कचनकवल। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्याय, समानता र स्वतन्त्रताको जिम्मेवारी माओवादीले लिने बताएका छन् । 'जनतासंग माओवादी - तराई मधेश जागरण अभियान'को उद्घाटनको क्रममा नेपालकै होचो भूभाग झापाको केचनाबाट अध्यक्ष प्रचण्डले त्यस्तो उद्घोष गरेका हुन् । अभियानको उद्घाटन गर्नु पूर्व अध्यक्ष प्रचण्डले केचनामा राष्ट्रिय झण्डोत्तोलन गरेका थिए । अध्यक्ष प्रचण्डले झापालाई क्रान्ति, न्याय स्वतन्त्रता र समानताको प्रतीकको जिल्लाको संज्ञा दिएका छन् । 'हिजो क्रान्तिको, न्याय र स्वतन्त्रताको प्रतीकको रुपमा झापा जिल्लालाई चिनिन्थ्यो तर अहिले झापाको त्यो पहिचान, इतिहास र परम्परा मर्ने हो कि भन्ने खतरा बढेको छ, उनले भने, 'झापालाई त्यो क्रान्ति, न्याय, समानता र स्वतन्त्रताको प्रतिककै…
झापा । नेकपा महासचिब बिप्लव सीको उपस्थितिमा झापाको बिर्तामोडमा बिशाल जनसभा गर्ने तयारी भएको छ । नेकपाले तय गरेको मेची महाकाली मार्चपास अभियानको उद्घाटन स्वरुप उक्त कार्यक्रम हुने जनाइएको छ । नेकपा झापाका इन्चार्ज सुमनसिंहले आफ्नो फेसबुक वालमा लेखेका छन - अब झापाले देशको आगामी दिशा बारे बोल्ने छ | चैत्र ३, ४, ५ र ६ गते साथै १२ गते 'बिप्लव' झापा आंउदै | १२ गते हुनेछ झापामा विशाल जनसभा र हुनेछ मेची महाकाली अभियानको उद्घाटन | ५००० जनता सहित बिप्लवले उद्घाटन गर्ने अभियानले यो देशलाई अग्रगमनको निम्ति अपिल गर्नेछ । अग्रगामीहरुको सहकार्य सहित हामी अगाडि बढ्नेछौं | पुर्बी गर्जनलाई…
भद्रपुर । काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा बंगलादेशले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । बंगलादेशले खेलको २४ औँ मिनेटमा अग्रता बनायो । साकिलको क्रस पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका साहिदले गोल गरे । लगत्तै खेलको २६ औँ मिनेटमा बंगलादेशका विदेशी खेलाडी एस सिल्लाहले गोल गर्दै टिमलाई २–० ले अग्रता दोब्बर बनाए । सिल्लाहले मध्य भागबाट सिंगल खेल्दै बललाई जाली…
झापा । सुरक्षा बाठा मगरको स्वरमा रहेको नयाँ गीत 'बालापनको उमेर २' सार्वजनिक भएको छ। बसन्त सापकोटाको शब्द र संगीत रहेको यो गीत २०१८ मा रिलिज भएको गीत 'बालापनको उमेर' को दोश्रो भर्सन हो। उक्त समयमा यो गीत गायिका समिक्षा अधिकारीले गाएकी थिइन् । यो गीतले समिक्षाको करियरमा नयाँ मोड ल्याएको थियो। बालापनको उमेर २ मा बाल कलाकारहरु आन्भी ओली र आयंका कार्की छन् भने उनिहरुलाई अभिनेत्री प्रियंका कार्कीले साथ दिएकी छिन्। आन्भी गायक तथा निर्माता सरोज ओलीकी छोरी हुन्। यो उनको पहिलो म्युजिक भिडियो हो। प्रियंकाकी छोरी आयंकाको पनि यो पहिलो म्युजिक भिडियो हो। मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा…
भद्रपुर। ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको थियो । आज खचाखच दर्शक भएको रंगशालामा पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको १४ औँ मिनेटमा झापाका एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए । चर्च ब्वाइजका किपर कृसल मोक्तान अगाडि बढेको अवस्थामा थापाले मैदानको मध्य भागबाट लगेको बललाई जाली चुमाए ।…
विराटनगर । मोरङको सुन्दरहरैंचा आसपासको पर्यटकीय क्षेत्रमा लाइदिउँ की माया टुनामुना पो’ र ‘माया बस्यो है’ बोलको दुई वटा गीतको भिडियो छायाङ्कन भइरहेको छ । ‘लाइदिउँ कि माया टुनामुना पो’ बोलको गीतमा रचना रिमाल र प्रेम घिमिरेको स्वर रहेको छ भने यो गीतको संगीतकार शंखर थापा स्माई हुन् । यस गीतमा डि.पि. खनालको शब्द र उदय राज पौडेलको संगीत संयोजन रहेको छ भने म्युजिक भिडियोमा जुना विश्वकर्मा, सम्राट अधिकारी र स्वयम् गायक प्रेम घिमिरेको पनि अभिनय रहेको छ। अर्को ‘माया बस्यो है’ बोलको गीतमा भने प्रेम घिमिरेकै स्वर तथा संगीत रहेको छ । यस गीतको शब्द रचना भने तिर्थ बास्ताकोटीको…
बिर्तामोड । नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनेता भएको बताएका छन् । शुक्रबार झापाको बिर्तामोडमा गौरीशंकर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको खड्काको १४ औँ स्मृति दिवसमा उनले अब समाजवादी क्रान्तिको नेतृत्व पनि प्रचण्डले नै गर्नुपर्ने बताएका हुन् । ‘माओवादी आन्दोलन पनि समाजवादी क्रान्तितिर जानैपर्छ । तर, सँधैँ प्रचण्डको हाइटको नेता नहुन सक्छन् । मैले प्रचण्डसँग २८ वर्ष केन्द्रीय कमिटीमा सँगै काम गरेको छु । जनयुद्धको थालनी गर्दाको कमान्डर म हुँ । शान्तिप्रक्रियापछिको १८ वर्ष पनि मसँगै छु । गल्ती कमजोरी छ भने त्यसको हिस्सेदार प्रचण्ड मात्र हैन हामी पनि हो । सबै जस…
भद्रपुर। आयोजकको टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको भद्रपुरले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ७२ औँ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । आशिष चापागाईंले पेनाल्टी एरिया नजिकैबाट दिएको पासमा राईले गोल गरे । खेलको ७४ औँ मिनेटमा भद्रपुरले पेनाल्टीमा एक गोल थप्दै खेल…
नकलबन्दा । नकलबन्दामा जारी नगरस्तरीय नकआउट फुटबल प्रतियोगितामा तुर्केनी फुटबल क्लब विजयी भएको छ । लक्ष्मीधाप फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले हराउँदै तुर्केनी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो । खेलको शुरुवातदेखि नै दवावमा राखेको तुर्केनी फुटबल क्लबका लागि असिम कार्कीले २ गोल गरे भने रोशन धिमाल, अभिषेक गुरुङ, रमेश कार्की र अर्जुन तामाङले १–१ गोल गरेका थिए । तुर्केनीका लागि असिम कार्कीले खेलको छैटौँ तथा ४० औँ मिनेटमा गोल गरेका थिए । त्यसैगरी, रोशन धिमालले खेलको ८ औँ, अभिषेक गुरुङले ५२ औँ, रमेश कार्कीले ५४ औँ र अर्जुन तामाङले ५८ औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान…
मेचीनगर । झापाको मेचीनगर -३ मा अवस्थित थेसिस अंग्रेजी माध्यमिक विद्यालयले पत्रकार, विद्यार्थी,शिक्षक र अभिभावकलाई समेत सम्मान गर्दै "थेसिस स्पोर्ट कल्चर कार्निभल" कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न खेलकुद तथा कला प्रस्तुत गर्दै थेसिस स्पोर्ट कल्चर कार्यक्रम सम्पन्न भएको हो । यसअघि फागुन ३ गते अन्तर विद्यालय छात्रा फुटबल च्याम्पियन प्रतियोगिता सम्पन्न गरेको थेसिसले लगत्तै अर्को कार्यक्रम सम्पन्न गरेको हो । स्पोर्ट कल्चर कार्यक्रम अन्तर्गत म्याथ रेस, विज्ञान रिले रेस, ईङलिस पजल रेस र सामाजिक चुनौती रेस सम्पन्न भएको हो । त्यस्तै खेल क्षेत्र अन्तर्गत छात्रा फुटबल च्याम्पियन, छात्रा भलिबल, जुनियर म्याराथुन, हाईजम्प र लङजम्प आयोजना गरिएको थियो । संगीततर्फ…