहने गरी निर्माण गरिने उक्त कोषको व्याजबाट हरेक वर्ष कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने, जेहेन्दार तथा न्यून आय भएका एक जना विद्यार्थीलाई पुरस्कार दिइनेछ। सो पुरस्कार आगामी वर्षदेखि वितरण गरिने जनाइएको…