झापा । जेनजेड आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित फेला परेको छ। असोज २६ गते बिहान करिब ७ः३० बजे दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिरको पूर्वपट्टि रहेको गेट नजिक बेवारिसे अवस्थामा बन्दुक फेला परेको स्थानीयले जानकारी दिएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले घटनास्थलमा पुगेर सो बन्दुक २०८२ भदौ २४ गते जेनजेड आन्दोलनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल भएको पुष्टि गरेको छ। म्यागजिनसहित फेला परेको उक्त हतियार बरामद गरी अहिले इलाका प्रहरी कार्यालय दमकमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
झापा, १४ असोज । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा दुई छक्कासहित…
झापा, १४ असोज । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ। दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । शास्त्रीय मान्यताअनुसार यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप नष्ट हुने विश्वास गरिन्छ । सेतो वर्ण र सेतो पहिरन धारण गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको…
झापा, १३ असोज । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले पूर्व प्रधानमन्त्री ओलीसहित पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको हकमा विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको आयोगका सदस्य विज्ञान राज शर्माद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोगले छानबिन तथा जाँचबुझको सिलसिलामा उहाँहरू अनुसन्धानको दायरामा रहेकोले निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नु…
झापा, १३ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी,…
इलाम, १२ असोज । इलामको सूर्योदय नगरपालिका–६ हर्कटेस्थित मेचीराजमार्गमा सोमबार बिहान करिब ८ बजे दुई मोटरसाइकल आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। इलामबाट झापा तर्फ जाँदै गरेको प्रदेश ०२–००७ प ८८६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०३–००१ प ४८५१ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। दुर्घटनामा इलाम रोङ गाउँपालिका–३ का २६ वर्षीय विजय तामाङ (४८५१ नम्बरका चालक) दाहिने हात र पेटमा चोट लागी प्रारम्भिक उपचारपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ। उनीसँगै रहेका झापा गौरदह नगरपालिका–७ का २० वर्षीय सन्दीप सिटौलाको अनुहारमा चोट लागी मनमोहन अस्पतालमै पठाइएको छ।…
काठमाडौँ, ११ असोज । राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको जानकारी दिनुभयो । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।
पाँचथर, ११ असोज । तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन थालेको लामो समय भइसकेको छ । एक सय १० किलोमिटर सडकमध्ये हालसम्म ५४ किलोमिटर कालोपत्र नै भइसकेको छ । तर यस सडकमा पर्ने साँवा खोलाबाहेक अन्यत्र कुनै पनि खोलामा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा वर्षायाममा अचानक आउने बाढीका कारण सवारीका साधन गन्तब्यमा पुग्न नपाइबीचमै रोकिने गरेका छन् । तमोर कोरिडोर सडकको…
झापा, ११ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमामा आज सात वटा खेल हुँदैछन् । आज म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्ड, लिड्स युनाइटेड र बर्नमाउथ, चेल्सी र ब्राइटन, म्यानचेस्टर सिटी र बर्नली, क्रिस्टल प्यालेस र लिभरपुल, नटिङघम फरेस्ट र सन्डरल्याण्ड तथा टोटनहम र उल्भ्सको खेल हुँदैछ । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार बेलुका सवा पाँच बजे म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डले खेल्नेछन् । त्यस्तै राति पौने आठ बजे लिड्स युनाइटेड र बर्नमाउथ, चेल्सी र ब्राइटन, म्यानचेस्टर सिटी र बर्नली तथा क्रिस्टल प्यालेस र लिभरपुलबीच खेल हुनेछ । त्यस्तै राति सवा १० बजे नटिङघम फरेस्ट र सन्डरल्याण्डले खेल्दा पौने एक बजे टोटनहम र उल्भ्सको…
झापा, १० असोज । नेपाल प्रहरीले प्रहरी जवान र कार्यालय सहयोगी पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै झण्डै १६ सय पद पूर्तिका लागि आवेदन माग गरेको हो । सूचना अनुसार जनपद प्रहरी जवानतर्फ १,५५३ पद, कार्यालय सहयोगी हजामतर्फ ११ पद, कुचीकारतर्फ १५ पद र खेलाडीतर्फ १५ पद खुला प्रतियोगिताबाट समावेशी प्रावधानअनुसार भर्ना गरिनेछ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म आवेदन दिन सक्नेछन् । खेलाडीतर्फ आवेदन दिन चाहनेले फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते र तेक्वान्दो विधामध्ये कुनै एकमा…