झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकमा २,४०० केजी भुईकटहरसहित एक बोलेरो पिकअप गाडी बरामद भएको छ। आइतबार राति ९:३० बजे इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले WB73E5775 नम्बरको भारतीय बोलेरो पिकअप गाडी बेवारिस अवस्थामा फेला पारेको हो। गाडीको डाला भित्र खोजतलासी गर्दा करिब २,४०० केजी भुईकटहर फेला परेको प्रहरीले जनाएको छ। गाडी र मालसमान दुवै भ्याट छली गरी मापदण्ड विपरीत ओसारपसार गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बरामद गरिएको बोलेरो गाडीको मूल्य करिब १५ लाख रुपैयाँ र भुईकटहरको मूल्य १ लाख २७ हजार ५८४ रुपैयाँ बराबर गरी कुल १६ लाख २७ हजार ५८४ रुपैयाँको सामान आवश्यक…
बंगलादेश । बंगलादेशले महिला साफ यू-२० च्याम्पियनसिपमा अपराजित रहँदै पाँचौं पटक उपाधि जितेको छ। सोमबार बसुन्धरा किङ्स स्टेडियममा भएको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ४–० गोलअन्तरले हरायो। यो प्रतियोगितामा भारत र बंगलादेशबाहेक अन्य कुनै टोलीले उपाधि जित्न सकेका छैनन्। भारतले दुई पटक उपाधि जितेको छ भने एक संस्करणमा भारत र बंगलादेशले संयुक्त रूपमा उपाधि हासिल गरेका थिए। नेपाल तेस्रो पटक उपविजेतामा सीमित रह्यो। यसअघि सन् २०१८ र २०२३ मा पनि नेपाल उपाधिबाट चुकेको थियो। दुवै पटक नेपाल बंगलादेशसँगै पराजित भएको थियो। नेपाल यसअघि तीन पटक तेस्रो स्थानमा सीमित भएको इतिहास पनि छ। आज उपाधि जित्न नेपाललाई जित अनिवार्य थियो भने बंगलादेशलाई…
फिदिम । लगातार वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा बनेको डाइभर्सन बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले अस्थायी बेलिब्रिज बगाउनुका साथै निर्माणाधीन मोडुलब्रिज समेत क्षतिग्रस्त पारेपछि यातायात ठप्प भएको हो। राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीनवटा स्थानीय तहसँगै आसपासका क्षेत्रमा यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए। बाढीका कारण मेची राजमार्गसँगै तमोर करिडोर, मध्यपहाडी लोकमार्ग, फिदिम–फालोट सडक खण्ड र रवि–दमक सडक खण्ड पनि अवरुद्ध भएका छन्। जिल्लाका अन्य क्षेत्रमा समेत सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ।
झापा । प्रहरीले झापाको बिर्तामोडबाट बिहिबार ठूलो मात्रामा लागु औषधजन्य प्रतिबन्धित औषधि बरामद गरेको छ । स्थानीयको विषेश सूचनाका आधारमा नेकपा एमालेका सक्रिय कार्यकर्ता तथा पार्टीनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ झापाका पदाधिकारी भानुभक्त खरेलले संचालन गर्दै आएको औषधीको गोदाममा छापा मार्दा ठूलो मात्रामा लागुऔषधजन्य प्रतिबन्धित औषधी फेला परेको हो । पछिल्लो समय झापाको बिर्तामोड लागुऔषध प्रयोग कर्ताको हवको रुपमा विकास हुँदै आएको थियो । बिर्तामोड–५ का खरेलले धर्मकाँटा रोडका मनकुमार संग्रौलाको घरमा संचालन गर्दै आएको गोदाममा छापा मार्दा हजारौ पत्ता ट्रामाडोल, त्यसको एम्पुल र अन्य लागुऔषधजन्य औषधि बरामद गरिएको हो । गोदाममा नाईट्रोजन ट्याबलेट,पुरुषहरुको यौन क्षमता बढाउने प्रतिबन्धित भियग्रा, तौल बढाउने…
झापा । झापाको बिर्तामोडबाट हालसम्मकै ठूलो परिमाणमा लागू औषध बरामद भएको छ। बरामद लागू औषध औषधि व्यवसायी भानुभक्त खरेलको भएको बताइएको छ। खरेल भने फरार छन्, तर गोदाममा कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड–५, मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको दुईतले घरको भुइँतलामा भण्डारण गरेर राखिएको प्रतिबन्धित लागू औषध बरामद गरेको हो। बरामद गरिएको औषधिजन्य लागू औषध आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूका अनुसार बरामद गरिएको लागू औषधसँगै कारोबारमा संलग्न कर्मचारीलाई पनि पक्राउ गरिएको छ। बरामद गरिएको औषधिमा समावेश छन्: ट्रामाडोल हाइड्रोक्लोराइड:…
फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ मा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा निसासिँदा एक श्रमिकको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर बनेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बुधबार साँझ करिब ५:३० बजे घुर्विसे पञ्चमी सहकारी संस्थाको भवनमा निर्माण भइरहेको करिब १२ मिटर गहिरो सेप्टिक ट्याङ्कीमा चार जना फसेका थिए। अक्सिजनको कमीका कारण बेहोस भएका मजदुरमध्ये ३८ वर्षीय रत्न चेम्जोङलाई उपचारका लागि इलाम अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। अन्य तीनमध्ये २४ वर्षीय भिष्म चेम्जोङको अवस्था गम्भीर रहेको र उनलाई झापाको बिर्तासिटी अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी ४० वर्षीय बिरु चेम्जोङ र ३० वर्षीय संगीत चेम्जोङको होस खुलेको छ।…
झापा । साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपाल आज फेरि श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ। नेपालले यसअघि श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरिसकेको छ। आजको खेलमा पनि नेपाल उत्कृष्ट जित निकाल्ने तयारीका साथ मैदानमा उत्रने छ । जारी प्रतियोगितामा नेपालले तीन खेल खेलेर दुई जित र एक हार व्यहोरेको छ। पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको थियोे । प्रतियोगितामा ९ अंक सहित बंगलादेश पहिलो स्थानमा छ…
मेचीनगर । झापाको मेचीनगर–०२ बाहुनडाँगीस्थित चिया संसार प्रालिले आफ्नै उत्पादन ‘जमघट’ चियालाई देशभरका भान्सामा पुर्याउन नयाँ रणनीति सार्वजनिक गरेको छ। कम्पनीले तीजलाई लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो। बुधबार उद्योग परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष सचिन निरौलाले हात्ती प्रभावित बाहुनडाँगीका किसानले उत्पादन गरेको गुणस्तरीय चियाको बजार विस्तारका लागि यो अभियान सुरु गरिएको जानकारी दिए। ‘बाहुनडाँगीका किसानले धान खेती मासेर चियाका बुटा रोपेका छन्। यही उत्पादन प्रशोधन गरेर हामी ‘जमघट’ तयारी चिया बजारमा पठाइरहेका छौं,’ अध्यक्ष निरौलाले भने, ‘यो चिया बिक्री नभए बाहुनडाँगीवासीको भान्सामा आगो बल्दैन।’ उनले नेपालमा तयार चियाको वार्षिक उत्पादन करिब २ करोड केजी…
ढाका – मिना देउवाको ह्याट्रिकसहित नेपालले साफ यू-२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि ७-० को फराकिलो जित दर्ता गरेको छ। बंगलादेशको बसुन्धरा किङ्स एरिनामा वर्षाका कारण ढिला गरी सुरु गरिएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै गोलको वर्षा गर्यो। नेपालको जितमा मिना देउवाले ह्याट्रिक गरिन्। पूर्णिमा राईले दुई गोल गर्दा समिक्षा मगर र सरिता कुमारी नाथले एक–एक गोल थपे। खेलको आठौं मिनेटमा मिना देउवाले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत गर्दै नेपाललाई अग्रता दिलाइन्। १३ औं मिनेटमा समिक्षा मगरले श्रीलंकन डिफेन्सले क्लियर गर्न नसकेको बललाई बक्स बाहिरबाट प्रहार गरी गोल गरे। ४२ औं मिनेटमा माया मास्केको लामो प्रहार श्रीलंकाकी गोलकिपरले रोक्न खोजेपनि रिबाउन्डमा…
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग रकम प्राप्त भएको छ । बिर्तामोडस्थित नेकपा एमालेका नेताहरुले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरेका हुन्। नेकपा एमाले बिर्तामोड नगर कमिटीको कार्यालयमा नेताहरुले चौतारीको उपचार कोषलाई नगद २७ हजार १ सय रुपैयाँ सहयोग गर्नु भएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए। नेकपा एमाले बिर्तामोड इञ्चार्ज अम्बिर कुमार लिङदेन ११ हजार, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई ११ हजार र पार्टीका बिर्तामोड ५ का उपसचिव एवम् नेपाल राष्ट्रिय वाणिज्य संघ बिर्तामोडको उपाध्यक्ष उपेन्द्र बानियाँले ५ हजार १ सय रुपैयाँ रकम कोषलाई सहयोग गरेका हुन् ।…