Purbi Garjan

समाज

धरानमा पहिरोले एक घरमा क्षति, १२ घर उच्च जोखिममा

धरान, २३ साउन । तीन दिनदेखि लगातार भइरहेको वर्षासँगै गएराति आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्‍याएको छ भने सो क्षेत्रका १२ भन्दा बढी घर उच्च जोखिममा परेका छन्। राति करिब १ः३० बजे खसेको पहिरोले स्थानीय छजुङ भोटेको घरको माथिल्लो भाग पुरिँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। “राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लाग्यो,” भोटेले भने, “बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो। हेर्दाहेर्दै घर पुरियो।”   स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए । घटनापछि तत्कालै घटनास्थल पुगेका वडा नं. ३ का सदस्य मिङ्मा भोटेले वडाको…
Read More
झापा शिवसताक्षी कुटपिट घटनाः घाइते दुई किशोरको मृत्यु, ६ जना पक्राउ

झापा शिवसताक्षी कुटपिट घटनाः घाइते दुई किशोरको मृत्यु, ६ जना पक्राउ

झापा । शिवसताक्षी नगरपालिका–९ मा भएको कुटपिट घटनामा घाइते भएका दुई युवाको मृत्यु भएको छ। यसअघि १९ वर्षीय रोमन थापाको असार १४ गते बिहान मृत्यु भएको थियो। त्यसै घटनामा घाइते भएका संगम चोकका १५ वर्षीय आदित्य तामाङको पनि बुधबार दिउँसो १ः४५ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव अस्पतालमै राखिएको छ। असार ११ गते बिहान करिब ६ः४० बजे ट्युसन पढेर फर्कँदै गरेका आदित्य तामाङलाई शिवसताक्षी नगरपालिका–११ स्थित प्लटिङ क्षेत्रमा बोलाई ६ जनाले कुटपिट गरेका थिए। उनी राष्ट्रिय रमणीय मावि, दूधेमा कक्षा ८ मा अध्ययनरत थिए भने कुटपिटमा संलग्नमध्येका केही ध्रुबतारा बोर्डिङ स्कुलका…
Read More
बाहुण्डाँगी जेसीजद्वारा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण

बाहुण्डाँगी जेसीजद्वारा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण

मेचीनगर, झापा । बाहुण्डाँगी जेसीजले अति विपन्न अवस्थाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ। मेचीनगर–१ स्थित पवित्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा तीन जना विद्यार्थीलाई सहयोग सामग्री वितरण गरिएको हो। विद्यालयका शिक्षक तथा जेसीज सदस्य जेसी विष्णु अधिकारीका अनुसार बाँडिएको सामग्रीमा पोशाकसहित शैक्षिक सामग्रीहरू समावेश छन्। वितरण कार्यक्रम बाहुण्डाँगी जेसीज २०२५ का कानुनी सल्लाहकार जेसी अनिश काफ्लेको जन्मदिनको अवसर पारेर गरिएको हो। उहाँको आर्थिक सहयोगमा दुई जना विद्यार्थीलाई र शिक्षक अधिकारीको सहयोगमा एक जना विद्यार्थीलाई सामग्री प्रदान गरिएको अध्यक्ष जेसी नित्यानन्द चम्लागाईंले जानकारी दिनुभयो। कार्यक्रम अध्यक्ष चम्लागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि मेचीनगर–१ का वडाध्यक्ष तथा विद्यालय…
Read More
राजेन्द्र गौतम ‘गौतम समाज झापा’को सचिव चयन, बुवाको स्मृतिमा अक्षयकोष स्थापना हुने

राजेन्द्र गौतम ‘गौतम समाज झापा’को सचिव चयन, बुवाको स्मृतिमा अक्षयकोष स्थापना हुने

बिर्तामोड। पत्रकार राजेन्द्र गौतम ‘गौतम समाज झापा केन्द्रिय समिति’को सचिवमा चयन भएका छन्। झापाको कन्काईमा सम्पन्न समाजको २७औँ वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले गौतमलाई सचिवमा चयन गरेको हो। अधिवेशनकै अवसरमा उनले आफ्ना स्वर्गीय पिता डिल्लीप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन्। ‘स्वर्गीय डिल्लीप्रसाद गौतम स्मृति अक्षयकोष’ नामक कोष रु १ लाखको राशीमा निर्माण गरिने भएको हो। गौतम समाज मेचीनगरका अध्यक्ष केदार गौतमका अनुसार समाजको संरक्षक रहने गरी निर्माण गरिने उक्त कोषको व्याजबाट हरेक वर्ष कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने, जेहेन्दार तथा न्यून आय भएका एक जना विद्यार्थीलाई पुरस्कार दिइनेछ। सो पुरस्कार आगामी वर्षदेखि वितरण गरिने जनाइएको…
Read More
जेष्ठ नागरिक मेचीनगर ७ को अध्यक्षमा पुन : पौडेल

जेष्ठ नागरिक मेचीनगर ७ को अध्यक्षमा पुन : पौडेल

इटाभट्टा । जेष्ठ नागरिक वडा समिति मेचीनगर ७ को अध्यक्षमा पिताम्बर शर्मा पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । आज मेचीनगर ७ आनन्द टोलमा संस्थाको पहिलो अधिवेशनबाट पौडेल आगामी ४ वर्षे कार्यकालको लागि पुन अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा अमर परियार, महिला उपाध्यक्षमा मेनुका अधिकारी, सचिवमा रामप्रसाद ढुङ्गेल, सहसचिवमा प्रेमराज गौतम र कोषाध्यक्षमा राजकुमारी राई निर्वाचित भएको निर्वाचन समितिका संयोजक अग्नीप्रसाद घिमिरेले बताए । समितिको सदस्यमा डिकुरा निरौला, मीना कोइराला, गीता पोख्रेल घिमिरे, लालप्रसाद फुयल, भवनाथ दाहाल, अशोक मेचे, सपन राजवंशी निर्वाचित भएको संयोजक घिमिरेले बताए । २१ सदस्य कार्यसमितिमा ८ जना पछि मनोनित गरिने बताइएको छ । मेचीनगर…
Read More
समाजसेवी अफरोजद्वारा राजगढ मदरसाका १८ बालबालिकालाई न्यानो कपडा वितरण

समाजसेवी अफरोजद्वारा राजगढ मदरसाका १८ बालबालिकालाई न्यानो कपडा वितरण

विर्तामोड । झापाको विर्तामोड -३ निवासी समाजसेवी अफरोज खान पठानले राजगढ मदरसाका ५० बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन्। बढ्दो चिसोका कारण न्यानो कपडा नपाएका मदरसाका बालबालिकालाई मदरसा तालिम कुरानका अध्यक्ष समेत रहेका अफरोज खान पठानले न्यानो कपडा वितरण गरेका हुन्। समाजसेवामा निरन्तर लागि परिरहेका अफरोजले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहभागीता जनाउँदै आइरहेका छन्। आज  राजगढ -५ मा रहेको मदरसाका बालबालिकालाई उनले सुइटर, ज्याकेट , टाउजर र ओछ्याउने म्याट वितरण गरेका हुन्।
Read More
मेचीनगर: राजवंशी समुदायले भव्य रुपमा मनाए “दधिकाद” पर्व

मेचीनगर: राजवंशी समुदायले भव्य रुपमा मनाए “दधिकाद” पर्व

मेचीनगर। झापाको मेचीनगर -७ इटाभट्टामा राजवंशी समुदायले "दधिकाद" पर्व धुमधाम साथ मनाएका छन्। विशेषगरी नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले बर्सेनि मनाउँदै आएको परम्परागत दधिकाद पर्व यो वर्ष पनि भव्य रूपमा मनाइएको छ । राजवंशी समुदायले आज मंगलबार झापाका विभिन्न स्थानमा हर्षोल्लासका साथ दधिकाद पर्व मनाएका हुन् । मेचीनगर -७ स्थित बाइरुबारीमा सम्पन्न "दधिकाद" पर्वमा राजवंशी समुदायले पर्व सँग सम्बन्धित विभिन्न ५ वटा खेलहरु खेलाएको स्थानीय युवा बब्लु राजवंशीले जानकारी दिए। कार्यक्रममा झुला खेल, चिप्ले बाँस खेल, बाँस खेल, भ्यागुते खेल र हाँडी खेल खेलाइएको थियोे । उक्त खेलमा सहभागी मध्य क्रमश झुला खेलमा बुधारु राजवंशी , चिप्ले बाँस…
Read More
पत्रकारद्वय पौडेल र आचार्य सम्मानित

पत्रकारद्वय पौडेल र आचार्य सम्मानित

मेचीनगर । पत्रकारद्वय मुक्ती पौडेर र युवराज आचार्य सम्मानित भएका छन् । छैटौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमका बिच आज पत्रकारद्वय पौडेल र आचार्य सम्मानित भएका हुन् । बिगत लामो समयदेखि झापाको मेचीनगरमा रहेर पत्रकारीता क्षेत्रमा सक्रिय हुँदै समाजमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको आयोजक नाइटचेस क्लबले जनाएको छ । पत्रकार मुक्ति पौडेल जनसंसद डटकमका सम्पादक तथा एभिन्यूज टेलिभिजनको झापा संवाददाता हुन् । त्यस्तै उनी मेची सामुदायिक सेवा केन्द्रका निर्वाचित वर्तमान अध्यक्ष समेत हुन् । त्यसैगरी युवराज आचार्य हाम्रो खबरपाटी डटकमका सम्पादक तथा न्यूज २४ टिभिका झापा संवाददाता हुन् । साथै उनी मेचीनगर नगरपालिकाको प्रेस…
Read More
देवकोटा परिवारको सहयोगमा बन्यो जेसीज धारा, अध्यक्ष कार्कीद्वारा उद्घाटन

देवकोटा परिवारको सहयोगमा बन्यो जेसीज धारा, अध्यक्ष कार्कीद्वारा उद्घाटन

बाहुण्डाँगी । झापाको मेचीनगर नगरपालिका - ४ स्थित बाहुण्डाँगीमा जेसीज धारा उद्घाटन गरिएको छ । स्व टंकबहादुर देवकोटाको स्मृतिमा बाहुनडाँगी जेसीजको समन्वय तथा उनको परिवारको आर्थिक सहयोगमा निर्मित जेसीज धाराको आज सोमबार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर -४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले धारामा पानी खोलेर उद्घाटन गरेका थिए भने कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिमबहादुर कुँवर, दाता परिवार , स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियोे । सार्वजनिक उपयोगका लागि स्व. देवकोटाको स्मृतिमा श्रीमती नर्वदा देवकोटा, छोरा बुहारीहरु सुरज, अनिसा, खेम, कला देवकोटा तथा देवकोटा परिवारले धारा निर्माण गर्न आर्थिक सहयोग गरेका थिए । सो अवसरमा…
Read More
सेल्टरदाता कार्कीको निधनमा एमालेको शोक सभा

सेल्टरदाता कार्कीको निधनमा एमालेको शोक सभा

माईधार । शिवसताक्षी नगरपालिका वाडनम्वर १० माइधार निवासी सावित्रा देवी कार्कीको निधनमा नेकपा एमाले शिवसताक्षीले शनिवार शोक सभा सम्पन्न गरेको छ । २०२७ साल देखीको कम्युनिस्ट आन्दोलनमा अनवरत रुपमा सक्रिय राजनीतिक योद्धा तथा एमाले नेताका सेल्टर दाता समध्वज कार्कीको श्रीमती सावित्राको निधनमा एमालेले निवासमै पुगेर श्रद्वान्जली सभा सम्पन्न गरेको हो । शोक सभामा मन्तव्य राख्दै नेकपा एमाले की केन्द्रिय सदस्य मेनुका काफ्लेले कार्कीको मृत्युले पार्टी र समाजमा अतुलनीय क्षति पुगेको बताईन् । उनले पार्टी भुमिगत भएका बेला स्वर्गिय सावित्राले पार्टीका नेतालाई महिनौ सम्म खाना पकाएर ख्खाउने र तत्कालिन शासकले नभेट्ने गरी लुकाउने गरेको केन्द्रिय सदस्य काफ्लेले बताईन् । ‘उहाँ ईमान्दार,…
Read More
ne_NPNepali