दार्जिलिङ, पश्चिम बंगाल । भारत–नेपाल सीमावर्ती क्षेत्रमा तेस्रो देशका नागरिकहरूको अवैध आवागमन भइरहेको विशेष सूचनाका आधारमा भारतीय सशस्त्र सीमा बल (SSB) ले विशेष अपरेसन सञ्चालन गर्दै ४ जनालाई नियन्त्रणमा लिएको छ। सोमबार साँझ करिब ५:३० बजे पश्चिम बंगालको दार्जिलिङ जिल्लाअन्तर्गत नक्सलबारी प्रहरी चौकी क्षेत्रको रतखोला नजिक (BP No. 88/08 आसपास) सशस्त्र सिमा बलको ४१औँ बटालियन, राणीडाँगा अन्तर्गत बी–कम्पनी मदनजोटे टोलीले उक्त अपरेसन सञ्चालन गरेको हो। अपरेसनका क्रममा टोलीले २ जना थाई नागरिक, १ जना नेपाली नागरिक र १ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। साथै एउटा कार, मोबाइल फोन, पासपोर्ट, आधार कार्ड र राष्ट्रिय परिचयपत्र समेत बरामद गरिएको जनाइएको छ।…
भारत । कोलकातामा भाजपा नेता सुवेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी हत्या भएको छ। भर्खरै सम्पन्न विधानसभा निर्वाचनबाट पश्चिम बंगालमा १५ वर्षदेखि नेतृत्व गरिरहेकी ममता बेनर्जीलाई पराजित गरेका अधिकारीका पीए मारिएपछि भारतको राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ। सुबेन्दु अधिकारीका निजी सचिव चन्द्रनाथ रथ (पीए चन्द्र) को भारतको पश्चिम बंगालस्थित कोलकातामा गोली हानी हत्या गरिएको छ। https://youtu.be/7dyQi3BARUU भारतीय सञ्चारमाध्यमहरूका अनुसार उत्तर २४ परगनाको माध्यमग्राम क्षेत्रमा बुधबार राति मोटरसाइकलमा आएका अज्ञात आक्रमणकारीहरूले रथ सवार गाडीलाई पछ्याएर बीच बाटोमै रोकेका थिए। त्यसपछि उनीमाथि नजिकैबाट अन्धाधुन्ध गोली प्रहार गरिएको बताइएको छ। आक्रमणकारीहरूले चार राउण्ड गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तीमध्ये तीन…
प्रविण अधिकारी झापा । भारतको निर्वाचन आयोग द्वारा आयोजित पश्चिम बंगाल विधानसभा निर्वाचनका कारण बन्द गरिएका नेपाल–भारत सीमा नाकाहरू पुनः सञ्चालनमा आएका छन्। पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काकडभिट्टा र इलामको पशुपतिनगर नाका आजबाट औपचारिक रूपमा खुला गरिएको हो। निर्वाचन सुरक्षालाई लक्षित गर्दै यी नाकाहरू गत अप्रिल २० तारिख साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको थियो। सिमानाका सञ्चालनमा आएसँगै सयौं पर्यटकहरु यतिबेला मेची भन्सारमा सवारीसाधनको पास लिन लाइनमा लागेका छन्। ३ दिनदेखि बन्द रहेको नाका आजबाट सञ्चालनमा आएसँगै मेची भन्सारको यात्रु शाखा भिडभाड बनेको छ। दार्जिलिङ जिल्ला प्रशासन कार्यालय ले भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३(२)…
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा पूर्वाधार विकाससम्बन्धी अघि सारिएका प्रस्तावहरूमध्ये “महेन्द्र राजमार्ग” समेत परेको छ। राजा महेन्द्र वीर विक्रम शाह द्वारा निर्माण सुरु गरिएको महेन्द्र राजमार्गलाई प्रजातन्त्र स्थापनापछि सरकारी रूपमा “पूर्व–पश्चिम राजमार्ग” भनिँदै आएपनि अहिलेको सरकारले पुरानै नामबाट राजमार्गलाई सम्बोधन गरेको हो । सरकारी कागजातमा ‘पूर्व–पश्चिम राजमार्ग’ उल्लेख गरिए पनि जनस्तरमा ‘महेन्द्र राजमार्ग’ नाम नै अझै लोकप्रिय छ। वर्तमान सरकारले पनि राजा महेन्द्रलाई श्रेय दिँदै पुरानै ‘महेन्द्र राजमार्ग’ नामलाई पुनः स्वीकार गरेको देखिन्छ। हाल पुर्वी झापामा एसियन हाइवेका नामले समेत चिनिन थालेको अवस्थामा सरकारी प्रतिबद्धतापत्रमा महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको हाइवेमा स्तरोन्नति…
पानीटंकी, भारत । नेपाल- भारत सीमास्थित काकडभिट्टा - पानीटंकी नयाँ पुल क्षेत्रबाट वन्यजन्तुका हड्डी तथा अंगसहित दुई जना नेपाली नागरिक पक्राउ परेका छन्। पुस १७ गते राति करिब ९:४० बजे भारतको सशस्त्र सीमा बल (एसएसबी) अन्तर्गत सी कम्पनी, पानीटंकीको टोली नेपाल - भारत आवतजावत गर्ने यात्रु तथा सामानको नियमित जाँच तथा खानतलासीमा खटिएको थियो। सोही क्रममा नेपालबाट सिलिगुडी (भारत) तर्फ जाँदै गरेको एउटा ट्याक्सी जाँच चौकीमा रोकिएको थियो। एक्स–रे स्क्यानरमार्फत झोला जाँच गर्दा दुई जना यात्रुहरूले शंकास्पद व्यवहार देखाएपछि सुरक्षा टोलीले झोला गहिरो रूपमा जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको झोलाभित्र जनावरका हड्डी तथा अन्य अंगहरू फेला परेपछि दुवै जनालाई…
झापा। गत भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा आह्वान गरिएको आन्दोलनसँग सम्बन्धित घटनापछि झापामा भइरहेको धरपकड, कुटपिट र कथित झुटा मुद्दा दर्ताको विरोध गर्दै नेकपा (माओवादी) का झापा इन्चार्ज सुमनसिंह सी नेतृत्वको टोली आज प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालय, झापा पुगेको छ। सिडिओ कार्यालयमा बुझाइएको ध्यानाकर्षण पत्रमा “अपराधीलाई उन्मुक्ति दिँदै अबोध जेनजी युवालाई भिडियो–फोटोको भरमा पक्राउ गर्ने, झुटा मुद्दा थोपर्ने तथा हिरासतमा कुटपिट गर्ने कार्य तत्काल रोक्न” माग गरिएको छ। नेता सुमनसिंहले वास्तविक दोषीमाथि कारबाही नगरी आन्दोलनमा सहभागी युवामाथि दमन गर्नु सत्ताको चरित्रगत कमजोरी भएको टिप्पणी गरे। उनले बन्द कोठाभित्र बसेर षड्यन्त्र र दुष्प्रचार गर्ने एनजिओ–आईएनजिओका दलालहरू पहिचान गरी…
झापा, १० कात्तिक । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको छ। हाल ६ वटा रक्तसञ्चार केन्द्रमा जम्मा २०० पिन्ट रगत मौज्दात रहेको छ भने दैनिक मिर्गौला डायलाइसिस र अन्य उपचारका लागि १०० पिन्ट रगत आवश्यक पर्ने बताइएको छ। अध्यक्ष लोकराज ढकालले दसैँ, तिहार, छठलगायत चाडपर्व तथा असोज १८–२० गतेको वर्षा र विपद्का कारण रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको बताए। उनले १८ वर्षमाथिका व्यक्तिहरूलाई नजिकको रक्तसञ्चार केन्द्रमा गएर स्वस्फूर्त रक्तदान गर्न आग्रह गरे। उनले भने, “रगत माग्ने मात्र होइन, आफैँ पनि रक्तदान गरौँ। बिरामीका लागि रगत लिन जाँदा दुई–तीन जना रक्तदाता लिएर जाऔँ।” रेडक्रससँग सबै रक्त समूहका…
झापा / ७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिनेले नेतृत्व गर्ने र बदलिन नचाहने बढारिने बताउनु भएको छ । गृहनगर धुलाबारीमा अज आयोजित "जेनजी आन्दोलनमा जीवन गुमाएकप्रति श्रद्धाञ्जली एवम् अबको राजनीति र अबको नेपाल" विषयक अन्तरक्रियामा बोल्दै महामन्त्री शर्माले भन्नुभयो,"अहिलेको माग र जनभावना अनुसार नै कांग्रेसको नेतृत्व बदलिन्छ, त्यसको बाधक बन्ने बढारिन्छन् ।" एउटाले आन्दोलन गर्ने र अर्कोले अवसर लिने कुरा असान्दर्भिक भएको तर्क गर्नु भएको शर्माले सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व हुनु पर्नेमा जोड दिनुभयो ।" सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व हुनुपर्छ, त्यो अनिवार्य सर्त हो " उहाँले भन्नुभयो," प्रधानमन्त्री सुशीला कार्कीजी जेनजी पुस्तालाई प्रतिनिधित्व गराएर सरकारलाई छिटो पूर्णता…
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सुशीला कार्की नेतृत्वको सरकार विद्यमान समस्याको समाधान नभएको बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दा विप्लवले जेन–जीले गरेको विद्रोहपछि जेन–एक्सको सरकार बनेको भन्दै यो समस्याको समाधान नभएका बताएका हुन् । विप्लवले आफ्नो पार्टी यो सरकारको बनोटप्रति बिरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको जनाएका छन् । यो सरकारलाई राजनीतिक शक्ति र जनताले अस्वीकार गर्ने विप्लवको ठहर छ । ‘हामीले पहिले नै स्पष्ट गरेका थियौ कि अन्तरिम सरकार आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नु पर्दछ । विभिन्न क्षेत्रबाट यो सुझाब नपुगेको होइन । परन्तु यसलाई जाना–जान प्रवेश…
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जेनजीकाे चाहनालाई मुख्य बनाउँदै अब बन्ने नयाँ सरकारको नेतृत्व गर्न तयार रहेको बताउनु भएको छ। विभिन्न कोणबाट सरकार गठनबारे बहस भइरहेको बेला बुधबार एक भिडियो सन्देश जारी गर्दै महासचिव विप्लवले जेनजीकाे चाहनालाई मुख्य बनाउँदै सरकारको नेतृत्व गर्न तयार रहेको बताउनुभएको हो। उहाँले देशको अग्रगामी निकासलाई अधैर्यतापूर्ण प्रतिक्षा गरिरहेको बेला राज्यको नयाँ नेतृत्वबारे भइरहेको सानो घेराको बहसप्रति असन्तुष्टि जनाउनु भएको छ । महासचिव विप्लवले राज्यको नयाँ नेतृत्वबारे जुन घेरा भित्रबाट सोचिँदै छ के त्यतिले मात्र भ्रष्टाचार विरोधी संघर्ष र देशको स्वाधीनताको धारा समेटिन सक्छ ? भनी प्रश्न गर्नुभएको छ। उहाँले स्वाधीनताको पक्षमा र भ्रष्टाचार विरुद्धको…