Purbi Garjan

अपदस्त र असफल दलहरूबाट देशले निकास नपाउने देशभक्त युवा अभियान नेपालको निष्कर्ष

अपदस्त र असफल दलहरूबाट देशले निकास नपाउने देशभक्त युवा अभियान नेपालको निष्कर्ष

अपदस्त र असफल दलहरूबाट देशले निकास नपाउने देशभक्त युवा अभियान नेपालको निष्कर्ष

काठमाडौं, १८ कात्तिक । देशभक्त युवा अभियान नेपालले जेन–जी विद्रोहपछिको अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबारमा काठमाडौं पत्रकार सम्मेलन गर्दै अभियानले राष्ट्रिय निकासका लागि ७ बुंदा र उपायहरु समेत सार्वजनिक गरेको हो । देशभक्त युवा अभियान नेपालले अबको निकासका लागि सर्वपक्षीय राष्ट्रिय सभा, चुनाव प्रणालीमा व्यापक सुधार, शासकीय स्वरुपमा परिवर्तन, प्रगतिशील एजेण्डा,जेन–जीसहितको संयुक्त मोर्चा, गतिशील युवा पुस्ताको राजनीतिमा सहभागिता लगायतको उपाय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । अभियानले भ्रष्टाचारका विरुद्ध शक्तिशाली आयोग बनाएर छिटोभन्दा छिटो छानबिन गरि दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाउन दबाब समेत दिएको छ । त्यस्तै, अभियानले विचारहरुको सौहार्द प्रतिस्पर्धा, मौलिक अर्थतन्त्रको निर्माण,…
Read More
एलभिडी झापा महिला गोल्डकपः उपाधि दाबेदार एपिएफ आज सिक्किमको सिंग्लिङसँग भिड्दै

एलभिडी झापा महिला गोल्डकपः उपाधि दाबेदार एपिएफ आज सिक्किमको सिंग्लिङसँग भिड्दै

झापा, कात्तिक १८ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको दोस्रो क्वार्टर फाइनल खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लब आमनेसामने हुँदैछन् । अघिल्ला सिजनसम्मका सबै महिला गोल्डकपको उपाधि जित्न सफल एपिएफ यसपटक पनि मुख्य उपाधि दाबेदारको रूपमा मैदानमा उत्रने तयारीमा छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको एपिएफलाई पुनः उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ । नियमित गोलरक्षक एन्जिला तुम्बापो, स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर प्रिति राई टोलीमा रहेका छैनन् । यी खेलाडीहरूको अनुपस्थितिले टोलीको आक्रमण र गोलकिपिङ दुवैमा असर पार्न सक्ने अनुमान गरिएको छ । पाहुना टोली सिंग्लिङ…
Read More

आज हरिबोधिनी एकादशी : तुलसीलाई दामोदरसँग विवाह गरिँदै

झापा, १५ कात्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो…
Read More

मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण

मेचीनगर , १४ कात्तिक । मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ । मेचीनगर–१५ मा निन्दा नदीमाथि चौधरीचोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त मल्टिस्पान पुल सञ्चालनमा आएपछि नदीको पश्चिम किनारका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय र स्वास्थ्य संस्था आउजाउ गर्न सहज भएको मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले बताउनुभयो । पुल नहुँदा सामान्य स्वास्थ्य सेवा लिन १० किलोमिटर घुम्नुपथ्र्यो भने अहिले डेढ किलोमिटरको यात्रा गरेपछि अस्पतालसम्म सहजै पुग्न सकिन्छ । पुल बनेपछि कृषि उपज हाटबजार पुर्याउन तथा त्यहाँबाट दैनिक उपभोगका…
Read More

आज रातिदेखि भारी वर्षाको सम्भावना

झापा, १३ कात्तिक । दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । “यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ”, मौसमविद् अधिकारीले भन्नुभयो, “आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।”   उहाँले आज दिनभरी बाग्मती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको बताउनुभयो । जसमा गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ । बुधबारदेखि परेको…
Read More

इलामको देउमाईमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

 निशान निराेैला , इलाम । इलामको देउमाई नगरपालिका–१, कुखुरेस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, मिति २०८२ साल कात्तिक १३ गते बिहान करिब १०:३० बजे, तेह्रथुमबाट झापा तर्फ जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र इलामबाट पाँचथर तर्फ जाँदै गरेको प्रदेश १–०१–०१६प १३६७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी रक्सेबाट प्रहरी निरीक्षक रोजन नेम्बाङको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइते १० जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको इलाम प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक र…
Read More

इभी दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पा, १२ कात्तिक । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा लु प ०१—००१ज ००९१ नम्बरको इभी भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ई भी चालक रैनादेवी ४ का कमल रायमाझी, सोही वडा मेहालढापका राम बहादुर गाहा र सोही गाउँपालिका वडा नं१, छहरा(सिद्देश्वरका मुक्तबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र पंजियार थारुले जानकारी दिनुभयो । आज बिहान बुटवलबाट छहरा मेहालढापको लागी छुटेको गाडी दुर्घटनामा परेको स्थानीयले बताएका छन् । घटना साँढे १० बजेको सेरोफेरोमा भए पनि घटनाको जानकारी करिब साँढे १ बजे भएको स्थानीय ईश्वर ज्ञवालीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पाल्पाका दिएको जानकारी…
Read More

झापामा रात्रि बस दुर्घटना : १९ जना घाइते, ६ जना सकुशल गन्तव्यतर्फ

झापा, ११ कार्तिक । झापा जिल्लाको शिवसताक्षि नगरपालिका–१० स्थित माईधार चौक नजिकै पूर्व–पश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको रात्रिकालीन बस दुर्घटनामा परेको छ। मङ्गलबार बिहान करिब ४:०० बजे प्र.१–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा १९ जना यात्रु घाइते भएका छन्। बसमा जम्मा २५ जना यात्रु सवार थिए। दुर्घटनापछि घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको छ भने बाँकी ६ जना यात्रुहरू सकुशल रूपमा आ–आफ्नो गन्तव्यतर्फ गएका छन्। बस घटनास्थलमै रहेको र सडकमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।   दुर्घटनास्थलमा माईधार प्रहरी चौकीबाट प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित…
Read More

झापामा रगतको अभाव, रेडक्रसको रक्तदानका लागि अपिल

झापा, १० कात्तिक । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको छ। हाल ६ वटा रक्तसञ्चार केन्द्रमा जम्मा २०० पिन्ट रगत मौज्दात रहेको छ भने दैनिक मिर्गौला डायलाइसिस र अन्य उपचारका लागि १०० पिन्ट रगत आवश्यक पर्ने बताइएको छ। अध्यक्ष लोकराज ढकालले दसैँ, तिहार, छठलगायत चाडपर्व तथा असोज १८–२० गतेको वर्षा र विपद्का कारण रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको बताए। उनले १८ वर्षमाथिका व्यक्तिहरूलाई नजिकको रक्तसञ्चार केन्द्रमा गएर स्वस्फूर्त रक्तदान गर्न आग्रह गरे। उनले भने, “रगत माग्ने मात्र होइन, आफैँ पनि रक्तदान गरौँ। बिरामीका लागि रगत लिन जाँदा दुई–तीन जना रक्तदाता लिएर जाऔँ।” रेडक्रससँग सबै रक्त समूहका…
Read More
जेन-जी बिद्रोहले संसदीय व्यवस्थाको असफलता सिद्ध गरेको छ- विप्लव

जेन-जी बिद्रोहले संसदीय व्यवस्थाको असफलता सिद्ध गरेको छ- विप्लव

कपिलवस्तु।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जेनजी बिद्रोहले संसदीय व्यवस्थाको असफलता सिद्ध गरेको दाबी गरेका छन् ।नेकपा केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै महासचिव विप्लवले उक्त कुरा बताएका हुन। "जेनजी बिद्रोह काङ्ग्रेस, एमाले र माओवादी केन्द्र जस्ता पार्टी र तिनका नेताहरूको मात्रै असफलता होइन"- उनले भने  -"यो अन्ततः देशको अर्थ-राजनीतिक व्यवस्थाको असफलता हो, यसले संसदीय व्यवस्था अब संभव छैन भन्ने कुरालाई नै स्पष्ट गरेको छ।" सम्बोधनको क्रममा महासचिव विप्लवले नेपालमा सत्ता, समाज र राज्यका हरेक निकायमा भएको दलीयकरण, भ्रष्टाचार लगायतका कारणले जेनजी बिद्रोह जन्माएको भएपनि बिद्रोहको परिणाम पश्चगमन र यथास्थितिवादतर्फ मोडिएको बताए। महासचिव विप्लवले जेनजी बिद्रोहका आन्तरिक…
Read More
ne_NPNepali