Purbi Garjan

ताजा खबर

प्रतिगमनका विरुद्ध झापामा नेकपाको विरोध प्रदर्शन

प्रतिगमनका विरुद्ध झापामा नेकपाको विरोध प्रदर्शन

विर्तामोड । प्रतिगमन र षड्यन्त्रको विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले वृहत् विरोध प्रदर्शन गरेको छ। आज झापाको विर्तामोडमा नेकपाका नेताकार्यकर्ताले राजतन्त्रको विरोधमा विभिन्न नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन्। विर्तामोड स्थित पश्चिम बस स्टेसन बाट नाराबाजी सहित शुरु भएको र्‍याली मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियोे । र्‍यालीमा प्रतिगमन मुर्दावाद, समाजवादी व्यवस्था जिन्दावाद, प्रतिगमन मुर्दावाद, विप्लव आउ देश बचाउ लगायतका नारा सहित प्लेकार्ड प्रदर्शन गरिएको थियोे । कोणसभालाई सम्बोधन गर्दै नेकपाका झापा इन्चार्ज सुमनसिंह सी ले देशलाई पछाडि धकेल्न खोज्ने अराजक तत्वहरुलाई जनताले कारबाही गर्ने समय आएकाले धेरै नसलबलाउन चेतावनी दिएका छन्। उनले पछिल्लो समय दुर्गा प्रसाईं…
Read More
समाजसेवी तामाङको जन्मदिन विशेष “भेट्रान रोड रेस” कार्यक्रम हुँदै

समाजसेवी तामाङको जन्मदिन विशेष “भेट्रान रोड रेस” कार्यक्रम हुँदै

मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा नयाँ वर्ष विशेष "भेट्रान रोड रेस कार्यक्रम-२०८२" हुनेभएको छ। "खेलकुद र सेवामा योगदान, प्रत्येक पाइलामा भेट्रानलाई सम्मान" नारा सहित समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनको उपलक्ष्यमा उक्त कार्यक्रम गरिने आयोजक काकडभिट्टा भेट्रान फुटबल क्लबले जानकारी दिएको छ। नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते बिहान ७ बजे काकडभिट्टा खेलमैदानबाट कार्यक्रम शुरु हुने र कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथिका रुपमा प्रदेश सभा सदस्य माननीय गोपाल तामाङको उपस्थिति रहने छ। उक्त रेस कार्यक्रममा क्रमश प्रथम हुनेले नगद रु ३० हजार, दोस्रो  हुनेले २० हजार, तेस्रो हुनेले १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्तै…
Read More
माओवादी केन्द्रका प्रदेश सदस्य श्रेष्ठसहित १४ जना नेता-कार्यकर्ता नेकपामा प्रवेश

माओवादी केन्द्रका प्रदेश सदस्य श्रेष्ठसहित १४ जना नेता-कार्यकर्ता नेकपामा प्रवेश

ललितपुर । विप्लव नेतृत्वको माओवादी केन्द्रका नेताहरूको ध्रुवीकरण हुने क्रम तीव्र भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेकपा महासचिव विप्लव सीको निवासमा आज एक कार्यक्रमका बीच माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जना नेता-कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य शिलु सी, गोरखा जिल्ला इन्चार्ज कपिल सीलगायतका नेताहरूले अविर र खादा लगाएर भव्य स्वागत गरेका छन् । कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव विप्लव सीले सबैतिरबाट असल मानिसहरू एक हुनुपर्ने बेला आएकाे बताए । उनलेे भने, ‘माओवादीको छुट्टै आदर्श छ । आज हाम्रो पार्टीमा एउटा महत्वपूर्ण इट्टा थपिएको छ । हामीले नेपालमा आशा जगाउनुपर्छ ।”…
Read More
समाचार प्रभाव: यातायात कार्यालय झापाबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

समाचार प्रभाव: यातायात कार्यालय झापाबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

झापा । यातायात व्यवस्था कार्यालय झापाबाट ९ जना  बिचौलियालाई प्रहरीले नियन्त्रणमा  लिएको छ । केही समय अगाडि पुर्वी गर्जन लगायतका सञ्चार माध्यममा बिचौलियाका कारण  सेवाग्रहीले दुःख पाएको र बिचौलियाको कब्जामा यातायात कार्यालय रहेको समाचार सार्वजनिक भएको थियो । समाचार प्रकाशित भएसँगै आज यातायात कार्यालयबाट  जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले ९ जना बिचौलियालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार दुईजना महिलासहित ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा बिर्तामोड वडा नम्बर १ की २४ बर्षिय गरिमा घिमिरे, ५२ बर्षिय सीता भेटवाल, २७ बर्षिय सुरज आचार्य, ४२ बर्षिय तुलसी खतिवडा र २९ बर्षिय रोशन…
Read More
झापाको बनियानी बजारका दुई पसलमा राजस्वको छापा

झापाको बनियानी बजारका दुई पसलमा राजस्वको छापा

झापा । झापाको कचनकवल गाउँपालिकास्थित बनियानी बजारका दुई वटा पसलमा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ। केही दिनअघि विभिन्न मिडियामा "झापाको दक्षिणी भेगबाट व्यापक तस्करी, करोडौं राजस्व गुमाउँदै राज्य" शिर्षकमा समाचार प्रकाशित भएपछि उक्त छापा मारिएको हो। राजस्व अनुसन्धान कार्यालय तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले भन्सार छली गरी भारतबाट सामान ल्याएको सुराकीका आधारमा छापा मारेको हो। छापा ज्योति कपडा पसल र एके सप्लायर्समा परेको छ, जुन व्यवसायी अरुण चौधरीले सञ्चालन गर्दै आएका थिए। करिब तीन घण्टासम्म चलेको अपरेसनका क्रममा पसलका सम्पूर्ण कागजात छानबिनका लागि लगिएको छ भने पसलको माथिल्लो तला राजस्व कार्यालयले सिल गरेको छ। यसअघि, गत कात्तिक महिनामा…
Read More
प्रतिगमनका विरुद्ध नेकपाले झापा सहित देशभर प्रदर्शन गर्दै

प्रतिगमनका विरुद्ध नेकपाले झापा सहित देशभर प्रदर्शन गर्दै

झापा । विप्लव नेतृत्वको नेकपाले झापासहित देशभर जन प्रदर्शन गर्ने भएको छ। पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकले जन प्रदर्शन सहित विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। आगामी चैत्र २४ गते झापा सहित देशभरका ७७ वटै जिल्लामा जन-प्रदर्शन गर्ने, चैत्र २७ गते देशभरका पालिका स्तरमा मसाल जुलुस गर्ने र वैशाख ५ गते सम्पुर्ण जिल्लाहरुमा कोण सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। यसैबीच नेकपा झापाले आज पार्टी कार्यालय विर्तामोडमा पार्टी सचिवालय बैठक बस्दै पार्टीको केन्द्रीय कार्यक्रमहरु भव्य रुपमा सम्पन्न गर्ने निर्णय गर्दै तयारीमा जुटेको छ। पार्टीका जिल्ला इन्चार्ज सुमनसिंह सी को नेतृत्वमा बसेको बैठकले सचिवालय सदस्यहरुलाई विभिन्न जिम्मेवारी हस्तान्तरण गर्दै कार्यक्रमको भव्य…
Read More
पाँचौ मेचीनगर गोल्डकपमा चर्च व्वाइज च्याम्पियन

पाँचौ मेचीनगर गोल्डकपमा चर्च व्वाइज च्याम्पियन

मेचीनगर। लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तर पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो । जितसँगै चर्च व्वाइजले झापा कप पछि उपाधीको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापाको उपाधी हात पारेको चर्च व्वाइजले त्यसयता कुनै प्रतियोगितामा जित निकालेको थिएन । चर्च व्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले नगद ५ मा चित्त बुझायो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च व्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा क्लियर…
Read More
नागरिकको प्रश्नसँग तर्सिएको मेचीनगर: पत्रकारले नै पत्तो पाएनन् सार्वजनिक सुनुवाइ

नागरिकको प्रश्नसँग तर्सिएको मेचीनगर: पत्रकारले नै पत्तो पाएनन् सार्वजनिक सुनुवाइ

प्रविण अधिकारी  मेचीनगर। आम नगरवासीको आलोचना खेपिरहेको मेचीनगर नगरपालिका अब भने नागरिकका प्रश्नसँगै तर्सिन थालेको छ। यसको उदाहरण हो बुधबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रम । बुधबार नगरपालिकाको सभाहलमा आफू निकट केही  पत्रकार बोलाएर नगरपालिकाले गुपचुप सार्वजनिक सुनुवाइ सक्कायो।  गजबको कुरा त के छ भने, नगरपालिकाले गरेको पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रममा मेचीनगरका अधिकांश पत्रकारलाई  खबर नै गरिएन। त्यतिमात्र  होइन  नगरपालिका आफैंले नगरका सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुलाई समेट्ने गरी सञ्चार प्रतिष्ठान गठन गरेको छ। तर सोही सञ्चार प्रतिष्ठानलाई समेत नगरपालिकाको सार्वजनिक सुनुवाइबारे पत्तो भएन। नगरपालिकाको मुख्य गेट अगाडि मेचीनगरका तमाम सञ्चारकर्मीहरुको साझा संस्था प्रेस क्लब मेचीनगरको कार्यालय छ । तर आफैंले गठन गरेको…
Read More
मेचीनगर गोल्डकप : झापालाई हराउँदै चर्च ब्वाइज सेमिफाइनल प्रवेश

मेचीनगर गोल्डकप : झापालाई हराउँदै चर्च ब्वाइज सेमिफाइनल प्रवेश

काँकरभिट्टा । नेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी गोल भएपछि सडनडेथ मार्फत खेलको निर्णय भएको थियो । सडनडेथमा चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले गोल सफल भए भने झापाका धिरज विष्टको प्रहार गोलरक्षक थापाले बचाउ गरेका थिए । यसअघि भएको टाइब्रेकरमा चर्च व्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले गोल…
Read More
चैत्र १२: हजारौं झापाली जनताका माझ विप्लवले सम्बोधन गर्दै

चैत्र १२: हजारौं झापाली जनताका माझ विप्लवले सम्बोधन गर्दै

विर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले पाँच हजार बढी झापाली जनताका माझ सम्बोधन गर्ने भएका छन्। नेपाल कम्युनिस्ट पार्टी झापाको हालै सम्पन्न बैठकले महासचिव विप्लवको झापा भ्रमण र सम्बोधन बारे नेताकार्यकर्तालाई जानकारी गराउँदै सम्पुर्ण तयारीमा जुट्न निर्देश गरेको हो । पार्टीका किराँत लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सी को प्रमुख आतिथ्यता एवम् झापा इन्चार्ज सुमनसिंह सी को विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकले महासचिव विप्लवको कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका निमित्त नेताकार्यकर्तामा विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरेको छ। पछिल्लो समय नेपालको राजनीतिक घटनाक्रमले परिवर्तनको संकेत गरिरहेका बेला विभिन्न राजनीतिक दल सम्बद्ध केन्द्रीय नेताहरुले झापा केन्द्रित कार्यक्रम गरिरहेका बेला नेकपाका महासचिव…
Read More
ne_NPNepali