Purbi Garjan

स्थानीय तह विशेष

शिवसताक्षीमा काउसो बन्यो घर नक्सा किर्ते प्रकरण, प्रमुख प्रशासकीय अधिकृत राई फिर्ता

शिवसताक्षीमा काउसो बन्यो घर नक्सा किर्ते प्रकरण, प्रमुख प्रशासकीय अधिकृत राई फिर्ता

विनोद सापकोटा झापा। झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईलाई मन्त्रालय फिर्ता पठाउने कार्यपालिका बोर्डले निर्णय गरेको छ । नगर कार्यपालिकाको कार्यालयमा बिहीबार बसेको कार्यपालिका बैठक ले पटकपटक विवादमा आएका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको नगरकार्यपालिकाका प्रवक्ता बहादुर आङ्बोले बताए । शिवसताक्षी नगरपालिकामा ‘कन्सल्टेन्सी’ सँगको मिलेमतोमा केही कर्मचारीले सेवाग्राहीलाई घर नक्साको किर्ते प्रमाणपत्र प्रदान गरेका थिए । घर नक्सा किर्ते प्रकरण छानबिनका लागि गठित समितिले गएको बैशाखमा नगर प्रमुखलाई प्रतिवेदन बुझाए पनि प्रमुख प्रशासकीय अधिकृतकै कारण कार्यान्वयनमा आउन सकेको थिएन । प्रमुख प्रसाशकीय अधिकृत राईले घर नक्सा किर्ते प्रकरणमा संलग्न…
Read More
मेचीनगर: नगरको कार्य सम्पादन प्रति असन्तुष्टि जनाउँदै ६ दलले बुझाए ज्ञापनपत्र

मेचीनगर: नगरको कार्य सम्पादन प्रति असन्तुष्टि जनाउँदै ६ दलले बुझाए ज्ञापनपत्र

मेचीनगर। झापाको मेचीनगर नगरपालिकाको कार्य सम्पादन प्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेससहित, नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टी र नेकपा एकीकृत समाजबादी पार्टीले संयुक्त रुपमा नगरपालिकालाई २१ बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा नगरको लापरवाहीका कारणले शिक्षक धनराज भण्डारीको मृत्यु भएकाे ६ राजनितिक दलहरूले ठहर गरेका छन । शिक्षक भण्डारीको मृत्युमा नगरपालिका असंवेदनशिल तथा मौन बसेको ठहर गर्दै सर्वदलीय छानविन समिति गठन गर्न माग गरिएको छ । मेचीनगरको कार्यालयले लगाएको नदीजन्य पदार्थको ठेक्काबाट नदीमा मापदण्डविपरित उत्खनन् गरिएको खाल्डोमा डुबेर वडा नं. ३ निवासी शिक्षक धनराज भण्डारीको दुःखद निधन भएको र अनियन्त्रित उत्खनन् हुँदासमेत नगरपालिकाको कार्यालयले…
Read More
पूर्वाधार उपयोग सेवा शुल्क असुली: विवाद बढेपछि मेचीनगरले गर्यो स्थगन

पूर्वाधार उपयोग सेवा शुल्क असुली: विवाद बढेपछि मेचीनगरले गर्यो स्थगन

मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले आन्तरिक आय तर्फको धाइजन, धुलाबारी, ईटाभट्टा चोक उत्तर दक्षिण र काँकरभिट्टा बर्मेली चोक उत्तर पूर्वाधार उपयोग सेवा शुल्क दैनिक असुली आजबाट स्थगन गरेको छ। रकम असुलीको ठेक्का पाएको ॐ बाठौँ निमार्ण सेवा मे.न.पा ११ ले सम्झौता विपरीत कार्यादेशमा दिइएको दररेट भन्दा फरक दररेटमा तथा तोकिएको स्थानमा भन्दा बाहेकका स्थानहरुमा पनि शुल्क असुली भएको गुनासो बढेपछि उक्त कार्य स्थगन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । उनका अनुसार जनगुनासोलाई मध्यनजर गरी सरोकारवालाहरुसँगको छलफल आवश्यक भएकोले सरोकारवालासँगको छलफल पश्चात आवश्यक निर्णय लिनेगरी हाललाई असुली कार्य स्थगन गरीएको हो ।
Read More
आवास कम्पनीलाई मेयरकाे चेतावनी, जग्गा हस्तान्तरण नगरे हस्तक्षेप गरिने

आवास कम्पनीलाई मेयरकाे चेतावनी, जग्गा हस्तान्तरण नगरे हस्तक्षेप गरिने

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनीले मेचीनगर क्षेत्रमा रहेको सार्वजनिक प्रयोजनका जग्गाहरू तत्काल हस्तान्तरण नगरे नगरपालिकाले हस्तक्षेप गर्न बाध्य हुने बताएका छन् । आवास कम्पनीले मेचीनगर-६ स्थित सार्वजनिक प्रयोगमा रहेका जग्गाहरु हाल सम्मपनि स्थानीय तह वा सम्वन्धित संस्थाहरुलाई विधिसम्मत हस्तान्तरण नगर्दा समस्या भएको बताउँदै नगरप्रमुख बुढाथोकीले तत्काल उक्त जग्गा हस्तान्तरण गरिनुपर्ने बताए । विगत ३३ वर्ष देखि सम्बन्धित निकायमा यहाँका जनप्रतिनीधि, राजनीतिक, सामाजिक नेतृत्वले निरन्तर प्रयत्न गरिरहयो त्यहि क्रममा हामी २०७९ मा निर्वाचित भएपछी पनि उक्त कार्यलाई अगाडी वढाउन तिव्रता दिइयों उनले भने, पटक पटकको प्रयत्नवाट पनि समस्या समाधानमा राष्ट्रिय आवास कम्पनिले अग्रसरता देखाएन । अब…
Read More
मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०/०८१ मा नगरमा भए गरेको गतिविधि सहित सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मेचीनगर नगरपालिकाको आयोजना तथा काजी मिडिया एण्ड टेक्निकल प्रालिको सहजीकरणमा सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागि बिजय डालमिया, भूमि पौडेल, गोपाल बस्नेत, राजु महर्जन, लाक्पा लामा, सन्दिप थापा, सरस्वती सिटौला, देबु बानियाँ, प्रविण अधिकारी, खगेन्द्र घिमिरे, मञ्जील देवानलगायतले बोल्दै नगर र नगरबासीलाई समृद्ध बनाउन स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुदलगायत बिषयलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । साथै स्थानीय सरकारको हैसियतले मेचीनगर क्षेत्रको व्यापार व्यवसायमा प्रवर्द्धन, लागुऔषध दुव्र्यशनी…
Read More
पूर्वाधार विकास: पाँच वर्ष भित्रै देशको नमुना बन्न सक्छ मेचीनगर

पूर्वाधार विकास: पाँच वर्ष भित्रै देशको नमुना बन्न सक्छ मेचीनगर

प्रविण अधिकारी मेचीनगर । पूर्वाधार विकास भनेको मुलतः कुनै पनि देश, क्षेत्र वा कुनै पनि भूगोलको आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक अवस्था कस्तो छ भनेर जनाउने आधार हो । कुनै सहर वा अन्य क्षेत्रमा सेवा प्रदान गर्ने सुविधा र प्रणालीहरूको सेट हो र यसको अर्थ व्यवस्था, घरपरिवार र फर्महरूको कार्यका लागि आवश्यक सेवा र सुविधाहरू समावेश गर्दछ । कुनै पनि देश विकासको आधार भनेको पूर्वाधार विकासलाई नै मान्न सकिन्छ । जनचाहना अनुसारको पूर्वाधार विकास सँगै औधोगिक क्रान्ति गर्ने हो भने त्यसले अर्थतन्त्रको नयाँ आधार स्तम्भ खडा गर्दछ । यस्तै मेचीनगर नगरपालिका भित्र आफ्नै स्रोतको उपयोगबाट बलियो अर्थतन्त्र र दिगो विकासको खाका…
Read More
वडाध्यक्ष पासवानको विज्ञता : विद्यार्थीलाई निःशुल्क कोचिङ आफैँ पढाउने

वडाध्यक्ष पासवानको विज्ञता : विद्यार्थीलाई निःशुल्क कोचिङ आफैँ पढाउने

विनोद सापकोटा शिवगञ्ज । सामुदायिक तथा संस्थागत विद्यालयबाट २०८० को एसईई परीक्षाको नतिजामा असफल भएका विद्यार्थीलाई शिवसताक्षीका एक जना वडा अध्यक्षले अतिरिक्त कक्षा सञ्चालन गर्ने भएका छन्। शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सिकिन पासवानले पुरक परिक्षा अवधि सम्म बिहान र बेलुका एक एक घण्टा आफै अतिरिक्त कक्षा निःशुल्क सञ्चालन गर्ने बताए । वडा अध्यक्ष पासन पूर्व शिक्षक हुन् । सामाजिक विषयमा अनुतिर्ण भई ग्रेड बृद्धिको परिक्षाको पर्खाइमा रहेका विद्यार्थीलाई बिहान १ र बेलुका १ घण्टा अतिरिक्त कक्षा संचालन गर्ने बताए । उनले स्थानीय शिवगञ्ज बजारको ट्युसन केन्द्रमा अतिरिक्त कक्षा संचालन गरिने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।…
Read More
मेचीनगर: तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी, किसानले पाए २६ लाख ८३ हजार रूपैयाँ अनुदान

मेचीनगर: तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी, किसानले पाए २६ लाख ८३ हजार रूपैयाँ अनुदान

मेचीनगर । मेचीनगर नगरपालिकाको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ । आर्थिक बर्ष २०८०/८१ मा नगरका पन्ध्रवटै वडामा रहेका किसानलाई तोरी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान दिने निर्णय गरेको थियो । जसमा नगरका सबै वडाबाट सहभागी ८३३ किसानलाई अनुदान बापत २६ लाख ८३ हजार ५० रूपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । कृषि प्रधान देश भएपनि पछिल्लो समय कृषि पेशा प्रति नागरिकको आकर्षण घट्दै गइरहेको छ । खेतीपातीबाट किसानहरू निराश छन् यसलाई थोरै भएपनि हौसला दिन आफुहरूले किसानलाई अनुदानको व्यवस्था गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । उनले मेचीनगर क्षेत्रमा हुने बालीहरूलाई उत्पादनसंग जोड्दै किसानलाई आत्मनिर्भर बनाउनुको साथै कृषि…
Read More
मेचीनगरले गर्यो महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगदसहित सम्मान

मेचीनगरले गर्यो महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगदसहित सम्मान

मेचीनगर । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको समापन शत्रक‍ो अवसरमा महिला स्वास्थ्य स्वयंसेविका तेजमणी चौधरी मेचेलाई नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उप-प्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतले नगद एक लाखसहित सम्मान गरेका हुन् । बिगत लामो समयदेखि आफ्नो उर्भर समय युवा अवस्थादेखि ६० बर्ष पुग्दासम्म निरन्तर महिला स्वयंसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरि अहिले अनिवार्य अवकाशप्राप्त मेचीनगर ८ निवासी मेचेलाई नगदसहित खदा ओढाएर सम्मानपत्रले सम्मान गरिएको छ । नगरपालिकाले यसअघि पनि नगरका १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानित…
Read More
मेचीनगरको बजेट: नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

मेचीनगरको बजेट: नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

मेचीनगर । मेचीनगर नगरपालिकाको आगामी नयाँ आर्थिक बर्ष २०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । सोमबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको उद्घाटन शत्रमा आर्थिक बर्ष २०८१/८२ को प्रस्तावित बजेट, नीति तथा कार्यक्रम सभा मार्फत प्रस्तुत गरिएको थियो । उक्त बजेट, नीति तथा कार्यक्रम बुधबार मेचीनगरका सर्वसम्मति जनप्रतिनिधिले पारित गरेका छन् । मेयर गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा पहिलो चरणको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट उपमेयर मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् । उपमेयर उप्रेतीले दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् । उक्त बजेट, नीति तथा कार्यक्रम…
Read More
ne_NPNepali