Purbi Garjan

समाजबादी मोर्चा झापाको बैठक सम्पन्न

समाजबादी मोर्चा झापाको बैठक सम्पन्न

समाजबादी मोर्चा झापाको बैठक सम्पन्न

बिर्तामोड ।  झापाका तीन वटा राजनीतिक दलहरुको छलफलले  बिभिन्न निर्णय गरेको छ । आज (सोमवार)  विर्तामोडमा बसेको बैंठकले सो निर्णय गरेको हो । समाजवादी मोर्चा झापाको बैठक मोर्चाका संयोजक सुमनसिंह सीको अध्यक्षतामा बसेको थियो । बैठकमा नेकपा (माओवादी केन्द्र) झापाका इन्चार्ज रन्जित तामाङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बेदराज रेग्मीलगायत मोर्चा घटक दलका नेताहरु लक्ष्मी न्यौपाने सरु, अर्जुन सी, राजु आचार्य (अग्नि), तीर्थ सिग्देल, बासु दुलाल खगेन्द्र सुवेदीलगायतको उपस्थितिमा भएको  निर्णयहरु लिएको मोर्चाका नेता बासु दुलालले जानकारी दिए । फागुन २१ गते शहिद सप्ताह सुखानी दिवस सुखानी शाहदत स्थलमा समाजवादी मोर्चा झापाले कार्यक्रम गर्ने, सुखानी शाहदत स्थल मार्फत सिंगो देशलाइ…
Read More
सिद्धी हाइड्रोका कारण रोङका आधा दर्जन घर जोखिममा

सिद्धी हाइड्रोका कारण रोङका आधा दर्जन घर जोखिममा

गोविन्द पौडेल रोङ । निर्माणाधीन सिद्धी खोला जलविद्युत् आयोजनाका कारण इलामको रोङ गाउँपालिका-६ का करिब आधा दर्जन घर जोखिममा परेका छन्। रोङ गाउँपालिका-६ र सूर्योदय नगरपालिका-५ को सीमाना भएर बग्ने सिद्धी खोलामा १० मेगावाट क्षमताको विद्युत् परियोजना निर्माण भइरहेको छ। पाइपलाइन विस्तारको क्रममा बिक्रम राई, गणेश राई र मैतसिङ राईका घर पहिरोले बगाउने खतरा छ भने तलका अन्य घरहरू पुरिने सम्भावनाले स्थानीयहरू त्रसित भएका छन्। स्थानीय बासिन्दाहरूले आफ्ना घरहरू जोखिममा परेको भन्दै गाउँपालिकामा गुनासो गरेपछि पुस २५ गते गाउँपालिकाले स्थलगत अनुगमन गरेको थियो। अनुगमनमा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, उपाध्यक्ष विष्णुमाया खवास, वडा-६ का अध्यक्ष सत्यम राई, तथा अन्य सरोकारवालाहरू उपस्थित…
Read More
नंया मान्यता सहितको बिप्लवी युग – सुमनसिंह सी

नंया मान्यता सहितको बिप्लवी युग – सुमनसिंह सी

१. बदलिँदो समाज र मान्यताको द्वन्द मानिस सधैं परिवर्तनशील छ, र समाज पनि निरन्तर गतिशीलतामा रहन्छ । पछिल्लो दशक विज्ञान र प्रविधिमा अभूतपूर्व परिवर्तनहरू देखा परिसकेका छन, जसले सामाजिक संरचना, उत्पादन प्रणाली, र आर्थिक सम्बन्धहरूमा धेरै ठूला परिवर्तन ल्याएका छन् । स्टिम इन्जिनबाट सुरू भएको औद्योगिक क्रान्ति फ्युल इन्जिन हुँदै नानो–प्रविधिसम्म आइपुगेको छ, जसले मानव सभ्यतालाई नयाँ चरणमा पु¥याएको हो । यतिबेला मानव सभ्यता नै नंया चरणमा प्रवेश गर्ने संक्रमणकालिन समय हो । क्वान्टम मेकानिक्स र कृत्रिम बुद्धिमत्ताको तीव्र विकासले औद्योगिक उत्पादनलाई नयाँ उचाइमा पु¥याएको छ । उत्पादनका साधन, उत्पादक शक्ति, र उत्पादन सम्बन्धमा आएका परिवर्तनहरूले बिधमान अर्थ व्यवस्थालाई पुनःपरिभाषित…
Read More
भद्रपुर झापा गोल्डकपको उपाधि आयोजक भद्रपुर ब्लेजर्सलाई

भद्रपुर झापा गोल्डकपको उपाधि आयोजक भद्रपुर ब्लेजर्सलाई

भद्रपुर । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधि चुमेको हो । उपविजेतामा चित्त बुझाएको झापा ११ ले नगद ७ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । रंगशालामा खचाखक दर्शकको उपस्थितिमा भद्रपुरले खेलको ३० औँ मिनेटमा अग्रता लियो । डिबक्स बाहिरबाट मिलन राईको सर्टपासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष चापागाईंले बललाई जाली…
Read More
चैत्र १२: हजारौं झापाली जनताका माझ विप्लवले सम्बोधन गर्दै

चैत्र १२: हजारौं झापाली जनताका माझ विप्लवले सम्बोधन गर्दै

विर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले पाँच हजार बढी झापाली जनताका माझ सम्बोधन गर्ने भएका छन्। नेपाल कम्युनिस्ट पार्टी झापाको हालै सम्पन्न बैठकले महासचिव विप्लवको झापा भ्रमण र सम्बोधन बारे नेताकार्यकर्तालाई जानकारी गराउँदै सम्पुर्ण तयारीमा जुट्न निर्देश गरेको हो । पार्टीका किराँत लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सी को प्रमुख आतिथ्यता एवम् झापा इन्चार्ज सुमनसिंह सी को विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकले महासचिव विप्लवको कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका निमित्त नेताकार्यकर्तामा विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरेको छ। पछिल्लो समय नेपालको राजनीतिक घटनाक्रमले परिवर्तनको संकेत गरिरहेका बेला विभिन्न राजनीतिक दल सम्बद्ध केन्द्रीय नेताहरुले झापा केन्द्रित कार्यक्रम गरिरहेका बेला नेकपाका महासचिव…
Read More
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा र्‍यालीसहित काठमाडौमा सभा हुने

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा र्‍यालीसहित काठमाडौमा सभा हुने

काठमाडौ। अन्तरास्ट्रिय श्रमिक महिला दिवस अर्थात ८ मार्चको सन्दर्भमा र्‍यालीसहित सभाको आयोजना गरिने भएको छ। विभिन्न कम्युनिस्ट पार्टी सम्बद्ध महिला संघ/ संगठनहरुको बुधबार काठमाडौमा सम्पन्न संयुक्त बैठकले काठमाडौमा सभाको आयोजना गर्ने निर्णय गरेको अखिल नेपाल महिला संघ क्रान्तिकारी अध्यक्ष बन्धु सीले जानकारी दिएकी छन् । बैठकले महिलाबिरुद्ध भइरहेका हिंसाका घटना लगायत महिला आन्दोलनका साझा सवालमा समान धारणा बनाई अगि बढने र सहकार्य गर्ने निर्णय समेत गरेको छ ।भने ८ मार्चको कार्यक्रमको बिस्तृत कार्यक्रम फागुन १९ गते बैठक बसी सार्वजनिक गर्ने जानकारी दिइएको छ । चार महिला संगठनको संयुक्त बैठकमा अखिल नेपाल महिला संघ क्रान्तिकारी अध्यक्ष बन्धु सी र महासचिव राजकुमारी…
Read More
मेचीनगर गोल्डकपको प्रायोजकमा होटल मेची क्राउन, आठ टिम सहभागी हुने

मेचीनगर गोल्डकपको प्रायोजकमा होटल मेची क्राउन, आठ टिम सहभागी हुने

मेचीनगर। झापाको मेचीनगरमा आयोजना हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकपको मुख्य प्रायोजकमा होटल मेची क्राउन रहने भएको छ। आज आयोजक र प्रायोजक बीच सम्झौता पत्रमा हस्ताक्षर आदानप्रदान गर्दै गोल्डकपको प्रायोजकमा होटल मेची क्राउन रहने जानकारी गराइएको हो । फागुन २४ गतेदेखि हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरि आठवटा टिम सहभागी हुने भएका छन् । आज काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै सहभागी टिमबारे आयोजकले जानकारी दिएको हो । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा यही फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका तीन र ए डिभिजनका तीन क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, सशस्त्र प्रहरीको एपिएफ एफसी,…
Read More
झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा

झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा

भद्रपुर । मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रबार खेल्नेछ । उसले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३–१ अन्तरमा पुगेको थियो । घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औँ मिनेटमा अग्रता बनाएको थियो । एरोन…
Read More
आयोजक भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा

आयोजक भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा

भद्रपुर। आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले बंगलादेशलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । टाइब्रेकरमा भद्रपुरका तर्फबाट सत्यम शर्मा, दिवश उराउ, विदेशी खेलाडीहरू अरमान बिडोङ र अबयोमिले गोल गरे । कुलदिप कार्कीको प्रहार गोलपोस्टमा लागेर बाहिरियो । त्यस्तै, बंगलादेशका तर्फबाट साइडोस्टोन, एस सिल्लाह र साहिदले गोल गरे…
Read More
एपीएफलाई हराउँदै भुटान भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

एपीएफलाई हराउँदै भुटान भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर । डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमाञ्चक खेलको ३४ औँ मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै भुटानलाई अग्रता दिलाए । सुरज रसाइलीले पेनाल्टी एरियामा एपिएफका तीनजना डिफेन्ससँग खोसेको बललाई पाख्रिनले गोल गर्न सफल भए । उनको प्रहारले एपिएफका खेलाडीलाई टच गर्दै जाली चुमेको थियो । त्यसको दुई मिनेटमै भुटानले अग्रता दोब्बर बनायो । खेलको…
Read More
ne_NPNepali