Purbi Garjan

बाहुणडाँगी जेसिज : रक्तदान गर्दै वर्ष २०२५ को सुरुवात

बाहुणडाँगी जेसिज : रक्तदान गर्दै वर्ष २०२५ को सुरुवात

बाहुणडाँगी जेसिज : रक्तदान गर्दै वर्ष २०२५ को सुरुवात

मेचीनगर। सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आइरहेको बाहुणडाँगी जेसिजले वर्ष २०२५ को पहिलो कार्यक्रम रक्तदान कार्यक्रमबाट सुरुवात गरेको छ। मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै बुधबार बाहुणडाँगीमा रक्तदान कार्यक्रम सम्पन्न भएको वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाइँले जानकारी दिए। जेसिज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी रोशन गिरीको संयोजनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा जेसीजको बर्ष २०२५ को सिङ्गो बोर्ड , पुर्व अध्यक्षहरु, समाजसेवी, बुद्धिजीवी व्यक्तिहरु, नेपाल प्रहरी र जेसीज सदस्यहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा ५ जना महिला सहित २५ जनाले रक्तदान गरेको संयोजक रोशन गिरीले बताए । कार्यक्रमका अध्यक्ष साथै बाहुण्डाँगी जेसीज…
Read More
लेखा अधिकृतविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति: शिक्षकसहित तीनजनाविरुद्ध उजुरी

लेखा अधिकृतविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति: शिक्षकसहित तीनजनाविरुद्ध उजुरी

कचनकवल। झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुई व्यक्तिहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका  छन्। उजुरीमा सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिएर आफ्नो नाम, पद, र प्रतिष्ठामा आँच पुर्याइएको, धम्कीपूर्ण वातावरण सिर्जना गरिएको र कार्यक्षेत्रमा मानसिक दबाब पारेको आरोप लगाइएको छ। रिजालले पेश गरेको निवेदनमा लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक रत्नकुमार बुढाथोकीले फेसबुकमा लेखा अधिकृतलाई लक्षित गर्दै धम्कीपूर्ण शैलीमा लेखेका अभिव्यक्तिहरूलाई मुख्य प्रमाणका रूपमा समावेश गरिएको छ। बुढाथोकीले ‘भोलि शिक्षकको तलब आएन भने पर्सी सुरक्षाकर्मी अगाडि पछाडि राखेर बस्नु कचनकवलको लेखा अधिकृतज्यू’ लगायतका धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक गरेका थिए। साथै, उनले लेखा अधिकृतको…
Read More
गैँडाको खाग र लागूऔषधसहित काँकडभिट्टाको होटलबाट भारतीय नागरिक पक्राउ

गैँडाको खाग र लागूऔषधसहित काँकडभिट्टाको होटलबाट भारतीय नागरिक पक्राउ

मेचीनगर। दुर्लभ वन्यजन्तुको सुचीमा रहेको गैँडाको खाग र लागूऔषध सहित काकडभिट्टाबाट भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार दिउँसो ३ः३० बजे मेचीनगर ६ काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसबाट प्रतिबन्धित लागूऔषध र खाग सहित उनलाई पक्राउ गरिएको हो । हिमालय गेष्ट हाउसको कोठा नं. १०२ बुकिङ गरी बसेका भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामले लागूऔषध ल्याई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले कोठा तलासी लिएको थियो । त्यसक्रममा इन्टेक्स लेखिएको काटुनभित्र १ केजी ७०० ग्राम तौल भएको गैँडाको खाग, प्लाष्टिकसहित ३ ग्राम ७६० मिलिग्राम ब्राउनसुगर, पाइइभोन स्पास प्लस लेखिएको ट्याब्लेट…
Read More
सेती नदिको ड्याममा खसेका युवाको शव सशस्त्र प्रहरीको टोलीले भेट्टायो

सेती नदिको ड्याममा खसेका युवाको शव सशस्त्र प्रहरीको टोलीले भेट्टायो

कास्की । सेती नदिको ड्याममा खसेका एक युवाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेट्टाएको छ। पुस २४ गते साँझ ७:२०बजेको समयमा कास्की पोखरा महानगरपालिका १६ दिपहाउजिङ्ग नजिकै बस्ने कैलाली धनगढिका एक युवाको सेती नदिको ड्याममा खसेर मृत्यु भएको छ। पश्चिममाञ्चल ईन्जिनियरिङ्ग कलेज लामाचौरमा अध्ययनरत पो.म.न.पा १९ लामाचौरमा डेरा गरि बस्ने वर्ष २१ का संगम पौडेल सेती नदीको ड्याममा खसेका थिए। उनी खसेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा १३ जना (४जना गोताखोर र ९ जना ) बिशेष विपद् व्यवस्थापनको टोली खोजतलासका लागि पुगेको थियोे । साँझ ७:३०बजे खोजतलासका लागि पुगेको प्रहरी टोलीले ८:२५ बजेको समयमा उनको शव…
Read More
अखिल (समाजवादी)झापाद्वारा २४ विद्यार्थी बालबालिकालाई टोपी र पन्जा वितरण

अखिल (समाजवादी)झापाद्वारा २४ विद्यार्थी बालबालिकालाई टोपी र पन्जा वितरण

विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी ) झापाले बढ्दो चिसोलाई मध्यनजर गर्दै स-साना विद्यार्थीहरुलाई टोपी तथा पन्जा वितरण अभियान शुरु गरेको छ। अखिल(समाजवादी) झापाले झापाका विभिन्न विद्यालयहरुमा चिसो बढेसङ्गै न्यानो कपडा,स्विटर,पन्जा,टोपी जस्ता सामग्रीहरु बितरण गर्दैछ। जस अन्तर्गत आज अर्जुनधारा-२ झेलेनिस्थित सरस्वती आधारभुत विद्यालयका २४ जना विद्यार्थीहरुलाई टोपी र पन्जा वितरण गरिएको संगठनका केन्द्रिय सदस्य डिपि सीले जानकारी दिए। हरेक कुरालाई राजनैतिक दृष्टिकोणबाट मात्रै हेर्न नहुने बताउँदै सामाजिक कामहरू जसले गरेपनि सबैले समर्थन गर्नुपर्ने उनले बताए । सगंठनले झापाका विभिन्न विद्यालयहरुमा सामग्री बाड्ने तयारी भैरहेको पनि उनले जानकारी दिएका छन्।
Read More
आफ्नो गल्ती र असफलता ढाकछोप गर्न संविधान संसोधनको नाटक गरियो – विप्लव

आफ्नो गल्ती र असफलता ढाकछोप गर्न संविधान संसोधनको नाटक गरियो – विप्लव

प्रविण अधिकारी सुनसरी । नेकपाका महासचिव विप्लव सी ले अहिले सत्तामा रहेका काङ्ग्रेस र एमालेले आफ्ना गल्ती र असफलताको ढाकछोप गर्न संविधान संसोधनको नाटक मञ्चन गरिएको उल्लेख गरेका छन्। आज सुनसरीको धरानमा आयोजित पार्टी ध्रुवीकरण तथा राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संसदीय पार्टीहरुले देश र जनताको हितमा काम गर्दा कानुनले बाधा पुर्‍याए संशोधन गर्न आवश्यक भएपनि आफ्नो अपराध र गल्तीको ढाकछोप गर्न गरिने संसोधन अपराध सरह भएको उल्लेख गरेका हुन्। पछिल्लो समय नेपाली काङ्ग्रेस , एमाले र माओवादी पुजीवादीहरुको पार्टी बनेको र उनिहरु चरम अपराधिक गतिविधिमा संलग्न हुँदै गएकाले आफ्ना असफलता र अपराधको ढाकछोप गर्न संविधान संसोधन गर्न लागिपरेका…
Read More
अमेरिका सेना लिएर नेपाल आउन चाहन्छ -विप्लव

अमेरिका सेना लिएर नेपाल आउन चाहन्छ -विप्लव

प्रविण अधिकारी  सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले अमेरिका आफ्नो सेना लिएर नेपाल आउन चाहेको बताएका छन्। पार्टी ध्रुवीकरण तथा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले अमेरिकाले नेपालमा आफ्ना सेना उतारेर चिन घेर्ने, कम्युनिस्टहरुलाई सक्ने र दलालहरु खडा गरेर नेपालका प्राकृतिक स्रोत साधन कब्जा गर्ने नितिका साथ अगाडि बढिरहेको बताएका हुन्। अमेरिकाले पछिल्लो समय नेकपाबाट असुरक्षित महसुस गर्दै राष्ट्रघाती एमसिसी परियोजना जबर्जस्त लाद्न दलाल राष्ट्रघातिहरु देखि गुन्डागर्दी सम्म प्रयोग गरिरहेको उनले बताए। एमसिसी राष्ट्रघाती परियोजना रहेको र नेकपाले यसको विरुद्ध जस्तोसुकै संघर्ष गर्न तयार रहेको समेत विप्लवले उद्घोष गरेका छन् । विप्लवले सबैलाई यस विषयमा सचेत…
Read More
विश्वका हरेक तह र तप्कामा माओवादी पुगेको छ – विप्लव

विश्वका हरेक तह र तप्कामा माओवादी पुगेको छ – विप्लव

प्रविण अधिकारी  सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले अहिले हरेक तह र तप्कामा माओवादी रहेको बताएका छन्। आज सुनसरीको धरानमा आयोजित पार्टी ध्रुवीकरण तथा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले आज विश्वभर माओवादी पुगेको बताएका हुन्। माओवादी जनयुद्ध लड्दै आएका माओवादीहरु अहिले नेपालका हरेक पार्टीमा रहेको र देशबाहिर समेत विभिन्न देशहरुमा माओवादी पुगेको उल्लेख गरेका हुन्। महासचिव विप्लवले जनयुद्ध लडेका लडाकु कमान्डर हरु अहिले रुस युक्रेन युद्धमा समेत नेतृत्व गरिरहेको बताउँदै अब फेरि सबै माओवादीहरु एकै ठाउँमा उभ्भिने बेला आएको बताएका छन्। उनले आज विभिन्न पार्टीमा पुगेका पुराना माओवादी नेताकार्यकर्तालाई स्वागत गर्दै अब देशको नेतृत्व नेकपाले…
Read More
चुनाव संघर्ष मोर्चाकै एक विकल्प -सुमनसिंह

चुनाव संघर्ष मोर्चाकै एक विकल्प -सुमनसिंह

प्रविण अधिकारी  धरान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सुमनसिंहले देश र जनताको भविष्य निर्माण गर्ने अबको एकमात्र विकल्प नेपाल कम्युनिस्ट पार्टी भएको र चुनावी मोर्चा संघर्षको एक विकल्प भएको  बताएका छन्। आज सुनसरीको धरानमा आयोजित राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा नेता सिंहले पछिल्लो विश्व राजनीतिक घटनाक्रम र नेपालको पछिल्लो परिस्थिति बारे विश्लेषण गर्दै नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको नेपाली विशेषताको समाजवाद नै अबको देश र जनताको सुनौलो भविष्यको आधार रहेको बताएका हुन्। आजको समाजले नयाँ नयाँ कुरा चाहेको र पुराना राजनीतिक दलप्रति वितृष्णा बढेका बेला विभिन्न शक्ति राष्ट्रहरुले नयाँ नयाँ पात्र…
Read More
पुर्वमा विप्लव: एमाले, समाजवादी र माओवादीका नेताहरु नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्दै

पुर्वमा विप्लव: एमाले, समाजवादी र माओवादीका नेताहरु नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्दै

प्रविण अधिकारी धरान। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी यतिबेला पुर्वको धरान आइपुगेका छन्। महासचिव विप्लवले आज धरानमा नेकपा एमाले, नेकपा एस र माओवादी केन्द्रका अधिकांश प्रदेश तथा जिल्ला तहका नेताहरूलाई पार्टीमा ध्रुवीकरण गराउने छन्। प्राप्त जानकारी अनुसार माओवादी नेता खेम प्रधान (बलिदान), नेकपा (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य कृपाल सुवेदी, नेकपा एसका केन्द्रीय सदस्यहरु किरण ओझा, राधा कृष्ण आचार्य, एमाले जिल्ला सदस्य रिता पासवान, जनमत पार्टीको केन्द्रीय सदस्य मन्जु सरदार लगायत छन्। त्यस्तै नेकपा प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका प्रदेश सदस्य हरी श्रेष्ठ, माओवादीबाटै पप्पू खान, पर्शुराम राई, धन बहादुर थापा , उषा श्रेष्ठ, गंगा गिरी, हरी बस्नेत लगायतका नेताकार्यकर्ता…
Read More
ne_NPNepali