Purbi Garjan

नेपाल -भारत सिमानाकाबाट वन्यजन्तुका हड्डी र अंगसहित दुई नेपाली पक्राउ

नेपाल -भारत सिमानाकाबाट वन्यजन्तुका हड्डी र अंगसहित दुई नेपाली पक्राउ

नेपाल -भारत सिमानाकाबाट वन्यजन्तुका हड्डी र अंगसहित दुई नेपाली पक्राउ

पानीटंकी, भारत । नेपाल- भारत सीमास्थित काकडभिट्टा - पानीटंकी नयाँ पुल क्षेत्रबाट वन्यजन्तुका हड्डी तथा अंगसहित दुई जना नेपाली नागरिक पक्राउ परेका छन्। पुस १७ गते राति करिब ९:४० बजे भारतको सशस्त्र सीमा बल (एसएसबी) अन्तर्गत सी कम्पनी, पानीटंकीको टोली नेपाल - भारत आवतजावत गर्ने यात्रु तथा सामानको नियमित जाँच तथा खानतलासीमा खटिएको थियो। सोही क्रममा नेपालबाट सिलिगुडी (भारत) तर्फ जाँदै गरेको एउटा ट्याक्सी जाँच चौकीमा रोकिएको थियो। एक्स–रे स्क्यानरमार्फत झोला जाँच गर्दा दुई जना यात्रुहरूले शंकास्पद व्यवहार देखाएपछि सुरक्षा टोलीले झोला गहिरो रूपमा जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको झोलाभित्र जनावरका हड्डी तथा अन्य अंगहरू फेला परेपछि दुवै जनालाई…
Read More
मिडिया कपको संरक्षकमा मेचीनगर पालिका, आधा दर्जन संस्थाहरु जोडिए

मिडिया कपको संरक्षकमा मेचीनगर पालिका, आधा दर्जन संस्थाहरु जोडिए

मेचीनगर, १९ पुस । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ का लागि विभिन्न संघसंस्थाहरुले सम्झौता गरेका छन् । मिडिया कपको संरक्षकको रुपमा मेचीनगर नगरपालिका रहेको छ भने नगर खेलकुद विकास समिति मुख्य सहयोगी बनेको छ । मिडिया कपलाई भव्यरुपमा सम्पन्न गराउनका लागि दाताहरुले सहयोगको हात अगाडि बढाएका छन् । पुस १९ गतेसम्म प्रेस क्लब मेचीनगरसँग आधा दर्जन संघ संस्थाहरुले सम्झौता गरिसकेको क्लबका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । मिडियाकपका लागि पर्यटन कार्यालय काँकरभिट्टा, इष्ट होराइजन मावि, होटल मेची क्राउन, बिर्तामोड एजुकेशन धुलाबारी शाखा, उदेश्य निर्माण सेवा मेचीनगर, सहारा नेपाल साकोस, टिमुर चामल विराटनगर, अशोक मसला, मेचीनगर वडा…
Read More
भद्रपुर विमानस्थलमा बुद्ध एयरको एटीआर–७२ दुर्घटनाग्रस्त

भद्रपुर विमानस्थलमा बुद्ध एयरको एटीआर–७२ दुर्घटनाग्रस्त

भद्रपुर, झापा । आज साँझ करिब ९ :१० बजे, झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर (चन्द्रगढी) विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको ATR–72 (फ्लाइट नम्बर 901) विमान दुर्घटनाग्रस्त भएको छ । काठमाडौँबाट ५१ जना यात्रु र ४ जना चालक दलसहित भद्रपुरका लागि उडेको उक्त विमान रन–वेमा अवतरण गर्ने क्रममा पूर्वतर्फ ओभररन भई करिब ३०० मिटर अगाडि भासिँदा क्षतिग्रस्त भएको हो । दुर्घटनापछि तत्काल उद्धार कार्य सुरु गरिएको र सबै यात्रु तथा चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको जनाइएको छ । हालसम्म मानवीय क्षतिबारे यकिन विवरण आउन बाँकी रहेको र सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय…
Read More
सशस्त्र प्रहरीले चलाएको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु

सशस्त्र प्रहरीले चलाएको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु

सुनसरी । जिल्ला प्रशासन कार्यलय सुनसरीमा भएको सहमति अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कार्वाही गरिने छ । मृतकको श्रीमती र छोरालाई जागिर लगाइने छ । काजकृया र क्षतिपूर्ति बापत सहयोग उपलब्ध गराइने छ ।     सर्वपक्षीय सहमति पश्चात् प्रशासनमा वार्तामा बसेकाे मृतक पक्षका आफन्त र स्थानीयले आन्दाेलनरत पक्षलाई आन्दोलन र प्रदर्शन फिर्ता लिन आग्रह गरेकाे छ ।
Read More

झापामा अटो पल्टिँदा चालकको मृत्यु

झापा । झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक भित्रि पक्की सडक खण्डमा धरमपुर चोकबाट चर्चावारि घरतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनामा परी अटो चालक चेम्जोङको टाउकोमा गम्भीर चोट लागेर उपचारको लागि दमक अस्पताल पठाइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।
Read More
इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२ को लोगो सार्वजनिक

इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२ को लोगो सार्वजनिक

मेचीनगर । मेचीनगर प्रेस क्लबको आयोजनामा हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ को लोगो सार्वजनिक गरिएको छ । मंगलबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित कार्यक्रममा लोगो सार्वजनिक गरिएको हो । ट्रफी आकारको लोगोमा सबैभन्दा माथि फुटबल राखिएको छ भने फुटबलभित्र मेचीनगरका प्रमुख पर्यटकीय स्थलहरू समावेश गरिएको छ । लोगोको बीच भागमा नेपाल र भारतका झण्डा अंकित छन् । उक्त लोगोले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ । प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका–७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले लोगो सार्वजनिक गरेका हुन् । कार्यक्रममा प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष…
Read More
काकडभिट्टा बहुमुखी क्याम्पसको २७औँ वार्षिकोत्सव सम्पन्न, शिक्षक–कर्मचारीसहित विद्यार्थी पुरस्कृत

काकडभिट्टा बहुमुखी क्याम्पसको २७औँ वार्षिकोत्सव सम्पन्न, शिक्षक–कर्मचारीसहित विद्यार्थी पुरस्कृत

मेचीनगर। काकडभिट्टा बहुमुखी क्याम्पसको २७औँ स्थापना दिवस तथा वार्षिकोत्सव सोमबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षा हरेक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सामुदायिक क्याम्पसको संरक्षण र सुधारमा सबै पक्षको भूमिका आवश्यक रहेको बताउनुभयो। वार्षिकोत्सवका अवसरमा व्यवस्थापन संकायका शिक्षक मणिकुमार लिम्बु, शिक्षा संकायका शिक्षक पुष्पप्रसाद पौडेल तथा कर्मचारी कृष्ण राजवंशी लाई सम्मान गरिएको थियो। साहित्यिक कार्यक्रममा कवितातर्फ नविन फूयाँल (प्रथम), युवराज राई (दोस्रो) र अभिषेक राजवंशी (तेस्रो) भए। शैक्षिक उत्कृष्टतामा प्रास्ना गिरी र अनुप राई पुरस्कृत भए। स्नातक तह व्यवस्थापन संकाय बोर्ड परीक्षामा उत्कृष्ट…
Read More

कुलमान, रवि र बालेन मिल्न तयार, प्रधानमन्त्रीमा अड्कियो कुरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन साहबीच चुनावी सहकार्यबारे सहमति जुटे पनि आलोपालो प्रधानमन्त्रीमा कुरा नमिलेको बुझिएको छ । केही दिनयता तीन नेताबीच निरन्तर संवाद भैरहेकोमा प्रधानमन्त्रीमा कसलाई अघि सार्ने भन्ने विषयले टुंगो पाउन नसकेको बताइन्छ । भनिएअनुसार बालेन र रविबीच आलोपालो प्रधानमन्त्रीको भागबण्डामा मोटामोटी सहमति भए पनि पहिलो कार्यकाल कसले खाने भन्नेमा गाँठो परेको छ । अहिले बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित निवासमा रवि र बालेनबीच छलफल जारी छ । निर्णायक भनिएको छलफलमा एक जनालाई भावी प्रधानमन्त्रीमा अघि सारेर जानेगरी सहमतिको प्रयास भइसकेको बुझिएको छ । भरे-भोलिसम्म…
Read More

मेयर बालेन शाहसँग वार्ता गरेर निस्किए रबि

रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् । उनीहरूबीच भएको कुराकानीबारे विस्तृत जानकारी आउन बाँकी छ ।
Read More

ताप्लेजुङको फक्तालुङमा आगलागी हुँदा ९ लाखको क्षति

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ हेल्लोकमा आगलागी हुँदा ९ लाख रुपियाँ बढीको क्षति भएको छ । बुधबार साँझ करिब ५ बजेको समयमा स्थानीय दर्शन लिम्बूको घरमा आगलागी हुँदा उक्त बराबरको क्षति भएको हो। घरमा ठूला मान्छे नभएको बेला साना बच्चाहरूले आगो ताप्नका लागि बालिएको आगोबाट घरमा आगो सल्की आगलागी भएको प्रहरी नायब उपरीक्षक डीएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट ढुङ्गा, माटो र काठले बनेको एक तले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । घरभित्र रहेको अन्नपात, काठपात, लत्ताकपडा, भाँडाकुँडा, नगद २० हजार रुपियाँ र घरधनी लिम्बू तथा श्रीमती हेमकला लिम्बुको नागरिकता प्रमाणपत्रसहित अन्य…
Read More
ne_NPNepali