ऋणीको घरमा एन आइसी एसियाले सेक्युरिटी गार्ड राखेपछी बिप्लबको एक्सन

झापा । दमक नगरपालिका वडा नम्बर ५ का दुर्गा प्रसाद कँडेलले समयमा किस्ता नतिरेको भन्दै एनएआईसी एसिया बैंकले घरमा नै सुरक्षा गार्ड खटाएपछी बिप्लव नेत्रित्वको नेपाल कम्युनिस्ट पार्टीका झापा सेक्रेटरी संजय र युवा संगठनका केन्द्रीय कोसाधक्ष सुबाशको नेत्रित्वमा गएको एक टोलीले सुरक्षा गार्डलाई फिर्ता गर्दै बैंकलाई चेतावनी दिएको छ । जनतालाई यसरी सास्ती दिए जनता उठाएर बैंक आगो लगाएर दमकबाटै बैंकलाई लखेट्ने सो पार्टिले चेतावनी दिएको छ । बैंकले ३ दिन देखी सुरक्षा गार्ड खटाउंदै आएको थियो ।

दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म खटाइएका सुरक्षा गार्डले कँडेलको घरमा सुरक्षा दिने गरेका थिए। यद्यपि अहिले गार्ड हटेका छन्। गार्डलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले फर्काइदिएको हो । ३ महिनादेखि कँडेलले बैंकको साँवा तथा ब्याज तिर्न सकेका थिएनन् । पैसा तिर्छुभन्दा पनि बैंकका कर्मचारीले गाली गर्ने गरेका उनकी श्रीमती चन्द्रकलाले बताइन्। ‘खाएपछि समयमा तिर्नु पर्दैन ?’ भनी बैंकका कर्मचारीले अपमानजनक शब्द बोल्ने गरेका उनले दुखेसो गरिन्। ४ दिन पहिले बैंकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेको र आफूले १० हजार रुपैयाँ मात्र लगेर जम्मा गरेको कँडेलले बताए ।

पैसा जम्मा गरेर घरमा आइनपुग्दै बैंकले धितो सुरक्षा गर्न भन्दै सुरक्षा गार्ड खटाएको हो। उनले १ करोड रुपैयाँ ऋण लिएका थिए । साँवा ब्याज गरेर ९७ लाख रुपैयाँ तिर्न बाकी रहेको कँडेलले बताए । बैंकले खटाएका सुरक्षा गार्डले घरमा आउनेहरूलाई सलाम गर्ने गरेका थिए । उनले ३ वर्षअघि उक्त ऋण लिएका थिए । बैंकले नै बोलाएर कर्जा दिएको कँडेल परिवारको दाबी छ । उनी प्लटिङ व्यवसाय गर्थे । ‘कित्ताकाट लामो समयसम्म रोकिँदा समस्या आयो,’ उनले भने ‘आर्थिक मन्दीका कारण पनि जग्गाको कारोबार भएको छैन ।’ बैंकले समयमा साँवा ब्याज नतिर्दा चिठ्ठी काट्ने, सूचना टाँस्ने र लिलामीको प्रक्रिया गर्नुपर्नेमा घरमै सुरक्षाकर्मी पठाएर आफूहरूलाई बन्धक बनाएको कँडेल बताउँछन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *