काँकरभिट्टा । झापाको मेचीनगर -६ स्थित एमीटी पब्लिक स्कुलको आयोजनामा सम्पन्न अन्तर–मावि भलिबल प्रतियोगिताको उपाधि आदर्श माध्यमिक विद्यालयले हात पारेको छ। आइतबार एमिटी पब्लिक स्कुल, काँकरभिट्टाको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा आदर्श मावि, इटाभट्टा विजेता बन्न सफल भएको हो। फाइनल खेलमा आदर्शले सरस्वती मावि, बाहुनडाँगीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। विजेता तथा उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि वडा सदस्य ध्रुव राई, विशिष्ट अतिथि प्याब्सन झापाका अध्यक्ष धर्मराज माझीलगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी आदर्श माविका रुपेश गौतम घोषित भएका छन्। कार्यक्रमको समापन समारोहमा विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए। सो अवसरमा प्रमुख अतिथि राई, प्याब्सन अध्यक्ष माझी,…
सुनसरी, ६ मंसीर । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । मंसिर ५ गते गस्तिमा खटिएको प्रहरी टोलीले इनरुवा–४ स्थित भित्री सडक खण्डबाट प्र १–०२–००४ ह १७७६ नम्बरको सिटी सफारीमा लुकाई छिपाई लैजाँदै गरेको १० किलोग्राम ५४० ग्राम गाँजासहित सिटी चालक हरिनगर–४ का अजमल अंसारी र सिटीमा सवार अमिर अंसारीलाई नियन्त्रणमा लिएको हो । यता, प्रहरी चौकी घुस्किहाटले हरिनगर–७ बाट बोरामा बेबारीसे अवस्थामा राखेको १२ किलोग्राम १३० ग्राम लागू औषध गाँजा फेला पारेको छ । लागुऔषधसहित पक्राउ परेका दुबै जनामाथि कानूनी कारबाही भइरहेको छ भने बेबारीसे गाँजा सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी(माओवादी)ले देशलाई अर्को बिद्रोहको बाटोमा नधकेल्ने हो र जेनजी बिद्रोहको मागलाई सम्बोधन गर्ने हो भने बिस्तृत शान्ति सम्झौताका सहमतिलाई पालना गर्नुपर्ने बताएको छ।सरकार र माओवादी बिच शान्ति सम्झौता भएको १९ बर्ष पुगेको सन्दर्भमा महासचिव विप्लवले आज एक प्रेस बक्तव्य जारी गरी सहमतिको पालना र कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो। महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा बर्तमान राजनीति संकटको निकासका लागि ६ बुदे प्रस्ताव समेत सार्वजनिक गरिएको छ।जस अनुसार सुशीला नेतृत्वको सरकारका ठाउँमा सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने,वर्तमान संविधान संशोधन गरी उच्चस्तरिय निकाय खडागरी संविधान पुनर्लेखन गर्नुपर्ने,अग्राधिकार सहितको समाजवादी संघीयता, पूर्ण समानुपातिक र समावेसी राज्य पुनर्संरचना गर्नुपर्ने कुराहरू उल्लेख छन्…
निशान निराैला ईलाम –२७ । उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा र मेहनतको बलमा ६औं जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उपाधि हात पारेका छन्। उनीले अभिनय गरेको गीत ‘तिमी बिना’ मा देखाएको दमदार प्रदर्शनका लागि यो अवार्ड प्रदान गरिएको हो। उक्त गीतमा गायिका रोजिना बस्नेत र गायक साउगात जंग खड्काको स्वर रहेको छ। कार्यक्रम राजधानीको नेपाल प्रहरी क्लब (Nepal Police Club) मा भव्य रूपमा सम्पन्न भएको थियो। यसअघि पनि मुकेस गुरुङले विभिन्न विधामा दुई वटा अवार्ड जितिसकेका छन्। छोटो समयमा नै मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनी अहिलेको मोडलिङ क्षेत्रका चर्चित अनुहारहरूमा गणना हुन थालेका छन्। साथै,…
झापा, २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो । किरात समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय…
मेचीनगर। जेनजी आन्दोलन पश्चात् केहि आक्रमक बनेर देशभर सडक प्रदर्शन गरिरहेको नेकपा (एमाले) ले भोलि बुधबार झापाको मेचीनगरमा संसद् पुनर्स्थापना र असंवैधानिक अन्तरिम सरकार खारेजीको माग गर्दै धुलाबारीदेखि चारआलीसम्म दुई हवार बढी मोटरसाइकल र्याली गर्ने भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई राजीनामा दिन बाध्य बनाएर पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको र त्यो असंवैधानिक रहेकाले भोलि त्यसका विरुद्ध विरोध कार्यक्रम गर्न लागेको एमाले मेचीनगरले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। एमाले मेचीनगर नगरकमिटीका अध्यक्ष राजु कार्कीका अनुसार धुलाबारीदेखि चारआलीसम्मको मोटरसाइकल र्यालीमा दुइहजार बढी मोटरसाइकल रहने गरि तय भइरहेको र भव्य सहभागिता रहने छ। कार्यक्रमबारे जानकारी…
झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय दिउँसो १ः३३ बजे आएको भूकम्पपछि मौसम विभागले इवाते प्रान्तका लागि सुनामी चेतावनी जारी गरेको छ । यसपछि इवातेको ओफुनाटो सहरको तटीय क्षेत्रबाट ६ हजार १३८ जनालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । मौसम एजेन्सीका अनुसार ओफुनाटो बन्दरगाहमा १० सेन्टिमिटर अग्लो सुनामी छाल रेकर्ड गरिएको छ । छाल १ मिटरसम्म पुग्ने अनुमान गरिएको बेला सुनामी सूचना जारी गरिन्छ ।
बिर्तामोड, कात्तिक २४ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । फाइनल खेल आज दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनलमा अहिलेसम्म पराजय नभोगेको आत्मविश्वास व्यक्त गर्दै भने, “हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार व्यहोरेको छैन । यसपटक पनि हामी उपाधि रक्षा गर्नेछौँ ।” त्यस्तै, कप्तान अनिता बस्नेतले थपिन्, “हाम्रो टोली सधैँ ट्रफीका लागि खेल्छ ।…
बिर्तामोड, कात्तिक २२ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलअन्तर्गत आज विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच रोमाञ्चक भिडन्त हुँदैछ । आज दिउँसो ३ बजेबाट सुरु हुने खेल फाइनल प्रवेशको लागि मात्र होइन, नेपाली महिला फुटबलको दुई ठुला नामबीचको प्रतिष्ठाको लडाइँ पनि बन्ने अपेक्षा गरिएको छ । क्वार्टर फाइनल चरणमा एपिएफले भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट लयमा रहेको संकेत दिएको थियो । त्यस्तै, आर्मीले आरएस पोखरालाई ६–० गोलले हराउँदै आफू पनि उपाधि दाबेदार टोली भएको प्रमाणित गरेको हो । एपिएफका प्रशिक्षक जिवेशकुमार…
बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको सुरुवाती चरणदेखि नै बल पोजेसनमा प्रभुत्व जमाएको आर्मीले लगातार आक्रमण गरिरह्यो । १० औँ मिनेटमा फरवार्ड विमला चौधरीले पोखराकी गोलकिपर गायत्री मल्ल बिट भएको अवस्थामा फिनिस गर्न नसके पनि १६ औँ मिनेटमा डिफेन्डर विमला विकको फ्रिकिकमा जेनिफर राना मगरले हेडिङ गोल गर्दै अग्रता दिलाइन् । उक्त फ्रिकिक उषा शाहीले दिपा राईमाथि गरेको फाउलपछि प्राप्त भएको थियो । ३३ औँ मिनेटमा आर्मीले…