Skip to main content

Purbi Garjan

प्रमुख समाचार

मेचीनगर -३ मा भाले हात्ती मृत फेला

मेचीनगर -३ मा भाले हात्ती मृत फेला

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर -३ स्थित धरधरे फुटबल ग्राउन्डको छेउमा एउटा भाले हात्ती मृत फेला परेको छ। स्थानीय बासिन्दाहरुका अनुसार उक्त हात्ती के कारणले मरेको भन्ने पत्ता नलागेको र हाल अनुसन्धान भैरहेको पाइएको छ। अहिले घटनास्थलमा बन कार्यालयका कर्मचारी पुगिसकेको र अनुसन्धान भइरहेको छ। विस्तृत विवरण आउन बाँकी छ।
Read More
असार मसान्तको नाममा असुली रोक्न बैंक तथा वित्तीय संस्थालाई नेकपा झापाको चेतावनी 

असार मसान्तको नाममा असुली रोक्न बैंक तथा वित्तीय संस्थालाई नेकपा झापाको चेतावनी 

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले असार मसान्तको नाममा बैंक, बित्तिय संस्था र मिटरब्याजी समेतले उद्योगी, ब्यवसायी र श्रमजिवी जनतालाई हदै सम्मको दुख दिन थालेपछी आज चेतावनी सहितको प्रेस बिज्ञप्ति जारी गरेको छ । पार्टिका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी र पार्टी सचिब संजय सी द्वारा जारी विज्ञप्तिमा देश आर्थिक रुपमा गंभिर संकटमा फसेको, राज्य स्वयमले पुंजिगत खर्चको भुक्तानी दिन नसकेको, व्यापार घाटा बढेको , उद्योग ब्यवसाय चौपट भएको र यस्तो बेला बैंकहरुले नागरिकहरु बिरुद्ध बाँच्न पाउने हक समेत खोस्ने गरि गरेको हर्कतको बिरोध गरिएको छ । बिज्ञप्तिमा उद्योगी ब्यवसायीहरु लाई दुख नदिन चेतावनी दिइएको…
Read More
विपद्  ब्यवस्थापनमा जुट्ने झापाका संघसंस्थाको प्रतिवद्धता

विपद् ब्यवस्थापनमा जुट्ने झापाका संघसंस्थाको प्रतिवद्धता

झापा। झापामा रहेका विभिन्न संघसंस्थाले विपद् ब्यवस्थापनका लागि एकजुट हुने प्रतिवद्धता जनाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको बिपद् ब्यवस्थापनका लागि संघ संस्थाको भूमिका विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिवद्धता जनाएका हुन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा सबैको भूमिका सकारात्मक हुनु पर्ने बताएका छन् । विपद्को समयमा राहत र उद्धारमा सरकारी संयन्त्रको मात्रै भर पर्नु नहुने बताउँदै सबैले आ – आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने बताए । यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकोले राहत, उद्दार तथा पूर्वतयारीमा एकजुट हुनुपर्ने ढकालको भनाई छ । सहारा नेपाल सहकारी संस्थाका…
Read More
इन्जिनियर र ठेकेदारको लापरबाहीले निर्माणाधीन प्लमवाल भत्कियो, स्थानीय सरकारसँग छैन समन्वय

इन्जिनियर र ठेकेदारको लापरबाहीले निर्माणाधीन प्लमवाल भत्कियो, स्थानीय सरकारसँग छैन समन्वय

मेचीनगर ।  झापाको मेचीनगर-१३ स्थित छबिलाल मार्गमा निर्माणाधीन प्लमवाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी अन्धाधुन्ध निर्माण गर्दा काम सम्पन्न नहुँदै प्लमवाल भत्किएको हो । मेचीनगर वडा नम्बर १३ र नगरपालिका तथा केही सामाजिक व्यक्तित्वको बिशेष पहलमा संघीय सरकारको १ करोड १६ लाख विनियोजित बजेटबाट धमाधम निर्माण भइरहेको १० फुट अग्लो प्लमवाल करिब ६० मिटर भत्किएको छ भने करिब २० मिटर चर्किएको छ । माथी ३०, बेस ६० सेन्टिमिटर र २ मिटर अग्लो वाल जमिनमुनिको बेसमै कमजोर ढलान भएका कारण क्षति भएको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए । "स्थानीय…
Read More
भारतले लाने भयो नेपालमा थन्किएको रक्तचन्दन

भारतले लाने भयो नेपालमा थन्किएको रक्तचन्दन

काठमाडौँ । नेपालमा अवैध ओसारपसार भई थन्किएर रहेको रक्तचन्दन भारतले फिर्ता लैजाने भएको छ । नेपाल सरकारको गत वैशाख २७ गते बसेको मन्त्रीपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि भारत रक्तचन्दन लिन तयार भएको गोरखापत्र दैनिकमा खबर छापिएको छ । भारत सरकारले त्यससम्बन्धी निर्णयसहितको पत्राचार गरिसकेको छ । नेपाल सरकारले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको ९० दिनभित्र भारतले लगिसक्नुपर्ने कानुनी व्यवस्था छ । वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले भारतले रक्तचन्दन फिर्ता लिन पठाएको पत्र प्राप्त भएको जानकारी दिनुभयो । “भारतले रक्तचन्दन लिन इमेलमार्फत पत्र पठाएको छ । यही जुन २० देखि ३० तारिख अर्थात् असार ६ गतेदेखि असार १६ गतेसम्म रक्तचन्दन लिन्छौँ भनेर…
Read More
जेठ महिनामा सरकारले लियो त्रिचालिस अर्ब ऋण

जेठ महिनामा सरकारले लियो त्रिचालिस अर्ब ऋण

काठमाडौँ । नेपाल सरकारले जेठ महिनामा मात्रै करिब ४३ अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठमा मात्रै सरकारले ३४ अर्ब रुपियाँ आन्तरिक ऋण र करिब नौ अर्ब रुपियाँ बाह्य ऋण उठाएको आजको गोरखापत्र दैनिकले खबर छापेको छ। यससँगै सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल तीन खर्ब सात अर्ब ६७ करोड रुपियाँ सार्वजनिक ऋण प्राप्त गरेको छ । चालु आवमा प्राप्त कुल ऋणमध्ये अधिकांश आन्तरिक ऋणकै हिस्सा छ । कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २५ अर्ब रुपियाँ आन्तरिक ऋण लिएको छ भने ८२ अर्ब ६७ करोड रुपियाँ बाह्य ऋण लिएको छ । चालु…
Read More
लागूऔषध सहित दुई भारतीय नागरिक झापा प्रहरीको नियन्त्रणमा

लागूऔषध सहित दुई भारतीय नागरिक झापा प्रहरीको नियन्त्रणमा

झापा । झापा गाउँपालिका वडा नम्बर १ सालमाराबाट प्रहरीले लागूऔषध सहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कुमुदखोरबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ७:२० बजेको समयमा सालमारा स्थित झोलुङ्गे पुल बगानमा चेकजाँचका क्रममा प्लास्टिक सहित ब्राउनसुगर २० ग्राम ५५० मिलिग्राम सहित दुई जनालाई नियन्त्रणमा लिएको हो । साईकलयात्री भारतको किसनगंज कुतवाभिट्टा नँया टोल बस्ने बर्ष ४० को जुलमात हुसेन र पछाडी सवार सोही स्थानका २० वर्षका तोसिफ आमललाई चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध सहित नियन्त्रणमा लिएको हो । उनिहरुलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Read More
विश्व सरणार्थी दिवस : अझै घर फर्किने आशमा छन् भुटानी सरणार्थी

विश्व सरणार्थी दिवस : अझै घर फर्किने आशमा छन् भुटानी सरणार्थी

प्रविण अधिकारी झापा । आज विश्व सरणार्थी दिवस । धुमधामका साथ विभित्र कार्यक्रमहरु गरेर विश्वभर मनाइँदैछ। तर  झापाको दमक स्थित बेलडाँगी शिविरमा रहेका भुटानी सरणार्थीहरु भने उक्त दिवसमा खासै उत्साहित देखिँदैन । दमक स्थित  बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थीहरु बिहिवार २४ औं विश्व शरणार्थी दिवस मनाउँदै गर्दा उनिहरु अझैसम्म मातृभूमि फर्किने आशमा बसिरहेका छन्। उनीहरुले शरणार्थी समस्या समाधान गर्न माग गर्दै धेरैपटक नेपाल सरकारलाई मात्रै नभएर संयुक्त राष्ट्रसंघ लगायतका दातृ निकायलाई  समेत आफुहरुलाई मातृभूमि फर्काइदिन हारगुहार गरिरहेका छन्। तर नेपाल सरकार र संयुक्त राष्ट्रसंघले उनिहरुलाई घर फर्काउनुको सट्टा बरु तेस्रो मुलुक पुनर्वास गर्ने योजना अघि सार्यो र सोही मौकामा सक्कली…
Read More
बीएण्डसी मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सोच छ : दुर्गा प्रसाईं

बीएण्डसी मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सोच छ : दुर्गा प्रसाईं

झापा । बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाएसँगै सञ्चालक दुर्गा प्रसाईंले अब यसलाई विश्वविद्यालय बनाउने सम्मको  तयारी रहेको घोषणा गरेका छन्। आज बिहिवार पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाईंले अब सुदूर पूर्वमा पनि मेडिकल कलेज खुलेको र मेडिकल कलेजलाई एउटा प्राइभेट युनिभर्सिटी बनाउने इच्छा रहेको बताएका छन्। युनिभर्सिटी बनाउन पायो भने कमसेकम एक लाख मान्छेले रोजगारी पाउने पनि प्रसाईंले बताएका छन्। मेडिकल कलेजले लामो समयदेखि सम्बन्धन नपाएपछि उनले सात वर्ष अगाडि सर्वोच्चमा मुद्दा हालेका थिए । उक्त मुद्दामाथि फैसला गर्दै सर्वोच्चले १५ दिनभित्रमा सम्बन्धन दिन आदेश जारी गरेको थियो । सोही आधारमा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको मंगलबार बसेको बैठकले सम्बन्धन दिने…
Read More
भत्किँदै ऐतिहासिक सहिद गेट, जनयुद्धको मर्म विरुद्ध षड्यन्त्र भए प्रतिकार गरिन्छ: सुमनसिंह

भत्किँदै ऐतिहासिक सहिद गेट, जनयुद्धको मर्म विरुद्ध षड्यन्त्र भए प्रतिकार गरिन्छ: सुमनसिंह

झापा । अध्यारो कुनामा बसेर जनयुद्धको मर्म र मूल्य विरुद्ध षड्यन्त्र नगर्न भन्दै विप्लव नेकपाका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज सुमनसिंह सीले एसियन हाइवे निर्माण कर्ताहरुलाई चेतावनी दिएका छन् । झापाको काकरभिट्टादेखि लौकहीसम्मको खण्ड निर्माण कार्य आरम्भ भएसंगै झापा केर्खास्थित सहिद गेट भत्काउन आयोजनाले कोसिस गरेपछि हिजो झापाको दमकस्थित आयोजना कार्यलयमा नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पुगेर विरोध कार्यक्रम गरेका थिए । कार्यक्रम ध्यानाकर्षण पत्र बुझाउने रहेतापनि आयोजना हाकिम भने अनुपस्थित रहेका थिए । बाहिर आगनमा आएर कोणसभा गरेका नेता कार्यकर्ताहरुको बिचमा नेकपा नेता सुमन सिंह सीले आफूहरु विकास विरोधी नभएको – तर विकास हुँदै गर्दा यसकै…
Read More
ne_NPNepali