बिर्तामोड । झापाको बिर्तामोड स्थित ग्रिन फिल्ड वर्ल्ड स्कुलमा कार्यशाला गर्दै दुई दिने लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसनविरुद्ध र बालश्रमविरुद्ध सचेतना प्रशिक्षण दिइएको थियो । पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो । झापा टुडे मिडिया प्रालिको आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रमको पहिलो दिन हिजो बिर्तामोड-१ मा रहेका वाल्मीकी एजुकेसन फाउन्डेसन र मनकामना सेकेन्डरी स्कुलका विद्यार्थीहरुबीच कार्यक्रम गरिएको थियो । कार्यक्रममा ग्रिन फिल्ड…
झापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी तथा उपकप्तान दीपेन्द्रसिंह ऐरी अलराउन्डर तर्फ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्व वरीयताको नवौँ स्थानमा आइपुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा १० नम्बरमा रहेका दीपेन्द्रले एक स्थान सुधार गर्दै नवौँ स्थानमा आइपुगेका हुन् । टी–२० वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहेका छन् भने दोस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस र तेस्रो स्थानमा श्रीलङ्काका वानिन्दु हसरङ्गा रहेका छन् । टी–२० वरीयताको अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल ३५ औँ, गुल्सन झा ६२ औँ, कप्तान रोहित पौडेल ६६ औँ र करण केसी ६९ औँ स्थानमा छन् ।
झापा । सर्वाधिक चासोको विषय बनेको झापाको गिरीबन्धु टी स्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न सर्वोच्च अदालतले आदेश दिएपछि यतिबेला सञ्चालकहरुमा खैलाबैला मच्चिएको छ । साथै उक्त विषयले अहिले सदनदेखि शहरबजार तथा गाँउ घरको टोलटोलमा जताततै चर्चा छाएको छ । खासगरी भूमाफियाहरुको सेटिङ्गमा हदबन्दी छुटबाट पाएको गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले निर्णय खारेज गर्दै चिया उत्पादक बाहेक अरु प्रयोजनमा रहेका जग्गा सरकारीकरण गर्नू भनी आदेश जारी गरेपछि गिरीबन्धु टी स्टेटका सञ्चालक गिरी परीवार यतिबेला तनावमा परेका छन् । यसै बिषयमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै सञ्चालक छत्र…
मेचीनगर। झापाको मेचीनगर नगरपालिका वडा नम्बर -७ मा एक वर्षअघि देखि सञ्चालनमा आएको माइ वर्ल्ड रिकन्डिसन सर्भिस सेन्टरले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे विद्युतीय सवारीको बिक्री सुरु गरेको छ । विद्युतीय ऊर्जाको नियमित उपलब्धतासँगै सर्भिस सेन्टरले विद्युतीय सवारी बिक्रीमा हात हालेको सञ्चालक ओमप्रकाश खापुङले जानकारी दिए। कोशी प्रदेशका प्रमुख परशुराम खापुङ र प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले संयुक्त रुपमा विद्युतीय सवारीको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खापुङले स्वदेशमै लगानी गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने व्यावसायिक युवाका पक्षमा सरकारले सहयोग गर्नुपर्ने बताए । देशमा केही भएन भन्नेहरुका लागि उदाहरणीय कार्य रहेको प्रशंसा गर्दै खापुङले सरकारको नीति तथा कार्यक्रम…
बिर्तामोड । झापाको बिर्तामोडमा लागुऔषध दुर्व्यसन सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु भएको छ । पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो । झापा टुडे मिडिया प्रालिको आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रमको पहिलो दिन बिर्तामोड(१ मा रहेका वाल्मीकि एजुकेसन फाउन्डेसन र मनकामना सेकेन्डरी स्कुलका विद्यार्थीहरुबीच कार्यक्रम गरिएको थियो । कार्यक्रममा वाल्मीकिबाट १७१ जना र मनकामनाबाट १४३ जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड वडा नम्बर १ का वडा अध्यक्ष अग्निप्रसाद…
झापा। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी ) झापाको अध्यक्षमा डीपी सी चयन भएका छन्। हिजो विर्तामोडमा सम्पन्न बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सुमनसिंह सी को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले १० जना पदाधिकारी समेत चयन गरेको छ। संगठनले उपाध्यक्षमा क्रमशः अंकिता सी, भिषण सी र प्रदीप सीलाई चयन गरेको छ भने सचिवमा रोशन सी, सह- सचिवमा क्रमशः सरस्वती सी, रमेश सी, अनिता सी र सजिना सी लाई चयन गरेको छ भने कोषाध्यक्षमा सविना सीलाई चयन गरेको छ। बैठकले आगामी दिनमा सबैखाले शैक्षिक बेथितिहरु विरुद्ध संघर्ष गर्ने र संगठनलाई सुदृढ बनाउन…
बिराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा विद्यार्थीहरुले एउटा सरकारी गाडी जलाइदिएका छन् भने पाँचवटा गाडी तोडफोड गरेका छन् । मोरङको रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् । यसैगरी पाञ्चालीस्थित कन्चनजंघा पार्टी प्यालेस बाहिर पार्किङमा रोकेर राखेका पाँचवटा गाडीमा समेत तोडफोड गरिएको छ । गृहमन्त्री रबि लामिछाने विराटनगर एयरपोर्टमा उत्रिना साथ विद्यार्थीहरुले विराटनगरको शान्ति सुरक्षा कमजोर रहेको संकेत गर्दै आगजनी गरेका थिए । मोरङ क्याम्पस अगाडी सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को- १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् । प्रहरीका अनुसार…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले महिला बर्ग संधै जित्ने बर्गका रुपमा स्थापित भएको बताएका छन् । शनिबार काठमाडौंमा बसेको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागमति प्रदेशको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रकाण्डले इतिहास हेर्दा अपवादबाहेक महिलाले संधै जित्ने गरेको बताए । नेकपा बागमती प्रदेश इन्चार्जसमेत रहेको प्रकाण्डले विश्वका कुनै पनि क्रान्ति महिलाको सहभागिता बिना सम्भव नभएको तर्क गर्दै नेपालमा एकीकृत जनक्रान्ति पनि महिला सहभागिताविना सम्भव नहुने बताए । ‘जनयुद्धमा हजारौं महिलाको सहभागिता रहेको थियो । उहाँहरुले ठूलो संघर्ष र बलिदान पनि गर्नुभएको छ । उहाँहरुको बलिदानका कारण नेपालमा महिलालाई ३३ प्रतिशत अधिकार प्राप्त भएको…
डम्बर चौलागाइ , दोलखा २५ जेठ । आर्थिक लेनदेनका कारण भीमेश्वर नगरपालिका–१ क्षमावतीमा एक बृद्धको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ । भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्मा बाट एक बर्ष अघि दुई लाख ऋण ऋण लिएकाे र मारेपछि तिर्नै नपर्ने भनी छिमेकी ५२ बर्षिय गणेश घिमिरेले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले हत्या आरोपीलाई सार्वजनिक गर्दै बृद्धको हत्या गरी भागेर काठमाडौं पुगेका घिमिरे लाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाेलखाको हत्यारा पत्ता लगाउने…
बलराम शिवाकोटी काठमाडौ, २५ जेठ । लामो समयदेखि बाल बालिकाको अधिकार, मानव सेवा, पर्यटन विकास, शैक्षिक जागरण तथा महिला लगायतका क्षेत्रमा कृयाशिल रहेको समाजिक संस्था उज्यालो भविष्य सस्था दोलखा आफ्नो स्थापनाको १० औँ वर्ष पूरा गरेको छ । संस्थाले आफ्नो स्थापनाको १० बर्ष पुरा भएको अवसरमा बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ । बुधबार काठमाडौँमामा सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शताब्दि पुरुष (एक सय दुई बर्ष) हरि बहादुर वस्नेत, पत्रकार चिरञ्जीवी मास्के, सोलुखुम्बुको लिखुपिके गाँउपालिकाका प्रमुख मिना कार्की वस्नेत, साहित्यकार दामोदर प्रसाद न्यौपाने, समाजसेवी सविता उप्रेती, हेमा मानन्धर, खड्ग शिवाकोटी र मोहन खत्री र माया थामिलाई कार्यक्रमका प्रमुख अतिथि…